Showing posts with label Insurance. Show all posts
Showing posts with label Insurance. Show all posts

Sunday, June 4, 2017

बीमा कम्पनीको शेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ जीवन बीमा कम्पनीको पछिल्लो अवस्था !

बजारमा बीमा कम्पनीहरु (INSURANCE COMPANIES) को शेयरप्रति लगानीकर्ताको निकै चासो रहेको हुन्छ । त्यसमा पनि छोटो समयमा शेयर खरिदबिक्री गरेर आफ्नो आम्दानी बढाउने लगानीकर्ता पनि बीमा कम्पनीको शेयरप्रति आकर्षण देखिन्छन् । त्यसमा पनि बीमा समितिले बीमा कम्पनीहरुको पूँजी चार गुणाले बढाउने निर्देशन दिएसँगै यसप्रति लगानीकर्ता थप आकर्षित देखिन्छन् । यस्तैमा आज हामी नेपालमा सञ्चालित जीवन बीमा कम्पनीको पछिल्लो अवस्था केलाउने प्रयास गरेका छौं ।


खुद मुनाफा चुक्ता पूँजी
आर्थिक वर्ष २०७३/७४ को प्रकाशित तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरु मध्ये खुद मुनाफा हेर्दा सबैभन्दा उत्कृष्ट नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । ४० करोड ९६ लाख रुपैयाँ खुद मुनाफामा कमाएको नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी पनि सबैभन्दा बढी ३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद मुनाफा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको ६६ लाख रुपैयाँ मात्र कमाएको छ । जसको चुक्ता पूँजी पनि सबैभन्दा कम ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी मुनाफा सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको ६ सय ६२ दशमलव ७५ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको २० दशमलव ९१ प्रतिशतले गिरावट आएको छ ।

जगेडाकोष, जीवन बीमाकोष र आम्दानी
जीवन बीमा कम्पनीहरुमध्ये जगेडाकोषमा, बीमा कोष र आम्दानीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । जगेडाकोषमा सबै भन्दा बढी ४ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ, बीमाकोषमा ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ र आम्दानी ५४ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा सबैभन्दा कम एशियन लाइफ इन्स्योरेन्सको १७ करोड ७४ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा सबैभन्दा कम सुर्य लाईफ इन्स्योरेन्सको २ अर्ब १४ करोड ५ लाख रुपैयाँ रहेको छ । आम्दानीमा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको १ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

प्रिमियम संकलन र जारी बीमालेख संख्या
बीमा कम्पनीहरुको खुद मुनाफा बढ्नु र घट्नुमा प्रिमियम संकलनको प्रमुख भूमिका रहने गर्दछ । नेपाल लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी खुद प्रिमियम संकलन ७ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ, जम्मा प्रिमियम संकलनमा पनि सबैभन्दा बढी ४८ अर्ब १० करोड १३ लाख रुपैयाँ र जारी बीमालेख संख्या १० लाख २४ हजार ६ सय ४२ वटा रहेको छ । तेस्रो त्रैमासमा सबैभन्दा कम खुद प्रिमियम गुराँस लाईफ इन्स्योरेन्सको ७० करोड १० लाख रुपैयाँ र बीमा लेख संख्यामा १ लाख ५४ हजार ७७ वटा रहेको छ । जम्मा प्रिमियम संकलनमा सबैभन्दा कम सुर्य लाइफ इन्स्योरेन्सको ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

दाबी भुक्तानी र दाबी भुक्तानी संख्या
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद दाबी भुक्तानीको आधारमा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थानको २ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको ६ करोड ८५ लाख रुपैयाँ रहेको छ । त्यस्तै जम्मा दाबी भुक्तानी र दाबी भुक्तानी संख्यामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । जसको जम्मा दाबी भुक्तानी १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ र दाबी भुक्तानी संख्या १७ हजार ८ सय ९५ वटा रहेको छ । जम्मा दाबी भुक्तानी र दाबी भुक्तानी संख्यामा सबैभन्दा कम सुर्य लाइफ इन्स्योरेन्सको १ लाख रुपैयाँ र ५ सय ७४ वटा रहेको छ ।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र बजार मूल्य
तेस्रो त्रैमासमा लाइफ इन्स्योरेन्स कम्पनीमा प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २९ दशमलव ३५ रुपैयाँ र २६५ दशमलव ७५ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानीमा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको ४ दशमलव ९१ रुपैयाँ भने प्रतिशेयर नेटवर्थमा लाइफ इन्स्योरेन्सको १२५ दशमलव ७२ रुपैयाँ रहेको छ ।

प्रतिशेयर बजार मुल्यको आधारमा सबै भन्दा बढी लाइफ इन्स्योरेन्सको २ हजार १ सय ७० रुपैयाँ र सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको १ हजार २ सय २५ रुपैयाँ रहेको छ ।

श्रोत: आर्थिकन्यूज, जेष्ठ २० गते शनिबार ।

Sunday, April 2, 2017

बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नुअघि अबस्था थाहा पाउनुहोस् (तथ्य बिबरणसहित)

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय सार्वजनिक गरेको छ । योसँगै अब बीमा क्षेत्रका कम्पनीहरुको सेयरमा लगानी गर्नेहरुको चासो राख्ने र सेयर खरिद गर्नखोज्नेहरु ह्वात्तै बढ्ने छन् । तर त्यसो गर्नुअघि बीमा कम्पनीहरुको हाल कायम चुक्ता पूँजी, उनीहरुले पूँजी बृद्धिका लागि प्रस्ताब गरेका बोनस, हकप्रद र थप नयाँ साधारण सेयरको अबस्थाबारे थाहा पाउनु आबश्यक हुन्छ ।


अबस्था थाहा पाउन यी तुलनात्मक तालिका अध्ययन गर्नुहोस्


२०७३ पुस मसान्तसम्मको चुक्ता पूँजी, त्यसमा थप हुने गरी जारी गरिएका र प्रस्तावित बोनस, हकप्रद, एफपीओपछि कायम हुने चुक्ता पूँजी, पुर्याउँन बाँकी हुने पूँजी अध्ययन गर्नुहोस् र अझ स्पष्ट हुन कैफियतलाई ध्यान दिनुहोस् । यी तथ्यांकहरुलाई आफैले रुजू गरी हेर्नुहोस् ।

 स्रोतःबीमा कम्पनीहरुको २०७३ पुस मसान्तको बित्तीय बिबरण, सूचना र नेप्सेको साईटमा आएका जानकारी
कस्ता कम्पनीको सेयर किन्ने ? 

पूँजी बृद्धिको समाचारसँगै बीमा कम्पनीहरुको सेयरमा लगानी बढाउन चाहनेहरुले उनीहरुको खुद नाफा कमाईलाई पनि हेर्नु उचित हुने देखिन्छ ।

जत्ति धेरै पूँजी पुर्याउनु बाँकी छ, त्यसमा हकप्रदका साथै बोनस पनि धेरै दिनसक्ने कम्पनी छान्नु सुरक्षित हुने उपाय हो । अहिले बोनस र हकप्रद प्रस्ताव गरेका तर बुक क्लोज नभईसकेका र चुक्ता पूँजी पुर्याउन धेरै बाँकी भएका कम्पनीहरुमा लगानी बढाउनु दाभदायक देखिन्छ ।

तालिका अध्ययन गर्दा जसले बिगतका बर्षहरुमा बोनस र हकप्रद मिलाएर जारी गर्दै आएका छन्, त्यस्ता कम्पनीहरुमा बढी ध्यान दिनुपर्ने देखिन्छ । पूँजी पुर्याईसकेका वा थोरै मात्र बाँकी भएकाहरुको सवालमा पूँजी बृद्धि ऐच्छिक बिषय हुने हुँदा उनीहरुले खुद नाफाको धेरै पैसा नगद लाभांशमा र थोरै रकम बोनस सेयर बितरणमा खर्च गर्नसक्छन् । नेपाल लाईफको एफपीओबाट आएको चार अर्ब रकम एकैचोटी बोनस सेयर बाड्न प्रयोग होला भनेर भन्न सकिन्न, खुद नाफाबाट नगद लाभांश खाने क्रम पनि बढ्ने छ भने एभरेष्ट ईन्स्योरेन्स जस्ता कम्पनीले ८०० प्रतिशत चुक्ता पूँजी कसरी बढाउला निकै चासोको बिषय बनेको छ ।

थोरे कम्पनी, थोरै पूँजी, साधारण सेयर झन् थोरै हुँदाको असर

बीमा क्षेत्रका कम्पनी कम, चुक्ता पूँजी थोरै, सेयर बजारमा बिक्रीमा आउने सेयर कम र माग बढी हुँदा मुल्यमा पनि असर परिरहेको अबस्था छ र पूँजी बृद्धिको निर्णय सार्वजनिक भएपछि अब त्यसमा झन् चाप पर्नेछ ।

जीवन र निर्जिवन बीमा कम्पनीहरु सबैको चुक्ता पूँजी जोड्दा दुईवटा बाणिज्य बैंक बराबरको पनि छैन र त्यसको ७० प्रतिशत हिस्सा संस्थापकहरुको भएकाले सर्बसाधारणमा निकै कम सेयर छ । सर्बसाधारणमा भएको ३० प्रतिशत मध्ये पनि बजारमा बिक्रीमा आउने सेयर कम हुँदा माग र आपुर्तिमा असन्तुलन भई मूल्य उचालिने प्रबृत्ति रहेको छ । 

अबका केही बर्ष बीमाकै बहार

अबका केही बर्षहरु सम्म बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नेहरुले निरन्तर राम्रो प्रतिफल पाउनसक्छन् । पूँजी नपुर्याई नगद लाभांश खान नपाउने भएकाले संस्थापकहरुलाई भने गाह्रो पर्नसक्छ तर सर्बसाधारण सेयरधनीलाई फाईदा पुग्ने छ । बीमाहरुको पूँजी बृद्धिको सुरुवाती चरणमात्र भएकाले आगामी केही बर्षहरु सेयर बजारलाई बीमा कम्पनीकै सेयरले नै प्रभावित पारिरहने छ ।

बीमाहरुले अरुको जोखिम ब्यहोर्ने हुँदा आफ्नो जोखिम ब्यहोर्ने क्षमता बढाउँन पनि पूँजी बढाएरै लैजानु परेको हो । आगामी दिनमा एक र दुई अर्बको सिमा हैन, अर्बौ अर्ब पूजी थप्दै जानुपर्छ ।

कारोबार र आम्दानी बढाएर लानुपर्छ 
बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउनै पर्ने अबस्था सिर्जना भएपछि उनीहरुले अब कारोबार बिस्तार, संस्थागत सुशासन र खुद नाफा बृद्धिलाई पनि ध्यान दिनु उत्तिकै जरुरी भएको छ । अहिले सानो कारोबार गरिरहेका र घाटामा रहेका बीमा कम्पनीहरुले अब आफुलाई बदल्नैपर्ने अबस्था आएको छ । 

कारोबार र संस्थागत सुशासन बृद्धि नगरीकन अब बीमा कम्पनीहरु टिक्न नसक्ने भएकाले बिगतमा बिग्रिएकाहरु पनि सुध्रिएर आउन बाध्य छन् । नत्र नयाँ कम्पनीहरु संचालनमा आउँदा प्रतिस्पर्धा गर्न नसकी अर्कोमा बिलय भएर जानुको विकल्प हुन्न ।

बीमाको ब्यापक संभावना 

अहिले देशको लगभग १२ प्रतिशत जनसंख्यामा मात्रै बीमा पुगेकाले ८८ प्रतिशत जनसंख्या बीमा कारोबारबाट बाहिर छ । खासगरी शहरी क्षेत्रमा मात्रै बीमाको पहुँच रहेकाले ग्रामिण क्षेत्रसम्म पुगेर कारोबार ब्यापक पार्दा अहिलेका बीमा कम्पनीहरुको जोखिम बहन क्षमता निकै धेरै र कारोबार ब्यापक पार्नुपर्ने हुन्छ । त्यसैले बीमा कम्पनीहरुका अगाडि ब्यापक संभावनाहरु छन् । बाणिज्य बैंकहरुले बीमा कम्पनीहरुसँग सहकार्य गर्दै बैकिड. कारोबार र कर्जा प्रबाह गर्दा बीमालाई पनि जोड्न थालेकाले बिस्तार तीब्र हुँदै गएको छ । अहिले अग्नि बीमा, गाडी, घर, परियोजना र केही मात्रामा स्वास्थ्य बीमा मात्रै चालु रहेकाले आगामी दिनमा नयाँ - नयाँ योजनामार्फत बजार बिस्तारको क्रम तीब्र हुने देखिन्छ ।

यी कम्पनीले के गर्लान् ? 

एभरेष्ट ईन्स्योरेन्स, प्रार्इृम लाईफ ईन्स्योरेन्स र युनाईटेड ईन्स्योरेन्स जस्ता बिगतमा संस्थागत सुशासनको गंभीर समस्या रहेका कम्पनीहरुले अब आफुलाई सुधारेर चाँडै साधारण सभा गरी पूँजी बृद्धिको कार्यतालिका सार्बजनिक गर्नैपर्ने भएको छ भने चुक्ता पूँजी निकै कम रहेका सरकारी कम्पनीहरु राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले बीमा समितिको पूँजी बृद्धि योजनालाई नै धक्का लाग्ने गरी गैरजिम्मेवारी देखाईरहलान् किन चाँडै पूँजी बृद्धि योजना पेश गर्लान भन्ने अर्को चासोको बिषय छदैछ । 

समग्रमा भन्दा दीर्घकालीन लगानीको हिसाबले अब बीमा कम्पनीहरुको सेयरमा लगानी बढ्ने र त्यसले नेपालका बीमा कम्पनीहरुको जोखिम बहन क्षमता र कारोबार बृद्धि हुने निश्चित भएको छ । यसको सबैभन्दा धेरै फाईदा आम सर्बसाधारणलाई हुनेछ ।

Source: merolagani

Friday, March 31, 2017

कस्तो छ बिमा कम्पनीको वित्तीय अवस्था? कसरी पुर्याउँदै छन् तोकिएको चुक्ता पुंजी ? (बिशेष रिपोर्ट)

नियमन निकाय बिमा समितिले विमा कम्पनीको नयाँ चुक्ता पुंजीको सिमा तय गरेको छ। लामो समय देखि चर्चामा रहेको बिमा कम्पनीको चुक्ता पुंजीको अन्यौलतालाई तोड्दै समितिले बिमा कम्पनीहरुको चुक्ता पुंजी ४ गुणाले बढाउने निर्णय गरेको हो।

समितिले जिबन बिमा कम्पनीहरुको चुक्ता पुंजी ५० करोडबाट बढाएर २ अर्ब तथा निर्जिबन बिमा कम्पनीको चुक्ता पुंजी २५ करोडबाट बढाएर १ अर्ब पुर्याउने निर्णय गरेको विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिजपाटीलाई बताएका छन। उनका अनुसार तोकिएको चुक्ता पुंजी बिमा कम्पनीहरुले २०७५ असार मसान्तसम्म पुर्याउनु पर्ने छ।

अध्यक्ष चापागाईका अनुसार उक्त निर्णय आजै देखि लागु हुने भएको छ। बिमा समितिको नयाँ चुक्ता पुंजी वृद्धि योजना अनुसार हाल संचालनमा रहेका ७ वटा जिबन बिमा कम्पनीले २ अर्ब र १५ वटा निर्जिबन बिमा कम्पनीहरुले १ अर्ब चुक्ता पुंजी पुर्याउनु पर्ने छ।

विमा समितिले बिमा कम्पनीको नयाँ चुक्ता पुंजी सिमा तय गरेसंगै कुन बिमा कम्पनीले कति चुक्ता पुंजी थप गर्नु पर्छ भन्ने चर्चा सुरु भएको छ। हाल संचालनमा रहेका बिमा कम्पनीहरुको चुक्ता पुंजी कति छ ? कसले कसरि कति चुक्ता पुंजी वृद्धि गर्ने छ भन्ने बारे पाठकहरुको यस चांसोलाई हामिले सम्बोधन गर्ने प्रयास गरेका छौं। प्रस्तुत छ बिजपाटीका लागि जनोम पाठकले तयार गरेको रिपोर्ट:

जिबन बिमा कम्पनीहरु:


निर्जिबन बिमा कम्पनीहरु :


Wednesday, October 26, 2016

कसले रोक्यो सेयर बजारलाई घट्नबाट ? हेर्नुहोस् कुन कम्पनीले बढी कमायो आज ?

काठमाण्डौं । आज सेयर बजारको सूचकमा सुधार आएर २.४६ अंकको बृद्धि देखिएको छ । लगातार दोहोरो अंकले झरिरहेको बजार आज भने केही सम्हालिएको हो । आज बिमा र अन्य सुचकले बजारलाई हरियो बनाएका हुन्।



Source: arthatantra

Friday, October 14, 2016

आइपिओको पर्खाइमा हुनुहुन्छ ? अब एक मात्र विकल्प जलविद्युत कम्पनी ।

काठमाडौं, २५ असोज । कम्पनीहरुले सर्बसाधारणलाई दिने साधारण सेयर ९आइपिओ० को पर्खाइमा हुनुहुन्छ भने अवको एक मात्र विकल्प जलविद्युत कम्पनी मात्रै हुन् । पूजी बजारमा उल्लेख्य सहभागिता रहेको बैंक तथा वित्तीय संस्थाको दर्ता बन्द भएको, बीमा कम्पनी पनि नयाँ आउन नदिने अघोषित नीति र उत्पादनमुलक क्षेत्रलाई पूजी बजारमा भित्र्याउन आवश्यक पहल नभएको कारण जलविद्युत कम्पनीको विकल्प नदेखिएको हो ।


Source: bikashnews

Monday, October 10, 2016

एक लाख अमेरिकी डलरको जागिर छाडेर फर्केकी सलुजा ६० इन्जिनियरलाई जागिर दिन्छिन अहिले ।

काठमाडाैं- मिनीसोटाको ब्लूक्रस ब्लुशिल्डको अफिसरको वार्षिक एक लाख बढी अमेरिकी डलरको जागिर । जसमा अझ थपिन्थ्यो, बोनस, इन्स्युरेन्स र अन्य सुविधाहरु । अमेरिकी जीवनशैली र परिवेश । उस्तै खानपान र सुविधा । ३९ वर्षीया सलुजा आचार्यसँग दुई वर्ष अगाडि यस्तै जिन्दगी थियो । धेरैको सपना नगरी अमेरिकाको प्रतिष्ठित हेल्थ इन्स्युरेन्स कम्पनी ब्लूक्रसले उनको क्षमतालाई अझ वृद्धि गर्दै उच्च तहमा पुग्ने र फैलिने अवसर पनि खुल्लै राखिदिएको थियो ।



Source: nepalipatra

Saturday, October 8, 2016

किन मुल्य बढ्ने संकेत देखिदै छ एनएलजीमा ? (कम्पनी विश्लेषण सहित)

एनएलजी इन्स्योरेन्स एक व्यावसायिक र सबैभन्दा धेरै शाखा भएको निर्जीवन बिमा कम्पनी हो । यो कम्पनीले सबैभन्दा धेरै (डेढ लाख) बिमितलाई सेवा दिइरहेको छ ।

यसले विश्वका चर्चित पुनर्बिमा कम्पनीसँग ५० प्रतिशतभन्दा धेरैको पुनर्बिमा गरेको छ । सोही कारण यो कम्पनीले आफ्नो जोखिम पूर्ण रूपमा व्यवस्थापन गरेको छ ।
Source: aarthiknews

Tuesday, October 4, 2016

१७९८ विन्दुमा नेप्से, १.०२ प्रतिशतले बढ्यो बजार ।

असोज १८, काठमाडौं । लगातार घटिरहेको शेयर बजार केही दिन देखि बुलिश प्रवृत्तिमा रहेको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करीब ४३ प्रतिशतले बढेको हो । यस दिन होटल, बीमा र बैङ्किङ समूहको परिसूचक उच्चदरले बढेको छ । वित्त कम्पनी समूह र ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेको हो । मङ्गलवार शेयर बजार १ दशमलव शून्य २ प्रतिशतले बढेको छ । दिनभरिको कारोबारमा परिसूचक १८ दशमलव १ अङ्कले बढेर १ हजार ७ सय ९८ दशमलव ५० विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा कारोबार रकम रू. ३३ करोड बढेर रू. १ अर्ब १२ करोड पुगेको छ भने कुल बजार पूँजीकरण रू. १९ खर्ब ९२ अर्ब पुगेको छ ।


Source: nepalipaisa

Monday, October 3, 2016

सेयर बजार साढे १६ अंकले बढ्यो, रकम घट्यो, प्रभुको कारोबार फुकुवा, तीन कम्पनीको लाभांस घोषणा ।

काठमाडौं । बैंकिङ र बिमाले सेयर बजारलाई सोमबार पनि उचालेको छ । कारोबार रकम भने घटेको छ । बजार १६.६२ अंकले उक्लिएर १७८० अंक पुगेको छ ।

बजारमा दिनभरी १३६ कम्पनीका जम्मा ७९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यसमध्ये एनबी बैंकको मात्र १४ करोड १३ लाखको किनबेच भएको छ ।



Source: bizmandu

Sunday, October 2, 2016

सोह्र श्राद्धमा झरेको सेयर बजार नौंरथा लागेपछि उक्लियो, दोहोरो अंकको बृद्धि, तीन सुचक ओर्लिए ।

काठमाडौं । तीन वटा उपसुचक ओर्लिए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचकमा भने दोहोरो अंकको सुधार आएको छ । सोह्र श्राद्धभरी निरन्तर घटिरहेको बजार नौरथा लागेपछि साढे १० अंकले बढेको हो ।

बजारमा ८८ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ । दिनभरीमा १३५ कम्पनीका सेयर किनबेच भएका छन् ।

खासगरी बिमा सुचक २३७ अंकले उक्लिएपछि बजार उकालो लागेको हो । बैंकिङ ५.२२, अन्य ६.३६ र फाइनान्स एक अंकभन्दा पनि निकै कमले बढेको छ ।

आइतबार होटल साढे आठ, जलविद्युत साढे १३ र विकास बैक एक अंकभन्दा कमले झरेको छ ।

Read more: सोह्र श्राद्धमा झरेको सेयर बजार नौंरथा लागेपछि उक्लियो, दोहोरो अंकको बृद्धि, तीन सुचक ओर्लिए ।


Source: bizmandu

बिमाले थोरै ततायो बजार, शिखरमा किन उर्लिए लगानीकर्ता ?

काठमाडौं : केही दिनयता अस्थिर बनेको सेयर बजारमा आइतबार भने केही उत्साह देखिएको छ ।

बजार नाप्ने नेप्से परिसूचक १०.४० अंकले बढेर १७६३.७८ अंकमा आइपुगेको छ । आइतबार बजारलाई बिमा समूहले लिड गरेको छ । बिमा सूचक २३७.०१ अंकले बढेर आठ हजार नौ सय ३८.४८ विन्दुमा पुगेको छ ।

विशेष गरी, शिखर इन्सुरेन्स कम्पनीको भाउ बेस्सरी माथि जाँदा यो समूहमा बढी रौनक देखिएको हो । 

शिखरले आकर्षक बोनस सेयर प्रस्ताव गर्ने आशमा लगानीकर्ता ओइरिएका हुन् । यसबाहेक यो कम्पनीले हकप्रद पनि दिन सक्ने आशा लगानीकर्ताको छ ।



Source: nepalipaisa

Monday, September 26, 2016

शेयर बजारमा बिक्रीकर्ताको ओईरो ।

असोज ९, काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उच्च अङ्कको कमी देखा परेको छ । बजारमा तरलता घट्न थालेपनि ऋण पत्र बट्टादर बढ्न थालेको, कम्पनीहरुको हकप्रद शेयर, आईपीओ निष्काशनमा अर्बौ रुपैयाँ थुप्रिएको, नजिकिँदै गरेको चाडपर्वको लागि शेयर विक्री गर्न थालेपछि त्यसको प्रभाव शेयर बजारमा पनि देखिएको हो । पहिलो कारोबारदेखि घटेको बजारमा सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । होटल समूह, विकास बैङ्क, जलविद्युत र बीमा समूहको परिसूचक उच्च अङ्क करीब ३ प्रतिशतले घटेको छ । आइतवार परिसूचक घटेपनि कारोबार भने केही सुधारिएको छ ।


Source: nepalipaisa

AddToAny