Showing posts with label Nepal Stock Exchange. Show all posts
Showing posts with label Nepal Stock Exchange. Show all posts

Wednesday, February 28, 2018

होली पर्व र यसको महत्व (फोटो फिचर) !

हयाप्पी होली !



विगत वर्ष झैं यसवर्षको रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने गरिन्छ । सदियौंदेखि होली मनाइदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली खेल्न मन नहुनेहरुलाई रंग नदल्नु पानी नछ्याप्नु । तर यो लागुभएको पाइदैन् । जबर्जस्ती गर्नेलाई कारवाही गरिने भने पनि व्यवहारिक रुपमा भने लागु भएको पाइदैन । प्रशासनले यसपटक भने इच्छाविपरित रंग दल्ने र लोला हान्नेलाई दुई वर्ष थुनामा राख्ने कानुन ल्याएको छ । तर त्यो कत्तिको लागु हुने हो हेर्न बाकी नै छ । रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने गरिएको पाइएको छ । यसले उत्सव नभएर होलीप्रति नकारात्मक सोच जगाउँछ ।


होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतीमा नै रंग दल्नु वेश हुन्छ । कतिपय शोकको घडीमा रहेकाले रंग लगाउन हुँदैन । त्यसप्रति पनि सजक हुनुपर्ने देखिन्छ ।


यद्यपि, तर्क आफ्नै आफ्नै हुन्छ । होलीमा जर्वरजस्ती गर्नेहरु भन्ने गर्छन् – वर्ष दिनमा आउने होलीमा रंग नदलेर कहिले दल्ने ? तर्क ठिकै भएपनि इच्छा विपरित कसैको शरीरमा रंग र लोला हान्न कसैलाई छुट छैन । भाङ र गाजाँको नशामा खेलिने होलीले स्वास्थ्यमा असर त छदैछ अकल्पनिय दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसप्रति सजक हुन आवश्यक छ । होलीमा त हो चाखी हेरौ भन्नेहरु यसको लतमा दुर्ब्यसनीमा फस्न सक्छन् । केही क्षण यसको रमझममा भुलेपनि बानी परेको खण्डमा यसको दीर्घकालिन असर नराम्रो हुन्छ । आर्थिक क्षति छदै छ स्वास्थ्यमा समेत नकरात्मक असर पुर्याउदछ । त्यसैले स्वच्छ भएर होलीमा समाहित हुनु नै राम्रो हुनेछ । होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर ।


यसले गर्दा एउटै देशमा रहेका नेपालीहरुमा टाढा रहेको अनुभूति दिलाउछ । नेपाली हुनुको, दाजुभाई दिदी बहिनी हुनुको सद्भावलाई यसले मनमा खिन्नता ल्याउँदछ । भनाई नै छ नि ‘हिमाल पहाड तराई कोही छैन पराई’ । यसलाई बरु एकैदिन बनाउन आवश्यक देखिन्छ । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ, अनि हिमाल पनि । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ ।

होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर— विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।


होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । तर प्रहृलादलाई केही भएन ।

होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ ।


नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो । भक्तपुरमा चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु पर्व सुरूवात भएको मानिन्छ ।


जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्ग अर्थात लगलाई टोल—टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ । काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ ।


चिर स्वायगू अर्थात लिङ्ग झुन्ड्याएपछि नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन् । फाल्गुन शुक्ल पूर्णिमाका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ ।

त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पु‍र्याउने प्रचलन रही आएको छ । साँझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ, यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको छ । लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ ।

श्रोत: एबिसीनेपाल, बिहिबार १७ फागुन २०७४ !

Saturday, December 10, 2016

हकप्रद र एफपीओ बारे धितोपत्र बोर्डको नयाँ मापदण्डले अपीलाई पहिलो मार पर्दा कुन- कुन कम्पनी प्रभावित हुन्छन् ?

नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुलाई हकप्रद र थप सार्बजनिक निस्कासन (एफपीओ) जारी गर्न कडा मापदण्ड तोकेपछि केही जलविद्युत कम्पनी प्रभावित भएका छन् । आइपिओ निष्कासन गरेको दुईबर्ष पनि नपुगेको अपि पावर त सिधै प्रभावित भईहाल्यो, यसबाट सानिमा माइ हाइड्रो, अरुण भ्याली र बुटवल पावर कम्पनी तत्काल प्रभावित हुने देखिएको छ ।


Source: merolagani

सेयर बजारको तपाई कस्तो लगानीकर्ता हो ?

नेपाल स्टक एक्सचेञ्जमा पछिल्लो एक महिना तीब्र उतार चढाव देखिएको छ। नोभेम्बर ७ मा १७४९ मा रहेको नेप्से परिसूचक २०० अंकले झरेको छ। सोमबार १५४४ अंकमा बजार बन्द भएको हो।



Source: nepalipaisa

Stock Update Nepal -Share Sikchhya Karyakram With Mr. Sandeep Rana.

This video clip shows a presentation given by Mr. Sandeep Rana, MD. Sharesansar.com, on the balance sheet published by different companies and its profit and loss, major ratio, quarterly reports, EPS, P/E Ratio, etc.

Republished for Stock Market Education, Information and Knowledge.



Video source: Bazaar Guru

Friday, December 9, 2016

यी १७ कारण जसले नेप्सेलाई २५०० पुर्याउँछ ।

सेयर बजारको भबिष्यबारे केही कुराको चर्चा गरौं ।
१. नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली निकट भबिष्यमै आउँदैछ जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेछ ।
२. सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा छ, यसबाट सेयर बजारमा उल्लेखनीय परिवर्तन हुनेछ ।
३. बाणिज्य बैंकहरुलाई सेयर दलालको रुपमा काम गर्न दिने कुरामा सबैको सहमति छ र यो पनि निकट भबिष्यमा हुने नै छ ।



Source: arthasarokar

अब एककित्ता सेयर पनि किन्न पाइने, एकमहिनापछि नयाँ व्यवस्था ।

काठमाण्डौ । सेयरको नियमित कारोबारमा बजार मूल्य प्रभावित नहुने गरी अब एक पटकमा १० कित्ताभन्दा कम सेयर किनबेच हुने व्यवस्था लागू हुने भएको छ । 

यो व्यवस्था लागूू गराउन नेपाल स्टक एक्सचेञ्जले गृहकार्य थालेको र यो व्यवस्था भएपछि हाल नियमित कारोबारमा १० कित्ताभन्दा कम सेयर किनबेच गर्न नपाइने नियम स्वतः हट्नेछ ।

nepse
Source: bizshala

Monday, December 5, 2016

महिना दिनमा २०० अंकले घट्यो सेयर बजार, एक दिनमा १०० अंकसम्मको उतारचढाव, लगानीकर्ताले के गर्ने?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा पछिल्लो एक महिना तीब्र उतार चढाव देखिएको छ। नोभेम्बर ७ मा १७४९ मा रहेको नेप्से परिसूचक २०० अंकले झरेको छ। सोमबार १५४४ अंकमा बजार बन्द भएको हो।



Source: bizmandu

Saturday, December 3, 2016

NEPSE increases by 131.01 points over the week.

Kathmandu: The benchmark capital market index, Nepal Stock Exchange (NEPSE), has posted significant growth over the week.

The NEPSE index increased by 131.01 points to close at 1,600.49 points over the week compared to the first trading day of the week on Sunday.


Monday, November 28, 2016

सेयर बजार अत्याँसलाग्दो घटाईबाट उच्च बृद्धितर्फ जाँदा के के भयो ?

नेपाल स्टक एक्सचेन्जमा सोमबार भएको उथल पुथलपूर्ण कारोबारका क्रममा नौला घटनाहरु भएका छन् । हदैसम्म घटेर कसैले किन्न नचाहने अबस्थामा पुगेका सेयरहरु अन्त्यमा सुन जस्तै सबैको खोसाखोसमा बदलिएको दृश्य निकै रोचक थियो ।



Source: merolagani

Saturday, November 19, 2016

सेयर नपरेको पैसा पाँच वर्षसम्म फिर्ता नलिए कोषमा जाने, नगद लाभांश पनि ।

काठमाडौं : पब्लिक कम्पनीले वितरण गर्ने लाभांश पाँच वर्षसम्म पनि लिन नगएमा अबदेखि लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने भएको छ । 

कम्पनी रजिष्ट्रार कार्यालयले नेपाल स्टक एक्सचेन्जमार्फत सबै सूचीकृत कम्पनीलाई सर्कुलर पठाउँदै यस्तो जानकारी दिएको हो ।


Source: nepalipaisa

एभरेष्ट बैंक र नेशनल लाइफको गैरकानूनी धन्दाको नालीबेली ।

नियामक कमजोर बन्दा खुलेआम इन्साइडर ट्रेडिङ ।

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले लाभांश, हकप्रद वा अन्य कुनै सेयर निश्कासनको सूचना औपचारिक रुपमा बाहिरिनुअघि नै निश्चित व्यक्तिको मिलेमतोमा चुहाएर आफू मालामाल बन्ने धन्दा(इन्साइडर ट्रेडिङ) पछिल्लो समयमा बढ्दो क्रममा छ ।


Source: bizshala

Monday, October 24, 2016

७१ रुपैयाँको सेयर मूल्य बढेर ३५० पुगेपछि सेयरधनीहरु मालामाल बन्दै !

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सिर्जना फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७१ रुपैयाँबाट बढाई न्युनतम ११६ र अधिकतम ३५० रुपैयाँ पुर्याइ दिएपछि यसका सेयरधनीहरु मालामाल बन्ने भएका छन् ।



Source: aarthiknews

Wednesday, October 19, 2016

अब गैरआवसीय नेपालीले पनि सेयर बजारमा लगानी गर्न पाउने, बन्यो समिति !

काठमाण्डौं । गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको सेयर बजारमा अब सिधै लगानी गर्न पाउने भएका छन् । गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी ब्यवस्था गर्ने कार्यबिधि बनाउननेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ ।


Source: arthatantra

Sunday, October 9, 2016

Nepse Closes Week 66.5 Points Higher

Oct 9, 2016- Nepal Stock Exchange (Nepse) jumped 66.5 points to close at 1,819.88 points last week as investors, expecting dividend declarations after Dashain holiday, held on to their shares.

The market that opened at 1,753.38 points on Sunday gained 10.4 points to close at 1,763.78 points. On Monday, the market rose 16.62 points to reach 1,780.4 points. The index continued gains on Tuesday and Wednesday, up 18.1 points and 8.1 points, respectively. It further jumped 13.28 points on Thursday, closing the week 3.79 percent higher.



Thursday, October 6, 2016

अन्तत: रोकियो प्रभुको अवैध सेयर कारोबार, धितोपत्र बोर्डको आयो नयाँ निर्देशन ।

काठमाडौं: नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोबार रोक्न निर्देशन दिएको छ ।

असोज १९ बुधबारदेखि आंशिकरूपमा मात्रै हुँदै आएको प्रभु बैंकको सेयर कारोबार रोक्न पुँजी बजारको सर्वोच्च निकाय नेपाल धितोपत्र बोर्डले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई निर्देशन द्रिएको हो ।

मर्ज तथा एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि सम्बद्ध सस्थाको सेयर धितोपत्र बोर्डमा अभिलेख राखेरमात्र सेयर कारोबार गर्नुपर्ने कानुनी प्रावधान भएपनि प्रभु बैंकको सेयर कारोबार अभिलेख नराखी नै आंशिकरूपमा खुला गरिएकाले तत्काल रोक्न निर्देशन दिनुपरेको बोर्डले जनाएको छ ।


Source: nepalipaisa

Tuesday, October 4, 2016

ग्राण्ड बैंकका बदमासहरुलाई छाडा छाडेर पीडित लगानीकर्तामाथि किन पीडा थप्दैछ राष्ट्र बैंक ?

प्रभु बैंक(PRVU))मा बिलय भएको ग्राण्ड बैंक(GRAND)को सेयर कारोेबार रोकेर प्रभुको मात्रै कारोबार खोल्न निर्देशन दिएको नेपाल राष्ट्र बैंक नेपाल स्टक एक्सचेन्ज र पीडित लगानीकर्ताहरुलाई परेको अफ्ठेरो फुकाउँन अझै उदासिन देखिएको छ ।

ग्रान्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार चालु गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै नेप्सेले राष्ट्र बैंकलाई पत्र लेखेको थियो ।


Source: merolagani

Tuesday, September 27, 2016

आजबाट खुल्यो बिकास बैंकको सेयर कारोबार, तपाई पनि भर्ने हैन त ?

काठमाण्डौं । ज्योति बिकास बैंकको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेन्जमा जारी सूचना अनुसार झिमरुकसँगको मर्जर सफलतापुर्वक सकेपछि सेयर कारोबार खुलेको जनाईएको छ । ज्योति बैंकले मर्जर प्रक्रिया सकेर गत साउन २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो । ज्योतिको मर्जरमा जानु अघि नेप्सेमा प्रति सेयर १६९ रुपैयाँमा कारोबार भईरहेको थियो तर अब कतिमा कारोबार सुरु होला यकिन भईसकेको छैन । ज्योति बिकास बैंकको चुक्ता पूँजी हाल ९२ करोड छ भने उसले गत आर्थिक बर्षमा १५ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी १६ रुपैयाँ कायम गरेको थियो ।


Source: arthatantra

Sunday, September 18, 2016

सेयर बजारमा आयो २ करोड १८ लाख कित्ता सेयर, किन्ने हैन त ?

काठमाण्डौं । नेपाल स्टक एक्स्चेन्जमा आज आइतबार सानिमा बैंक सहित विभिन्न आठ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचिकृत भएको छ ।आइतबार शेयर बजारमा एक वाणिज्य बैंक,तीन विकास बैंक, दुई बीमा कम्पनी र एक फाइनान्स कम्पनीको गरी करिब २ करोड १८ लाख कित्ता सेयर थपिएको हो।



Source: arthatantra

बजारमा थपियो ८ कम्पनीको सवा २ करोड कित्ता शेयर

नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार सानिमा बैंक सहित विभिन्न आठ कम्पनीको बोनस तथा हकप्रद शेयर सूचिकृत भएको छ ।आइतबार शेयर बजारमा एक वाणिज्य बैंक,तीन विकास बैंक,दुई बीमा कम्पनी र एक फाइनान्स कम्पनीको गरी करिब २ करोड १८ लाख किक्ता शेयर थपिएको हो।



Source: merolagani

AddToAny