Showing posts with label Post Tihar. Show all posts
Showing posts with label Post Tihar. Show all posts

Thursday, November 3, 2016

थोरै आशा जगाएको बजारलाई कसरी बुझ्ने ? आगामी साताबाट ट्रेन्ड अनुमान गर्न सजिलो हुने ।

काठमाडौं : तिहारपछि खुलेको सेयर बजारले लगानीकर्तालाई थोरै भए पनि आशा जगाउन सफल भएको छ । 

बजार नाप्ने नेप्से परिसूचक बिहीबार २.५० अंकले बढेर १७६२.२१ विन्दुमा गएर अडिएको छ । नेप्से हरियो हुँदा लगानीकर्ता आशावादी भए पनि भर परिहाल्ने अवस्था भने देखिएको छैन । 

बजारको वास्तविक ट्रेन्ड बुझ्न अझै एकदुई दिनको कारोबार हेर्नुपर्ने देखिएको छ । आइतबार छठ पर्व परेकाले अब बजार सोमबारमात्र खुल्नेछ । कारोबार रकम घट्दा बजारलाई चनाखो भएर हेर्नुपर्ने अवस्था आएको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

सेयर बजारमा सुधार, सिभिल बैंकले तान्यो लगानीकर्तालाई ।

काठमाडौ। तिहार र भारतीय राष्ट्रपतिको भ्रमणका कारण लगातार ६ दिनसम्म बन्द भएर सेयर साताको अन्तिम दिन खुलेको सेयर बजारमा सामान्य सुधार भएको छ । बिहिबार बजार परिसूचक नेप्से २.५० अंकले बढेर १७६२.२१ अंकमा पुगेको छ ।



Source: arthatantra

तिहारपछिको सेयरबजारमा सामान्य सुधार, किन बढ्यो एनएमबि माइक्रोको सेयरमूल्य ?

तिहार पछिको पहिलो कारोबारमा सेयबजार सामान्य उकालो लागेको छ वाणिज्य बैंकसहित बैकिंग समूह उकालो लागेपछि बजार बढेको हो । बजार सकारात्मक बनेपनि कारोबार रकममा भने गिरावट आएको छ । यसदिन दुई कम्पनीका लगानीकर्ताले दश प्रतिशतका दरले कमाएका छन् भने सिभिल बैंकको मात्रै एघार करोड बढीको कारोबार भयो ।


Source: merolagani

पूँजीबजारमा ग्रिन सिग्नल, पैसा छापे दुई माइक्रो फाइनान्सले ।

काठमाण्डौ । तिहार सकिएलगत्तै पूँजीबजारले ग्रिन सिग्नल देखाएको छ । 

दशैं र तिहारको अवधिमा अधिकांश समय ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको बजारले बिहीबार भने उकालो यात्रा तय गरेको हो । 

बिहीबार नेप्से परिसूचक २.५ अंकले बढेर १७६२.२१ अंकको उचाईमा पुगेको हो ।


Nepse Up
Source: bizshala

AddToAny