Showing posts with label General Share. Show all posts
Showing posts with label General Share. Show all posts

Friday, December 9, 2016

के तपाई सेयर बजारमा नयाँ हो ? कुन कम्पनीको सेयर किन्ने सोच्दै हुनुहन्छ ? यहाँ छ खुशीको खबर ।

काठमाण्डौं । आइपीओ (साधारण सेयर) निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा यतिबेला १४ वटा कम्पनीले आवेदन दिएका छन् । धितोपत्र बोर्डमा यतिबेला ८५ करोड ९३ लाख ३६ हजार रूपैयाँको आइपीओ पाइपलाइनमा छ ।




Source: arthatantra

Friday, November 11, 2016

आइपीओ स्वतन्त्र मूल्यमा बिक्री गर्न पाइने, एडीबी र आइएफसीलाई बन्ड जारी गर्न बाटो खुला ।

काठमाडौं : अबदेखि आइपीओ पनि स्वतन्त्र मूल्य (फ्रि प्राइसमा) निष्कासन गर्ने बाटो खुला भएको छ । 

अहिलेसम्म आइपीओ (साधारण सेयर) एक सय रूपैयाँ मूल्य तोकेर बिक्री खुला गर्ने गरिएकामा अबदेखि कम्पनीको नेटवर्थसहित समग्र वित्तीय अवस्थाका आधारमा फ्रि प्राइसिङ तोकेर निष्कासन गर्न पाइने भएको हो ।



Source: nepalipaisa

Sunday, October 23, 2016

तयार रहनुहोस्, बैंकले जारी गर्दैछ ३ अर्ब ३० करोड रुपैयाँको साधारण सेयर !

काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपीओं) निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो वेवसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको हो ।



Source: bizshala

Friday, September 30, 2016

दुई हाइड्रोपावरले जारी गर्दैछन् करिब साढे ६१ लाख कित्ता साधारण सेयर, किन्ने हैन त ?

काठमाण्डौं । दुई हाइड्रोपावर कम्पनीले करिब साढे ६१ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने भएका छन् । यसका लागि उनीहरुले धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिइसकेका छन् । अब धितोपत्र बोर्डबाट आवेदन मिल्ने बित्तकै यी दुई कम्पनीको एफपिओ जारी हुनेछ ।

यसरी एफपिओ जारी गर्ने पाइपलाइनमा बसेका दुई हाइड्रो कम्पनीमा बुटवल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् । बुटबल पावर कम्पनी लिमिटेडले ३० लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपिओं) जारी गर्दैछ । कम्पनीको गत असार २७ गते सम्पन्न साधारणसभाले ३० लाख कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।



Source: arthatantra

AddToAny