Showing posts with label Premium. Show all posts
Showing posts with label Premium. Show all posts

Sunday, June 4, 2017

बीमा कम्पनीको शेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ जीवन बीमा कम्पनीको पछिल्लो अवस्था !

बजारमा बीमा कम्पनीहरु (INSURANCE COMPANIES) को शेयरप्रति लगानीकर्ताको निकै चासो रहेको हुन्छ । त्यसमा पनि छोटो समयमा शेयर खरिदबिक्री गरेर आफ्नो आम्दानी बढाउने लगानीकर्ता पनि बीमा कम्पनीको शेयरप्रति आकर्षण देखिन्छन् । त्यसमा पनि बीमा समितिले बीमा कम्पनीहरुको पूँजी चार गुणाले बढाउने निर्देशन दिएसँगै यसप्रति लगानीकर्ता थप आकर्षित देखिन्छन् । यस्तैमा आज हामी नेपालमा सञ्चालित जीवन बीमा कम्पनीको पछिल्लो अवस्था केलाउने प्रयास गरेका छौं ।


खुद मुनाफा चुक्ता पूँजी
आर्थिक वर्ष २०७३/७४ को प्रकाशित तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरु मध्ये खुद मुनाफा हेर्दा सबैभन्दा उत्कृष्ट नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । ४० करोड ९६ लाख रुपैयाँ खुद मुनाफामा कमाएको नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी पनि सबैभन्दा बढी ३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद मुनाफा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको ६६ लाख रुपैयाँ मात्र कमाएको छ । जसको चुक्ता पूँजी पनि सबैभन्दा कम ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी मुनाफा सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको ६ सय ६२ दशमलव ७५ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको २० दशमलव ९१ प्रतिशतले गिरावट आएको छ ।

जगेडाकोष, जीवन बीमाकोष र आम्दानी
जीवन बीमा कम्पनीहरुमध्ये जगेडाकोषमा, बीमा कोष र आम्दानीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । जगेडाकोषमा सबै भन्दा बढी ४ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ, बीमाकोषमा ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ र आम्दानी ५४ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा सबैभन्दा कम एशियन लाइफ इन्स्योरेन्सको १७ करोड ७४ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा सबैभन्दा कम सुर्य लाईफ इन्स्योरेन्सको २ अर्ब १४ करोड ५ लाख रुपैयाँ रहेको छ । आम्दानीमा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको १ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

प्रिमियम संकलन र जारी बीमालेख संख्या
बीमा कम्पनीहरुको खुद मुनाफा बढ्नु र घट्नुमा प्रिमियम संकलनको प्रमुख भूमिका रहने गर्दछ । नेपाल लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी खुद प्रिमियम संकलन ७ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ, जम्मा प्रिमियम संकलनमा पनि सबैभन्दा बढी ४८ अर्ब १० करोड १३ लाख रुपैयाँ र जारी बीमालेख संख्या १० लाख २४ हजार ६ सय ४२ वटा रहेको छ । तेस्रो त्रैमासमा सबैभन्दा कम खुद प्रिमियम गुराँस लाईफ इन्स्योरेन्सको ७० करोड १० लाख रुपैयाँ र बीमा लेख संख्यामा १ लाख ५४ हजार ७७ वटा रहेको छ । जम्मा प्रिमियम संकलनमा सबैभन्दा कम सुर्य लाइफ इन्स्योरेन्सको ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

दाबी भुक्तानी र दाबी भुक्तानी संख्या
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद दाबी भुक्तानीको आधारमा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थानको २ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको ६ करोड ८५ लाख रुपैयाँ रहेको छ । त्यस्तै जम्मा दाबी भुक्तानी र दाबी भुक्तानी संख्यामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । जसको जम्मा दाबी भुक्तानी १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ र दाबी भुक्तानी संख्या १७ हजार ८ सय ९५ वटा रहेको छ । जम्मा दाबी भुक्तानी र दाबी भुक्तानी संख्यामा सबैभन्दा कम सुर्य लाइफ इन्स्योरेन्सको १ लाख रुपैयाँ र ५ सय ७४ वटा रहेको छ ।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र बजार मूल्य
तेस्रो त्रैमासमा लाइफ इन्स्योरेन्स कम्पनीमा प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २९ दशमलव ३५ रुपैयाँ र २६५ दशमलव ७५ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानीमा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको ४ दशमलव ९१ रुपैयाँ भने प्रतिशेयर नेटवर्थमा लाइफ इन्स्योरेन्सको १२५ दशमलव ७२ रुपैयाँ रहेको छ ।

प्रतिशेयर बजार मुल्यको आधारमा सबै भन्दा बढी लाइफ इन्स्योरेन्सको २ हजार १ सय ७० रुपैयाँ र सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको १ हजार २ सय २५ रुपैयाँ रहेको छ ।

श्रोत: आर्थिकन्यूज, जेष्ठ २० गते शनिबार ।

Monday, January 9, 2017

How Much To Apply in NLIC FPO? (Allotment analysis)

Nepal Life Insurance Company Limited (NLIC) is floating its Further Public Offering (FPO) of 30,96,529 unit shares at Rs 1,425 (premium of Rs 1,325 added to the paid up value of Rs 100) worth Rs 4.41 arba from Poush 27, 2073.The offer is set to close on Magh 2, 2073 at the earliest.

Interested investors must apply for a minimum of 10 units of share amounting Rs 14,250 (10 units * Rs 1,425) and they can apply for up to 30,960 units of share amounting Rs 44,118,000 (30,960 units * Rs 1,425).


Source: sharesansar

Thursday, January 5, 2017

नेपाल लाईफ ईन्सुरेन्स (NLIC) को एफपिओ (FPO) मा मेरो टिप्पणि !


मुलुकको अग्रणी जीवन बिमा कम्पनीले अंकित मुल्य १०० मा १३२५ प्रीमियम थप गरी १४२५ का दरले यही पौष २७ गतेबाट FPO जारी गर्दैछ। धेरै नयाँ लगानिकर्ता मित्रहरुले यसबारे मलाई ब्याक्तिगत रुपमा साथै बिभिन्न फोरमहरुमा पनि जिज्ञासा राखेको पाएँ । मनमा लागेको कुरा लेख्दैछुँ ।

केहि महिना अघि NLIC को बजार मुल्य ४००० माथि रहेको समयमा नेपाल लाईफले अंकित मुल्य १०० मा २८५१ प्रीमियम थप गरी FPO जारी गर्ने भन्ने सुचना बाहिर ल्यायो । यससँगै यसको बजार मूल्य आकासिएर झण्डै ५००० छुन पुगेको थियो । यस लगत्तै धीतोपत्र बोर्डको कारवाहीमा परेको NLIC को FPO मुल्य निर्धारणका लागी आधारहरु चाहिने र बजार मुल्यलाईमात्र आधार मानेर FPO को मुल्य निर्धारण नहुने भनी लामो समयसम्म सो प्रकृया स्थगित गर्‍यो । यसबाट उक्त कम्पनीको बजार मुल्यमा नकारात्मक असार पर्न थाल्यो FPO कै कुरा ले ४९०० पुगेको NLIC अहिले साँच्चै FPO आउने बेलामाचाहिं २६०० मा आईपुगेको छ ।

दोश्रो बजारमा जोखिम लिन नचाहने , बचत खातामा रकम राख्ने , बैंक बित्तिय सँस्थाबाट 'ओडि' प्रयोग गरीरहेका, बजार प्रवेश गर्ने बाटो खोजी रहेकाहरुको लागी लगानीको लागी यो एउटा उपयुक्त बिकल्प हुनसक्छ।

हुन त पछिल्लो समय FPO ले एउटा विकृतिकै रुप लिएको पाईन्छ । कतिपय कम्पनीले कमाई गर्ने भाँडोकै रुपमा लिएको पाईन्छ FPO लाई लिने गरेका छन् । आफ्नो नियमित कारोबार बढाएर नाफा बढाउनु कता हो कता FPO निकालेर सँचिती बढाउने सोचलाई "काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर" भन्ने उखानसँग दाँज्दा फरक नपर्ला ।

NLIC को हकमा भन्ने हो भने यो एउटा निरन्तर राम्रो ब्यापार गरिरहेको , नाफा बढाईरहेको , लगानिकर्ताप्रति उत्तरदायी, निरन्तर आकार्षक प्रतिफल प्रदान गरीरहेको कम्पनी हो । एउटा भनाईनै छ कि "झुर कम्पनीले दिने बोनस भन्दा त राम्रो कम्पनी दिने हकप्रद कयौं गुना राम्रो हुन्छ !" संस्थापक र साधारणको सेयर संरचना नियम अनुसार मिलाउन पहिलेदेखिनै FPO लाई आफ्नो योजनामा राखेको NLIC को हकमा भने अहिलेको FPO निश्काशनलाई सामान्यनै मान्नुपर्छ । 

एउटा चाखलाग्दो कुरा के छ भने NLIC को ५२ हप्ताको अधितकम र न्युनतम मुल्यलाई हेर्ने हो भने ४९३६ अधिकतम मुल्य थियो र न्युनतम मुल्य भने २५९५ रहेको छ । जुन हिजोको कारोबार मुल्य थियो । दोश्रो बजारमा कारोबार गर्नेहरुका लागी पनि यो एउटा सुनौलो अवसर हो । हिजो मुल्य उचालिएर ४००० नाघेको दिनमा NLUC को सेयर खरिद गर्नेहरुको लागी अहिलेको बजार मुल्य एभरेज गराउनको लागि राम्रो अवसर हुनेछ। अहिले NLIC मुल्य तल झर्नुको कारण २६०० मा बिक्री गरेर १४२५ मा किन्ने सोच हुनसक्छ धेरैको। तर हामिले यो कुरा बुझौं कि २६०० मा बेचेको १०० कित्ताले भोली १० कित्ता दिने कुनै ज्ञारेण्टी छ र? 

जसरि IPO , FPO को क्रममा बजारमा बिक्री चाप बढ्छ अनि बजार घट्छ त्यसै गरी उक्त रकम बजार फर्कंदा बजारमा खरिद चाप बढ्छ अनि मुल्य उकासिने निश्चितनै छ । हाल २ अर्ब १६ करोड चुक्ता पुँजी रहेको NLIC ले अहिले करिव ३१ लाख कित्ता FPO जारी गरेपछीको पुँजी भने करिव २ अर्व ४७ करोड पुग्नेछ भने रिजर्व भने ६ अर्व ३७ करोड पुग्ने कम्पनीले प्रकाशित गरेको आव्हान पत्रमा उल्लेख छ। जसबाट लगानिकर्ताले भोलीका दिनमा राम्रै बोनस पाउने आशा गर्न सकिन्छ !

के हिसाबले आवेदन दिने?
५० हजार भन्दा मुनी साना लगानिकर्ता अनि त्यस माथी ठुला मानिन्छ हाम्रो बजारमा। बाँडफाँडमा ठुला र सानाको अनुपात पनि निकै फरक हुन्छ । तसर्थ अहिलेको FPO लगानी सन्दर्भमा मेरो सुझाव चाहिं सकेसम्म आफ्ना परिवार सदश्य धेरैको नाम ५०००० मुनी आवेदन दिनुस् जसअनुसार ३० कित्ता × १४२५ = ४२७५० /- अनि बाँकी ठुलो समुहबाट एक जनाको नाममा अवेदन दिनुस् ।

अहिलेको तरलता अभावमा ४ अर्व १० करोडको NLIC FPO मा १० गुना आवेदन पर्दा पनि ४० अर्ब माथी पर्ने सोच्न सकिन्छ , अहिलेको LIQUIDITY CRISIS अवस्थामा जुन ठुलै कुरा हो ! 

ब्याक्तिगत प्रक्षेपणको कुरा गर्ने हो भने मेरो बिचारमा NLIC FPO मा सानाले १४% अनि ठुला ले ६% को हाराहारीमा सेयर प्राप्त गर्नेछन्! 

HAPPY INVESTING!

Source: arthasarokar

Tuesday, January 3, 2017

लौ आयो नेपाल लाईफको एफपिओ, कहाँबाट दिने आवेदन ?

काठमाडौं, पुस १९ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी (NLIC) ले ३० लाख ९६ हजार ४ सय २९ कित्ता फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही पुस २७ गतेबाट एफपिओ निष्काशन गर्ने भएको हो ।
अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयरमा न्युनतम १० कित्ता (१४ हजारर २५० रुपैयाँ) देखि अधिकतम ३० हजार ९६० कित्ता (४ करोड ४१ लाख १८ हजार रुपैयाँ) सम्म आबेदन गर्न पाईने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।



Source: aarthiknews

Thursday, December 1, 2016

शिखर इन्स्योरेन्सले डाक्यो साधारणसभा, ६० प्रतिशत बोनसपछि फेरि १० प्रतिशत एफपीओ मुख्य एजेन्डा ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत बोनस शेयर पारित तथा बोनसपछि कायम चुक्ता पुंजीको १० प्रतिशत प्रिमियममा फर्द्रर पब्लिक अफरिंङ (एपपीओ) निष्काशनको अनुमति लिन १२ औ बार्षिक साधारण सभा बोलाएको छ।



Source: bizpati

Thursday, October 13, 2016

स्टाण्डर्ड चार्टर्ड बैंकको मनपरी उदाङ्गियो ! यसरी ठगिन्छ ग्राहकहरु ।


स्टाण्डर्ड चार्टर्ड बैंकले ग्राहकहरूलाई ठग्ने गरेको खबर प्राप्त भएको छ । सो बैंकमा ग्राहकहरूले आफ्नो खातामा जम्मा गरेको रकम बैंकका उच्च तहका कर्मचारीहरूले झिकेर मनपरी प्रयोग गर्ने गरेको गुनासो पीडित ग्राहकहरूबाट सुनिएको छ । नयाँ बानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयबाटै ठगी धन्दा भएको पाइएको हो ।



Source: arthasarokar

Saturday, October 8, 2016

कृषि विकास बैंकको १ करोड ९६ लाख कित्ता हकप्रद सेयर आयो, ७०० रुपैयाँको सेयर १०० मा किन्न पाइने ।

काठमाडौं, २१ असोज । कृषि बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड, ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।



Source: bikashnews

Friday, September 30, 2016

पैसा ठीक पार्नुहोेस्, दसैं अघि इन्स्योरेन्सले जारी गर्दैछ ३१ लाख कित्ता सेयर !

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सले करिब ३१ लाख कित्ता नयाँ सेयर अर्थात एफपिओ निष्कासनका लागि अगाडि बढाइ धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन गरेको हो ।

यसअघि एफपिओ निष्कासनको अन्तिम चरणमा पुगेको कम्पनीले आफु खुशी मूल्य निर्धारण गरेको भन्दै धितोपत्र बोर्डले एफपिओ निष्कासनमा रोक लगाएको थियो । त्यतिबेला नेपाल लाइफले एक सय रुपैयाँ अंकित सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको थियो ।



Source: arthatantra

AddToAny