Monday, April 3, 2017

एनआइसी एसिया (NICA) को १५% हकप्रद सेयर कहिलेसम्म कहाँ, कति र कसरी भर्ने ?

एनआइसी एसिया बैंकले चैत १६ गतेदेखि १५% हकप्रद सेयर निष्कासन खुला गरी सकेको छ । एनआइसीको यो हकप्रद सेयर वैशाख १९ गतेसम्म भर्न पाइनेछ । एनआइसीले १०० कित्ता बराबर १५ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्कासनपछि एनआइसीको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार ४९८ रुपैयाा पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने क्रममा एनआइसीले फेरि १५% हकप्रद दिनु परेको हो । कम्पनीको यो हकप्रद सेयर चैत ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रदका लागि बैकले चैत ७ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । हकप्रद सेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौं तथा एनआइसी एसिया बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । एनआइसीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख ४९ हजार ९९८ रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७२ करोड १४ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा रहेको एनआईसीको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ५० पैसा छ ।



Source: NICAsiaBank



No comments:

Post a Comment

AddToAny