Showing posts with label PLIC. Show all posts
Showing posts with label PLIC. Show all posts

Saturday, June 3, 2017

प्राइम लाइफ इन्सुरेन्सले चुक्ता पुँजी पुर्याउन १ः२ बराबर हकप्रद र आकर्षक बोनस सेयर देला त? आउनुस हेरौं !

प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड (Prime Life Insurance Company Ltd., PLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ७४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तेस्रो त्रैमासमा भन्दा १ करोड ३० लाख २५ हजार रुपैयाँले बढी हो । गत वर्ष प्राइमले ९ करोड ४४ लाख २८ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । खुद नाफा १३.७९ प्रतिशतले वृद्धि भएको हो । प्राइमको खुद बिमा शुल्क १ अर्ब २२ लाख ५ लाख ३१ हजार रुपैयाँ छ । यो खुद बिमा शुल्क गत वर्षको भन्दा १८ करोड ९३ लाख १५ हजार रुपैयाँले बढी हो । गत वर्ष प्राइमले १ अर्ब ३ करोड १२ लाख १६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यो त्रैमाससम्ममा कम्पनीले २१ करोड ३४ लाख १४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ५ करोड ६६ लाख ९२ हजार रुपैयाँ महाबिपत्ति कोषको लागि छुट्याएको छ । त्यस्तै, कम्पनीले ९१५ वटा कुल दाबी भुक्तानी गरेको छ भने कुल दाबी भुक्तानी हुन बाँकी संख्या ४५ वटा छ ।


प्राइमको चुक्ता पुँजी ४८ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । गत वर्षको तुलनामा चुक्ता पुँजी वृद्धि भएको छैन । गत वर्ष पनि प्राइमको चुक्ता पुँजी ४८ करोड ८१ लाख ६० हजार रुपैयाँ नै थियो । कम्पनीको जगेडा कोषमा भने ७५ करोड २४ लाख ३५ हजार रुपैयाँ छ । चुक्ता पुँजी अनुपातमा जगेडा कोष भने राम्रो हो । जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन बिमा समितिले निर्देशन दिइसकेको छ । यसआधारमा प्राइमले पनि हकप्रद, बोनसलगायतका बाटो रोज्नुपर्ने देखिन्छ । संस्थापकहरुका अनुसार प्राइमले चुक्ता पुँजी पुर्याउन १ः२ बराबर हकप्रद र आकर्षक बोनस सेयर दिने योजना अघि बढाइरहेको छ । यद्दपि, यो प्रस्ताव औपचारिकरुपमा सार्वजनिक भइसकेको छैन । साधारण सभा र बिमा समितिबाट पनि यसलाई अनुमोदन गराउनुपर्ने हुन्छ ।

कम्पनीको जीवन बिमा कोषमा ४ अर्ब ४६ करोड ४८ लाख ७५ हजार रुपैयाँ छ । जीवन बिमा कोषको आकार गत वर्षको यही त्रैमासको तुलनामा १ अर्ब १७ करोड ९८ लाख १३ हजार रुपैयाँले बढोत्तरी भएको हो । गत वर्ष तेस्रो त्रैमासमा प्राइमको जीवन बिमा कोषमा ३ अर्ब २८ करोड ५० लाख ६२ हजार रुपैयाँ मात्र थियो । प्राइमको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ ७५ पैसा छ । यसको सेयर नेप्सेमा गत विहीबार प्रतिकित्ता २४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

किन्दै हुनुहुन्छ त यस प्राइम लाइफ इन्सुरेन्सको सेयर? लाभदायक सावित हुन निम्न लिंकमा क्लिक गरी हेर्नुस् एक पल्ट यस कम्पनीको आर्थिक बर्ष २०७३-७४को तेश्रो त्रैमासिक बित्तिय विवरण !

Sunday, April 2, 2017

बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नुअघि अबस्था थाहा पाउनुहोस् (तथ्य बिबरणसहित)

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय सार्वजनिक गरेको छ । योसँगै अब बीमा क्षेत्रका कम्पनीहरुको सेयरमा लगानी गर्नेहरुको चासो राख्ने र सेयर खरिद गर्नखोज्नेहरु ह्वात्तै बढ्ने छन् । तर त्यसो गर्नुअघि बीमा कम्पनीहरुको हाल कायम चुक्ता पूँजी, उनीहरुले पूँजी बृद्धिका लागि प्रस्ताब गरेका बोनस, हकप्रद र थप नयाँ साधारण सेयरको अबस्थाबारे थाहा पाउनु आबश्यक हुन्छ ।


अबस्था थाहा पाउन यी तुलनात्मक तालिका अध्ययन गर्नुहोस्


२०७३ पुस मसान्तसम्मको चुक्ता पूँजी, त्यसमा थप हुने गरी जारी गरिएका र प्रस्तावित बोनस, हकप्रद, एफपीओपछि कायम हुने चुक्ता पूँजी, पुर्याउँन बाँकी हुने पूँजी अध्ययन गर्नुहोस् र अझ स्पष्ट हुन कैफियतलाई ध्यान दिनुहोस् । यी तथ्यांकहरुलाई आफैले रुजू गरी हेर्नुहोस् ।

 स्रोतःबीमा कम्पनीहरुको २०७३ पुस मसान्तको बित्तीय बिबरण, सूचना र नेप्सेको साईटमा आएका जानकारी
कस्ता कम्पनीको सेयर किन्ने ? 

पूँजी बृद्धिको समाचारसँगै बीमा कम्पनीहरुको सेयरमा लगानी बढाउन चाहनेहरुले उनीहरुको खुद नाफा कमाईलाई पनि हेर्नु उचित हुने देखिन्छ ।

जत्ति धेरै पूँजी पुर्याउनु बाँकी छ, त्यसमा हकप्रदका साथै बोनस पनि धेरै दिनसक्ने कम्पनी छान्नु सुरक्षित हुने उपाय हो । अहिले बोनस र हकप्रद प्रस्ताव गरेका तर बुक क्लोज नभईसकेका र चुक्ता पूँजी पुर्याउन धेरै बाँकी भएका कम्पनीहरुमा लगानी बढाउनु दाभदायक देखिन्छ ।

तालिका अध्ययन गर्दा जसले बिगतका बर्षहरुमा बोनस र हकप्रद मिलाएर जारी गर्दै आएका छन्, त्यस्ता कम्पनीहरुमा बढी ध्यान दिनुपर्ने देखिन्छ । पूँजी पुर्याईसकेका वा थोरै मात्र बाँकी भएकाहरुको सवालमा पूँजी बृद्धि ऐच्छिक बिषय हुने हुँदा उनीहरुले खुद नाफाको धेरै पैसा नगद लाभांशमा र थोरै रकम बोनस सेयर बितरणमा खर्च गर्नसक्छन् । नेपाल लाईफको एफपीओबाट आएको चार अर्ब रकम एकैचोटी बोनस सेयर बाड्न प्रयोग होला भनेर भन्न सकिन्न, खुद नाफाबाट नगद लाभांश खाने क्रम पनि बढ्ने छ भने एभरेष्ट ईन्स्योरेन्स जस्ता कम्पनीले ८०० प्रतिशत चुक्ता पूँजी कसरी बढाउला निकै चासोको बिषय बनेको छ ।

थोरे कम्पनी, थोरै पूँजी, साधारण सेयर झन् थोरै हुँदाको असर

बीमा क्षेत्रका कम्पनी कम, चुक्ता पूँजी थोरै, सेयर बजारमा बिक्रीमा आउने सेयर कम र माग बढी हुँदा मुल्यमा पनि असर परिरहेको अबस्था छ र पूँजी बृद्धिको निर्णय सार्वजनिक भएपछि अब त्यसमा झन् चाप पर्नेछ ।

जीवन र निर्जिवन बीमा कम्पनीहरु सबैको चुक्ता पूँजी जोड्दा दुईवटा बाणिज्य बैंक बराबरको पनि छैन र त्यसको ७० प्रतिशत हिस्सा संस्थापकहरुको भएकाले सर्बसाधारणमा निकै कम सेयर छ । सर्बसाधारणमा भएको ३० प्रतिशत मध्ये पनि बजारमा बिक्रीमा आउने सेयर कम हुँदा माग र आपुर्तिमा असन्तुलन भई मूल्य उचालिने प्रबृत्ति रहेको छ । 

अबका केही बर्ष बीमाकै बहार

अबका केही बर्षहरु सम्म बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नेहरुले निरन्तर राम्रो प्रतिफल पाउनसक्छन् । पूँजी नपुर्याई नगद लाभांश खान नपाउने भएकाले संस्थापकहरुलाई भने गाह्रो पर्नसक्छ तर सर्बसाधारण सेयरधनीलाई फाईदा पुग्ने छ । बीमाहरुको पूँजी बृद्धिको सुरुवाती चरणमात्र भएकाले आगामी केही बर्षहरु सेयर बजारलाई बीमा कम्पनीकै सेयरले नै प्रभावित पारिरहने छ ।

बीमाहरुले अरुको जोखिम ब्यहोर्ने हुँदा आफ्नो जोखिम ब्यहोर्ने क्षमता बढाउँन पनि पूँजी बढाएरै लैजानु परेको हो । आगामी दिनमा एक र दुई अर्बको सिमा हैन, अर्बौ अर्ब पूजी थप्दै जानुपर्छ ।

कारोबार र आम्दानी बढाएर लानुपर्छ 
बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउनै पर्ने अबस्था सिर्जना भएपछि उनीहरुले अब कारोबार बिस्तार, संस्थागत सुशासन र खुद नाफा बृद्धिलाई पनि ध्यान दिनु उत्तिकै जरुरी भएको छ । अहिले सानो कारोबार गरिरहेका र घाटामा रहेका बीमा कम्पनीहरुले अब आफुलाई बदल्नैपर्ने अबस्था आएको छ । 

कारोबार र संस्थागत सुशासन बृद्धि नगरीकन अब बीमा कम्पनीहरु टिक्न नसक्ने भएकाले बिगतमा बिग्रिएकाहरु पनि सुध्रिएर आउन बाध्य छन् । नत्र नयाँ कम्पनीहरु संचालनमा आउँदा प्रतिस्पर्धा गर्न नसकी अर्कोमा बिलय भएर जानुको विकल्प हुन्न ।

बीमाको ब्यापक संभावना 

अहिले देशको लगभग १२ प्रतिशत जनसंख्यामा मात्रै बीमा पुगेकाले ८८ प्रतिशत जनसंख्या बीमा कारोबारबाट बाहिर छ । खासगरी शहरी क्षेत्रमा मात्रै बीमाको पहुँच रहेकाले ग्रामिण क्षेत्रसम्म पुगेर कारोबार ब्यापक पार्दा अहिलेका बीमा कम्पनीहरुको जोखिम बहन क्षमता निकै धेरै र कारोबार ब्यापक पार्नुपर्ने हुन्छ । त्यसैले बीमा कम्पनीहरुका अगाडि ब्यापक संभावनाहरु छन् । बाणिज्य बैंकहरुले बीमा कम्पनीहरुसँग सहकार्य गर्दै बैकिड. कारोबार र कर्जा प्रबाह गर्दा बीमालाई पनि जोड्न थालेकाले बिस्तार तीब्र हुँदै गएको छ । अहिले अग्नि बीमा, गाडी, घर, परियोजना र केही मात्रामा स्वास्थ्य बीमा मात्रै चालु रहेकाले आगामी दिनमा नयाँ - नयाँ योजनामार्फत बजार बिस्तारको क्रम तीब्र हुने देखिन्छ ।

यी कम्पनीले के गर्लान् ? 

एभरेष्ट ईन्स्योरेन्स, प्रार्इृम लाईफ ईन्स्योरेन्स र युनाईटेड ईन्स्योरेन्स जस्ता बिगतमा संस्थागत सुशासनको गंभीर समस्या रहेका कम्पनीहरुले अब आफुलाई सुधारेर चाँडै साधारण सभा गरी पूँजी बृद्धिको कार्यतालिका सार्बजनिक गर्नैपर्ने भएको छ भने चुक्ता पूँजी निकै कम रहेका सरकारी कम्पनीहरु राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले बीमा समितिको पूँजी बृद्धि योजनालाई नै धक्का लाग्ने गरी गैरजिम्मेवारी देखाईरहलान् किन चाँडै पूँजी बृद्धि योजना पेश गर्लान भन्ने अर्को चासोको बिषय छदैछ । 

समग्रमा भन्दा दीर्घकालीन लगानीको हिसाबले अब बीमा कम्पनीहरुको सेयरमा लगानी बढ्ने र त्यसले नेपालका बीमा कम्पनीहरुको जोखिम बहन क्षमता र कारोबार बृद्धि हुने निश्चित भएको छ । यसको सबैभन्दा धेरै फाईदा आम सर्बसाधारणलाई हुनेछ ।

Source: merolagani

Friday, March 31, 2017

कस्तो छ बिमा कम्पनीको वित्तीय अवस्था? कसरी पुर्याउँदै छन् तोकिएको चुक्ता पुंजी ? (बिशेष रिपोर्ट)

नियमन निकाय बिमा समितिले विमा कम्पनीको नयाँ चुक्ता पुंजीको सिमा तय गरेको छ। लामो समय देखि चर्चामा रहेको बिमा कम्पनीको चुक्ता पुंजीको अन्यौलतालाई तोड्दै समितिले बिमा कम्पनीहरुको चुक्ता पुंजी ४ गुणाले बढाउने निर्णय गरेको हो।

समितिले जिबन बिमा कम्पनीहरुको चुक्ता पुंजी ५० करोडबाट बढाएर २ अर्ब तथा निर्जिबन बिमा कम्पनीको चुक्ता पुंजी २५ करोडबाट बढाएर १ अर्ब पुर्याउने निर्णय गरेको विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिजपाटीलाई बताएका छन। उनका अनुसार तोकिएको चुक्ता पुंजी बिमा कम्पनीहरुले २०७५ असार मसान्तसम्म पुर्याउनु पर्ने छ।

अध्यक्ष चापागाईका अनुसार उक्त निर्णय आजै देखि लागु हुने भएको छ। बिमा समितिको नयाँ चुक्ता पुंजी वृद्धि योजना अनुसार हाल संचालनमा रहेका ७ वटा जिबन बिमा कम्पनीले २ अर्ब र १५ वटा निर्जिबन बिमा कम्पनीहरुले १ अर्ब चुक्ता पुंजी पुर्याउनु पर्ने छ।

विमा समितिले बिमा कम्पनीको नयाँ चुक्ता पुंजी सिमा तय गरेसंगै कुन बिमा कम्पनीले कति चुक्ता पुंजी थप गर्नु पर्छ भन्ने चर्चा सुरु भएको छ। हाल संचालनमा रहेका बिमा कम्पनीहरुको चुक्ता पुंजी कति छ ? कसले कसरि कति चुक्ता पुंजी वृद्धि गर्ने छ भन्ने बारे पाठकहरुको यस चांसोलाई हामिले सम्बोधन गर्ने प्रयास गरेका छौं। प्रस्तुत छ बिजपाटीका लागि जनोम पाठकले तयार गरेको रिपोर्ट:

जिबन बिमा कम्पनीहरु:


निर्जिबन बिमा कम्पनीहरु :


AddToAny