Showing posts with label Welcome. Show all posts
Showing posts with label Welcome. Show all posts

Thursday, October 6, 2016

दसैंलाई नेप्सेको स्वागत, बजार हरियो भएरै बन्द भयो, बीओकेएलमा लगानीकर्ताको आकर्षण ।

काठमाडौं : दसैंलाई नेप्सेले स्वागत गरेको छ । दसैंअघिको अन्तिम कारोबारमा बजार हरियो भएरै बन्द भएको छ ।

बिहीबार सेयर किनेकाले अब दसैंपछिमात्र पैसा भुक्तानी गरे हुने भएकाले पनि क्रेता बढेको अनुमान छ । बिहीबार बजार नाप्ने नेप्से परिसूचक १३.२८ अंकले बढेर १८१९.८८ विन्दुमा आइपुगेको छ ।

नेप्से सूचकसँगै कारोबार रकम पनि एक अर्ब नाघेको छ ।



Source: nepalipaisa

Wednesday, October 5, 2016

पुँजी बजारले हरियो रूप देखाउँदा लगानीकर्ता बैंक अफ काठमान्डू लुम्बिनीमा झुम्मिए ।

काठमाडौं : पुँजी बजारले बुधबार पनि हरियो रूप नै देखाएको छ । 

कारोबारको पहिलो सत्रमा हरियो भएको नेप्से मध्य समयतिर घटेर रातो भएको थियो । क्लोजिङको अन्त्यसमयतिर आएर बजार फेरि हरियो रंगमै फर्किएको हो । 

विगतमा दसैंअघि धेरैजसो वर्ष बजार घट्ने गरेको भए पनि यसपटक भने दसैंआसपासमा बजारमा हरियाली छाएको छ । सूचीकृत कम्पनीहरूमा बोनस र हकप्रदको हंगामा जारी रहँदा बजारले त्यसलाई स्वागत गरेको देखिन्छ ।



Source: nepalipaisa

Monday, October 3, 2016

दसैंको मुखमा बजारमा हरियाली, लगानीकर्तामा उत्साह थपिदै ।

काठमाडौं : दसैंको मुखमा बजारमा हरियाली देखिएको छ । आइतबार दोहोरो अंकले हरियो भएको पुँजी बजार सोमबार पनि दोहोरो अंकले नै बढेको छ।

नेप्से परिसूचक सोमबार १६.६२ अंकले बढेर १७८०.४० विन्दुमा पुगेको छ । नेप्से हरियो भए पनि कारोबार भने उत्साह अझै देखिएको छैन । सोमबार पनि ७९ करोडको सेयर कारोबार भएको छ ।दसैंअघि बजार खुल्न अब मंगलबार , बुधबार र बिहीबार तीन दिन मात्र बाँकी भएकोले पनि नेप्सेले दसैंलाई हरियो स्वागत गर्ने संभावना छ ।



Source: nepalipaisa

AddToAny