Showing posts with label Hope. Show all posts
Showing posts with label Hope. Show all posts

Monday, March 27, 2017

DAULAT - 2015 | Award Winning Short Film

As the word suggests “DAULAT”, the film is contradicting to the word’s meaning. This award winning short clip leaves a strong message on the one who is watching. There are two perceptions portrayed; one negative impression and one with positive. Personally, how do you like this clip? 


DAULAT is about a frustrated family and their dismay with their father’s income. and the sacrifices they have to make due to their financial conditions. To tackle this issue, the father decides to take the matter in his own hands. The parents cast look young and are unable to justify their dire situation, the performance however is good.

Tuesday, January 3, 2017

म्युचुअल फन्ड कम्पनीले चाहेमा बजारको गति परिवर्तन गर्न सक्छन्, तर किन हुँदैछन् गुमनाम ।

काठमाडौं : मंसिरदेखि ओरालो लागेको सेयर बजार पुसको १३ गतदेखि बल्ल केही थामिएको अवस्था छ । हुनतः अझै पनि ढुक्क हुने अवस्था छैन तर बजारको स्वभावले केही आशा भने पक्कै जगाएको छ । मंसिर १ गते १६९९ विन्दुमा रहेको नेप्से सूचक १४०० मुनिसम्म झरेर अहिले फेरि १४८० अंक माथि आइपुगेको छ । यस अवधिमा धेरै लगानीकर्ताले विविध कारणले परलमूल्य भन्दा कममा सेयर बेचेर करोडौं रूपैयाँ घाटा व्यहोरेका होलान भने केहीले किनबेच गरेर सेयर कित्ता बढाएका हुन सक्छन् । लगानी गरेर सम्पत्ति बढाउन (वेल्थ माक्सिमाइजेस) को उद्देश्य राखेका लगानीकर्ताले घट्दो बजारमा सस्तोमा राम्रा कम्पनीको सेयर खरिद गरेर पक्कै पनि भविष्यको लागि मुनाफा र धनआर्जनको सुनिश्चितता गरेका होलान् । कारोबारीलाई भने यो समय निकै कठिन भएको हुनसक्छ । तैपनि टाठाबाठाले केही कमाएका पनि होलान् ।



Source: nepalipaisa

Thursday, November 3, 2016

थोरै आशा जगाएको बजारलाई कसरी बुझ्ने ? आगामी साताबाट ट्रेन्ड अनुमान गर्न सजिलो हुने ।

काठमाडौं : तिहारपछि खुलेको सेयर बजारले लगानीकर्तालाई थोरै भए पनि आशा जगाउन सफल भएको छ । 

बजार नाप्ने नेप्से परिसूचक बिहीबार २.५० अंकले बढेर १७६२.२१ विन्दुमा गएर अडिएको छ । नेप्से हरियो हुँदा लगानीकर्ता आशावादी भए पनि भर परिहाल्ने अवस्था भने देखिएको छैन । 

बजारको वास्तविक ट्रेन्ड बुझ्न अझै एकदुई दिनको कारोबार हेर्नुपर्ने देखिएको छ । आइतबार छठ पर्व परेकाले अब बजार सोमबारमात्र खुल्नेछ । कारोबार रकम घट्दा बजारलाई चनाखो भएर हेर्नुपर्ने अवस्था आएको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

Saturday, October 22, 2016

सकारात्मक हुनुहोस् देशको अर्थतन्त्रमा सुधार आउनेछ, हेर्नुहोस् कसरी ?

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चार वटा तथ्यहरु सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आउने बताएकोछ । राष्ट्र बैंकले आर्थिक गतिविधिमा सुधार आएको भन्दै यस्तो बताएको हो । उसले बताएका चार तथ्यहरु निम्न छन्ः १. भदौ महिनासम्म देशको धेरैजसो भूभागमा पर्याप्त बर्षा हुनुका साथै कृषिजन्य सामग्रीहरुको वितरणसमेत सहज रहेकाले बर्षे वालीहरुको उत्पादन गत बर्षको तुलनामा उल्लेख्य बृद्धि हुने सम्भावना देखिन्छ ।



Source: arthatantra

Thursday, October 13, 2016

सेयर बजारमा लगानी गर्ने सोच्दैनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ !

पछिल्लो समयमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आफुसंग भएको केही रकम लगानी गर्दा धेरै प्रतिफल पाउने आशमा ठुलो संख्यामा नयाँ लगानीकर्ता समेत सेयर बजारमा प्रवेश गरिरहेका छन् । साधारण सेयरमा होस् वा दोस्रो बजारमा लगानीकर्ता ओइरिने क्रम बढ्दो छ । तर बजारमा बिचारै नपुर्याई लगानी गर्दा लगानी फस्ने जोखिम पनि उत्तिकै रहेको छ ।



Source: arthatantra

Sunday, October 9, 2016

Nepali Movie: Aasha (आशा) - The Hope Based on Stock Market of Nepal


If you are dreaming of earning money by investing in stock market, watch this movie carefully. This movie shows both aspects of business in the stock market in local public terms.

Republished for Information, Knowledge and Awareness.

Source: Share Update Nepal

Thursday, September 29, 2016

हिमालयन बैंकले हकप्रद ल्याउन पायो अनुमति, ७ः१ अनुपातमा हकप्रद आउँदै ।

काठमाडौं : हिमालयन बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बुधबार अनुमति दिएको हो । 

चुक्ता पुँजी वृद्धि गर्न हिमालयनले हकप्रदलाई पनि एउटा आधार बनाएको छ । यसबाहेक लगानीकर्ताले आकर्षक बोनस सेयर पनि पाउने अपेक्षा गरिरहेका छन् । 

हिमालयनले ६२ करोड २७ लाख ३५ हजार रूपैयाँको ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

यो बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । असार मसान्तसम्मको रिपोर्ट अनुसार हिमालयनको चुक्ता पुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रूपैयाँ छ ।



Source: bizshala

AddToAny