Showing posts with label Arun Kabeli Power Ltd.. Show all posts
Showing posts with label Arun Kabeli Power Ltd.. Show all posts

Thursday, November 3, 2016

अरुण काबेलीको ३० लाख कित्ता आइपीओमा ४३ गुणा बढी आबेदन।

अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयरका लागि १२ अर्ब रुपैयाँ बराबरको आबेदन परेको छ।

२५ मेगावाटको बिद्युत आयोजन निर्माण गरिरहेको कम्पनीको साधारण शेयरमा झन्डै ४३ गुणा बढीले आबेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। सर्वसाधारणका लागि कात्तिक ९ देखि १२ गतेसम्मका लागि आबेदन खुला गरिएको थियो।


Source: bizpati

Friday, September 30, 2016

६ जलविद्युत् कम्पनीको ६३ करोड रुपैयाँ बढीको आइपीओ आउँदै ।

काठमाण्डौ । छ वटा जलविद्युत परियोजनाले सर्वसाधारण तथा परियोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निकट भविष्यमै ६३ करोड रुपैयाँ भन्दा बढी रकम बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछन् । 

हिमालयन पावर पार्टनर लिमीटेड, नेपाल हाइड्रो डेभलपर लिमीटेड, आँखुखोला जलविद्युत कम्पनी लिमीटेड, अरुण काबेली पावर लिमीटेड, छ्याङ्दी हाइड्रोपावर लिमीटेड र मैलुङ खोला विद्युत कम्पनी लिमीटेडले ६३ करोड रुपैयाँ बढीको आइपीओ जारी गर्न लागेका हुन् । 

यीमध्ये अधिकांश कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ गर्दैछन् ।


initial public offering
Source: bizshala

AddToAny