Showing posts with label Stable. Show all posts
Showing posts with label Stable. Show all posts

Tuesday, January 3, 2017

म्युचुअल फन्ड कम्पनीले चाहेमा बजारको गति परिवर्तन गर्न सक्छन्, तर किन हुँदैछन् गुमनाम ।

काठमाडौं : मंसिरदेखि ओरालो लागेको सेयर बजार पुसको १३ गतदेखि बल्ल केही थामिएको अवस्था छ । हुनतः अझै पनि ढुक्क हुने अवस्था छैन तर बजारको स्वभावले केही आशा भने पक्कै जगाएको छ । मंसिर १ गते १६९९ विन्दुमा रहेको नेप्से सूचक १४०० मुनिसम्म झरेर अहिले फेरि १४८० अंक माथि आइपुगेको छ । यस अवधिमा धेरै लगानीकर्ताले विविध कारणले परलमूल्य भन्दा कममा सेयर बेचेर करोडौं रूपैयाँ घाटा व्यहोरेका होलान भने केहीले किनबेच गरेर सेयर कित्ता बढाएका हुन सक्छन् । लगानी गरेर सम्पत्ति बढाउन (वेल्थ माक्सिमाइजेस) को उद्देश्य राखेका लगानीकर्ताले घट्दो बजारमा सस्तोमा राम्रा कम्पनीको सेयर खरिद गरेर पक्कै पनि भविष्यको लागि मुनाफा र धनआर्जनको सुनिश्चितता गरेका होलान् । कारोबारीलाई भने यो समय निकै कठिन भएको हुनसक्छ । तैपनि टाठाबाठाले केही कमाएका पनि होलान् ।



Source: nepalipaisa

Saturday, November 26, 2016

एनआइबीएल प्रगति फन्ड मंसिर १६ देखि बिक्री खुला, इन्भेस्टमेन्ट बैंकमा पनि पाइन्छ फारम ।

काठमाडौं : एनआइबीएल म्युचुअल फन्डले मंसिर १६ गतेदेखि बजारमा नयाँ इकाईको निष्कासन खुला गर्ने भएको छ । 

सेयर बजार घटिरहेका बेला एनआइबीएलले ६ करोड म्युचुअल फन्डका इकाई ल्याएको हो । यो इकाईले सेयर किनेमा बजार थाम्न केही सहयोग पुग्न सक्छ । कुल ६ करोड इकाईमध्ये सर्वसाधारणले पाँच करोड १० लाख कित्ता पाउनेछन् ।

Read more: एनआइबीएल प्रगति फन्ड मंसिर १६ देखि बिक्री खुला, इन्भेस्टमेन्ट बैंकमा पनि पाइन्छ फारम ।


Source: nepalipaisa

Thursday, November 3, 2016

थोरै आशा जगाएको बजारलाई कसरी बुझ्ने ? आगामी साताबाट ट्रेन्ड अनुमान गर्न सजिलो हुने ।

काठमाडौं : तिहारपछि खुलेको सेयर बजारले लगानीकर्तालाई थोरै भए पनि आशा जगाउन सफल भएको छ । 

बजार नाप्ने नेप्से परिसूचक बिहीबार २.५० अंकले बढेर १७६२.२१ विन्दुमा गएर अडिएको छ । नेप्से हरियो हुँदा लगानीकर्ता आशावादी भए पनि भर परिहाल्ने अवस्था भने देखिएको छैन । 

बजारको वास्तविक ट्रेन्ड बुझ्न अझै एकदुई दिनको कारोबार हेर्नुपर्ने देखिएको छ । आइतबार छठ पर्व परेकाले अब बजार सोमबारमात्र खुल्नेछ । कारोबार रकम घट्दा बजारलाई चनाखो भएर हेर्नुपर्ने अवस्था आएको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

Friday, October 14, 2016

के स्थिर नै बस्ला मितेरी बिकास बैंकको शेयर मुल्य ? (हेरौं कम्पनी विश्लेषण)

प्रधान कार्यालय धरान महेन्द्रपथ स्थित मितेरी विकास बैंक नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न ’ख’ वर्गको इजाजत पत्र प्राप्त क्षेत्रिय स्तरको विकास बैंक हो । पुर्वाञ्चल क्षेत्रको उद्योग व्यवसाय लगायत यस क्षेत्रका बासिन्दाहरुलाई विश्वसनीय सेवा प्रदान गर्दै आई रहेको यो बैंक यस भेगमा सफल बैंकको रुपमा आफुलाई उभ्याई सकेको छ ।



Source: aarthiknews

AddToAny