Showing posts with label Excitement. Show all posts
Showing posts with label Excitement. Show all posts

Friday, October 14, 2016

सेती फाईनान्सको १५० प्रतिशत हकप्रदका लागि आयो सेयरधनी दर्ता किताब बन्दको सूचना तर नउचालिनुस् ।

कैलालीको टीकापुरमा मुख्य कार्यालय रहेको सेती फाईनान्स(SETI)ले हाल कायम एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्न सेयरधनी दर्ता किताब बन्दको सूचना जारी गरेको छ । फाईनान्सले कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । कार्तिक ९ गतेसम्म सेयर किनी आफ्नो. हक सुरक्षित गर्नेले सेतीको हकप्रद सेयर प्रति कित्ता १०० रुपैयाँमा किन्न पाउने छन् ।



Source: merolagani

Sunday, October 2, 2016

बिमाले थोरै ततायो बजार, शिखरमा किन उर्लिए लगानीकर्ता ?

काठमाडौं : केही दिनयता अस्थिर बनेको सेयर बजारमा आइतबार भने केही उत्साह देखिएको छ ।

बजार नाप्ने नेप्से परिसूचक १०.४० अंकले बढेर १७६३.७८ अंकमा आइपुगेको छ । आइतबार बजारलाई बिमा समूहले लिड गरेको छ । बिमा सूचक २३७.०१ अंकले बढेर आठ हजार नौ सय ३८.४८ विन्दुमा पुगेको छ ।

विशेष गरी, शिखर इन्सुरेन्स कम्पनीको भाउ बेस्सरी माथि जाँदा यो समूहमा बढी रौनक देखिएको हो । 

शिखरले आकर्षक बोनस सेयर प्रस्ताव गर्ने आशमा लगानीकर्ता ओइरिएका हुन् । यसबाहेक यो कम्पनीले हकप्रद पनि दिन सक्ने आशा लगानीकर्ताको छ ।



Source: nepalipaisa

Monday, September 26, 2016

नेप्सेमा यूटर्न, कारोबार रकम अर्बमाथि ।

बजार हराभरा, बित्तीय संस्थाको मात्रै ७८ करोड बढीको कारोबार

काठमाण्डौ । साताको पहिलो दिन पहिरो गएको पूँजीबजार सोमबार भने यूटर्न भई दोहोरो अंकको बढोत्तरीको रफ्तारमा कुदेको छ । 

अघिल्लो साता सबै कारोबार दिन र आइतबार समेत बजार परिसूचक ओरालो लागेको थियो । लगातारको ओरालो यात्रा सोमबार क्रमभंग भई दोहोरो अंकको वृद्धि हासिल गर्दै माथि कुदेको हो । सबै समूहको सूचक बढ्दा बजारमा हरियो रंगको उमङ्ग छाएको छ । 



Source: bizshala

AddToAny