Showing posts with label Liquidity. Show all posts
Showing posts with label Liquidity. Show all posts

Saturday, November 19, 2016

सेयर बजारको निरन्तर ओरालो सम्झेर नआत्तिनुस्, यो साता थाहा हुन्छ !

काठमाण्डौं । सेयर बजार ऐतिहासिक उचाइबाट फर्किएको छ। १८८१ को उचाइबाट तल ओर्लिन थालेको सेयर बजारमा अहिले अलिकति ‘होल्ड’ भएर बस्ने प्रबृत्ति देखिएको छ।

आधारभुत र प्राविधिक हिसावले पनि बजार केही समय होल्ड भएर बस्ला जस्तो देखिन्छ। खासगरी तरलता, ब्याजदर र वाह्य कारणहरुले बजार झरेको हो। बजार लगातार झर्ने मात्र भन्ने हुँदैन। उच्च आजको दिनसम्म बजार करिव २२० अंकले ओर्लिएको छ। त्यसैले केही समय होल्ड हुन्छजस्तो लाग्छ।



Source: arthatantra

Friday, October 14, 2016

लगानी गर्ने रकमको अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याजदर बढ्यो ।

काठमाडौं, असोज २९ । बैंक तथा वित्तीय संस्थाहरूले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् ।

रकम कम हुँदै गएपछि बैंकहरूले गत वर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन् । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्दती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् ।



Source: aarthiknews

Monday, September 26, 2016

शेयर बजारमा बिक्रीकर्ताको ओईरो ।

असोज ९, काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उच्च अङ्कको कमी देखा परेको छ । बजारमा तरलता घट्न थालेपनि ऋण पत्र बट्टादर बढ्न थालेको, कम्पनीहरुको हकप्रद शेयर, आईपीओ निष्काशनमा अर्बौ रुपैयाँ थुप्रिएको, नजिकिँदै गरेको चाडपर्वको लागि शेयर विक्री गर्न थालेपछि त्यसको प्रभाव शेयर बजारमा पनि देखिएको हो । पहिलो कारोबारदेखि घटेको बजारमा सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । होटल समूह, विकास बैङ्क, जलविद्युत र बीमा समूहको परिसूचक उच्च अङ्क करीब ३ प्रतिशतले घटेको छ । आइतवार परिसूचक घटेपनि कारोबार भने केही सुधारिएको छ ।


Source: nepalipaisa

AddToAny