Showing posts with label Development Banks. Show all posts
Showing posts with label Development Banks. Show all posts

Tuesday, October 18, 2016

तपाईसँग विकास बैंकको सेयर छ ? २६ वटाले दिँदैछन् बोनस सेयर, हेर्नुहोस् नामावली !

काठमाण्डौं । २७ वटा विकास बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरणको प्रस्ताव गर्ने क्रममा बोनस सेयरको प्रस्ताव गरेका छन् । पूँजी वृद्धिको चटारोमा रहेका विकास बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफलको प्रस्ताव न्युनतम पौने आठ प्रतिशतदेखि ३४ प्रतिशत रहेको छ ।


Source: arthatantra

Tuesday, September 27, 2016

३.३८ अंकले सेयर बजार घट्दा : कसले कमाए, कसले गुमाए ?

लामो समयपछि सोमबार उकालो लागेको सेयर बजार मंगलबार पुनः ओर्लिएको छ । नेप्से परिसूचक ३.३८ अंकले घटेर १७५३.७२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह २७.८ प्रतिशतले घटेको छ भने बीमा समूह २३.२६ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १.९६, २.३, २.३९, २.५५, १.१८ र ४.०५ अंकले घटेका छन् ।



Source: bankingkhabar

Monday, September 26, 2016

शेयर बजारमा बिक्रीकर्ताको ओईरो ।

असोज ९, काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उच्च अङ्कको कमी देखा परेको छ । बजारमा तरलता घट्न थालेपनि ऋण पत्र बट्टादर बढ्न थालेको, कम्पनीहरुको हकप्रद शेयर, आईपीओ निष्काशनमा अर्बौ रुपैयाँ थुप्रिएको, नजिकिँदै गरेको चाडपर्वको लागि शेयर विक्री गर्न थालेपछि त्यसको प्रभाव शेयर बजारमा पनि देखिएको हो । पहिलो कारोबारदेखि घटेको बजारमा सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । होटल समूह, विकास बैङ्क, जलविद्युत र बीमा समूहको परिसूचक उच्च अङ्क करीब ३ प्रतिशतले घटेको छ । आइतवार परिसूचक घटेपनि कारोबार भने केही सुधारिएको छ ।


Source: nepalipaisa

AddToAny