Showing posts with label Dhitopatra Board. Show all posts
Showing posts with label Dhitopatra Board. Show all posts

Friday, September 30, 2016

पैसा ठीक पार्नुहोेस्, दसैं अघि इन्स्योरेन्सले जारी गर्दैछ ३१ लाख कित्ता सेयर !

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सले करिब ३१ लाख कित्ता नयाँ सेयर अर्थात एफपिओ निष्कासनका लागि अगाडि बढाइ धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन गरेको हो ।

यसअघि एफपिओ निष्कासनको अन्तिम चरणमा पुगेको कम्पनीले आफु खुशी मूल्य निर्धारण गरेको भन्दै धितोपत्र बोर्डले एफपिओ निष्कासनमा रोक लगाएको थियो । त्यतिबेला नेपाल लाइफले एक सय रुपैयाँ अंकित सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको थियो ।



Source: arthatantra

दुई हाइड्रोपावरले जारी गर्दैछन् करिब साढे ६१ लाख कित्ता साधारण सेयर, किन्ने हैन त ?

काठमाण्डौं । दुई हाइड्रोपावर कम्पनीले करिब साढे ६१ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने भएका छन् । यसका लागि उनीहरुले धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिइसकेका छन् । अब धितोपत्र बोर्डबाट आवेदन मिल्ने बित्तकै यी दुई कम्पनीको एफपिओ जारी हुनेछ ।

यसरी एफपिओ जारी गर्ने पाइपलाइनमा बसेका दुई हाइड्रो कम्पनीमा बुटवल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् । बुटबल पावर कम्पनी लिमिटेडले ३० लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपिओं) जारी गर्दैछ । कम्पनीको गत असार २७ गते सम्पन्न साधारणसभाले ३० लाख कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।



Source: arthatantra

Thursday, September 29, 2016

हिमालयन बैंकले हकप्रद ल्याउन पायो अनुमति, ७ः१ अनुपातमा हकप्रद आउँदै ।

काठमाडौं : हिमालयन बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बुधबार अनुमति दिएको हो । 

चुक्ता पुँजी वृद्धि गर्न हिमालयनले हकप्रदलाई पनि एउटा आधार बनाएको छ । यसबाहेक लगानीकर्ताले आकर्षक बोनस सेयर पनि पाउने अपेक्षा गरिरहेका छन् । 

हिमालयनले ६२ करोड २७ लाख ३५ हजार रूपैयाँको ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

यो बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । असार मसान्तसम्मको रिपोर्ट अनुसार हिमालयनको चुक्ता पुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रूपैयाँ छ ।



Source: bizshala

Saturday, September 24, 2016

विकास बैंकले १२० प्रतिशत हकप्रद ल्याउँदै, धितोपत्रले पनि दियो स्वीकृति !

काठमाण्डौं । सेवा बिकास बैंकले एकसय बीस प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम एक सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट हिजो स्वीकृति पाएको हो ।

सेवाले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अधिल्लो आर्थिक बर्षको तुलनमा साढे ४३ प्रतिशतले बढी हो । ४२ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको १२० प्रतिशत हकप्रद जारी पछि ९३ करोड नाघ्ने छ । बैंकको जगेडा कोषमा २२ करोड रुपैयाँ रहेको छ ।



Source: arthatantra

लघुवित्तले पायो शतप्रतिशत हकप्रदको स्वीकृति, सेयर मूल्य आकासियो !

काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै बजारमा यसको सेयर मुल्य २ सय रुपैंया भन्दा बढीले उकालो लागेको छ ।

११ करोड रुपैंया पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रति सेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ । अहिले यो लघुवित्तको प्रतिकित्ता सेयर मुल्य ३ हजार २ सय ३० रुपैंया रहेको छ ।


Source: arthatantra

AddToAny