Showing posts with label Encouraging. Show all posts
Showing posts with label Encouraging. Show all posts

Saturday, October 22, 2016

केन्द्रीय बैंकको निश्कर्ष–‘बैकिङ क्षेत्र र पूँजीबजारमा उत्साह’ ।

विकास बैंकमा पैसा राख्ने घटे, मर्जरले ७७ संस्था गायब ।

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको साउन र भदौ महिनाको आर्थिक समीक्षा(इकोनोमिक रिभ्यू) सार्वजनिक गर्दै यो अवधिमा नेपालको बैकिङ क्षेत्र र पूँजीबजारमा अभूतपूर्व उत्साह र सुधार देखिएको बताएको छ ।


growth
Source: bizshala

Sunday, October 2, 2016

बिमाले थोरै ततायो बजार, शिखरमा किन उर्लिए लगानीकर्ता ?

काठमाडौं : केही दिनयता अस्थिर बनेको सेयर बजारमा आइतबार भने केही उत्साह देखिएको छ ।

बजार नाप्ने नेप्से परिसूचक १०.४० अंकले बढेर १७६३.७८ अंकमा आइपुगेको छ । आइतबार बजारलाई बिमा समूहले लिड गरेको छ । बिमा सूचक २३७.०१ अंकले बढेर आठ हजार नौ सय ३८.४८ विन्दुमा पुगेको छ ।

विशेष गरी, शिखर इन्सुरेन्स कम्पनीको भाउ बेस्सरी माथि जाँदा यो समूहमा बढी रौनक देखिएको हो । 

शिखरले आकर्षक बोनस सेयर प्रस्ताव गर्ने आशमा लगानीकर्ता ओइरिएका हुन् । यसबाहेक यो कम्पनीले हकप्रद पनि दिन सक्ने आशा लगानीकर्ताको छ ।



Source: nepalipaisa

AddToAny