Showing posts with label Electricity Generation Company. Show all posts
Showing posts with label Electricity Generation Company. Show all posts

Thursday, September 29, 2016

२ अर्ब चुक्तापूँजी भएको विद्युत उत्पादन कम्पनीमा जनताले पनि लगानी गर्न पाउने ।

कम्पनी स्थापनाको प्रक्रियामा, करोडौंको आइपीओ आउने ।

काठमाण्डौ । सरकारले जलविद्युत् उत्पादन गरी बिक्री गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको विद्युत उत्पादन कम्पनी स्थापनाको प्रक्रियालाई अघि बढाएको छ । 

स्रोतका अनुसार ऊर्जा मन्त्रालयले कम्पनीको प्रबन्धपत्र र नियमावली तयारगरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएकोछ । 
अर्थ मन्त्रालयबाट सहमति आउनासाथ कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढ्ने उर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार सरकार, सरकारको स्वामित्वमा रहेका निकाय, सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा, विपन्न वर्गलगायतले सेयर हाल्न मिल्ने गरी कम्पनी स्थापना हुनेछ ।




Source: bizshala

AddToAny