Showing posts with label Residents. Show all posts
Showing posts with label Residents. Show all posts

Thursday, November 3, 2016

सिनर्जी हाइड्रोले सर्वसाधारणमा २१ लाख कित्ता शेयर जारी गर्ने (कस्तो छ कम्पनी ?)

काठमाडौं, कात्तिक १८ । सिनर्जी पावरले सर्वसाधारणमा २१ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा अनुमतीको लागि कात्तिक ७ गते नै आवेदन दर्ता गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले स्थानियलाई ७ लाख कित्ता शेयर जारी गरिसकेको छ ।



Source: aarthiknews

Friday, October 14, 2016

के स्थिर नै बस्ला मितेरी बिकास बैंकको शेयर मुल्य ? (हेरौं कम्पनी विश्लेषण)

प्रधान कार्यालय धरान महेन्द्रपथ स्थित मितेरी विकास बैंक नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न ’ख’ वर्गको इजाजत पत्र प्राप्त क्षेत्रिय स्तरको विकास बैंक हो । पुर्वाञ्चल क्षेत्रको उद्योग व्यवसाय लगायत यस क्षेत्रका बासिन्दाहरुलाई विश्वसनीय सेवा प्रदान गर्दै आई रहेको यो बैंक यस भेगमा सफल बैंकको रुपमा आफुलाई उभ्याई सकेको छ ।



Source: aarthiknews

Friday, September 30, 2016

६ जलविद्युत् कम्पनीको ६३ करोड रुपैयाँ बढीको आइपीओ आउँदै ।

काठमाण्डौ । छ वटा जलविद्युत परियोजनाले सर्वसाधारण तथा परियोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निकट भविष्यमै ६३ करोड रुपैयाँ भन्दा बढी रकम बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछन् । 

हिमालयन पावर पार्टनर लिमीटेड, नेपाल हाइड्रो डेभलपर लिमीटेड, आँखुखोला जलविद्युत कम्पनी लिमीटेड, अरुण काबेली पावर लिमीटेड, छ्याङ्दी हाइड्रोपावर लिमीटेड र मैलुङ खोला विद्युत कम्पनी लिमीटेडले ६३ करोड रुपैयाँ बढीको आइपीओ जारी गर्न लागेका हुन् । 

यीमध्ये अधिकांश कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ गर्दैछन् ।


initial public offering
Source: bizshala

Thursday, September 29, 2016

२ अर्ब चुक्तापूँजी भएको विद्युत उत्पादन कम्पनीमा जनताले पनि लगानी गर्न पाउने ।

कम्पनी स्थापनाको प्रक्रियामा, करोडौंको आइपीओ आउने ।

काठमाण्डौ । सरकारले जलविद्युत् उत्पादन गरी बिक्री गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको विद्युत उत्पादन कम्पनी स्थापनाको प्रक्रियालाई अघि बढाएको छ । 

स्रोतका अनुसार ऊर्जा मन्त्रालयले कम्पनीको प्रबन्धपत्र र नियमावली तयारगरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएकोछ । 
अर्थ मन्त्रालयबाट सहमति आउनासाथ कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढ्ने उर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार सरकार, सरकारको स्वामित्वमा रहेका निकाय, सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा, विपन्न वर्गलगायतले सेयर हाल्न मिल्ने गरी कम्पनी स्थापना हुनेछ ।




Source: bizshala

AddToAny