Showing posts with label Maximum. Show all posts
Showing posts with label Maximum. Show all posts

Saturday, April 1, 2017

हिमालयन बैंकको लिलाममा राखिएको सेयर बोलकबोलबाट बिक्री, आबेदनमा देखियो 'यस्तो गजब'

हिमालयन बैंकले लिलाममा राखेको १ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर बोलकबोलबाट बिक्रि भएको छ। चैत १६ सम्म प्राप्त भएका लिलामसम्बन्धि बोलपत्र बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडमा खोलिएको हो।

लिलाम बढाबढमा बिक्रिमा रहेको साधारणतर्फको हकप्रदमा प्रति कित्ता ९३१ रुपैयाँ (कट अफ प्राइस) बोलपत्र पेस गर्नेले हिमालयन बैंकको सेयर पाएका छन। प्राप्त जानकारी अनुसार हिमालयन बैंकको लिलाम बढाबढमा राखिएको हकप्रद सकार्न प्रति कित्ता न्युनतम १०० रुपैयाँ र अधिकतम ११७५ रुपैयाँमा आवेदकले बोलपत्र पेश गरेका छन। जबकी दोस्रो बजारमा हिमालयन बैंकको प्रति कित्ता ९८० रुपैयाँमा कारोबार भएको छ।


बैंकले गत कात्तिक २६ देखि मंसिर ३० सम्म १४ दशमलब २८ प्रतिशत हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गरेको हो। त्यो बेला बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ६४ करोड रुपैयाँ बराबरको ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद बिक्रि खुला गरेको थियो।

बैंकले गत आर्थिक बर्षको कमाईबाट ३० प्रतिशत बोनस सेयर वितरण गरेको छ। ३० प्रतिशत बोनस सेयर बितरणपछी बैंकको चुक्ता पुंजी ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

बोनस सेयर समेत पुंजीकृतपछि बैंकको प्रति सेयर आम्दानी ३५ दशमलव १५ रुपैयाँ पुगेको छ। ४ अर्ब ९६ करोड चुक्ता पुंजीको १४ दशमलब २८ प्रतिशत हकप्रद वितरणपछि बैंकको कुल चुक्ता पुंजी ७ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २८ दशमलब १२ प्रतिशतले खुद मुनाफा बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा ८० करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Friday, January 13, 2017

वाणिज्य बैंकमा शेयर लगानी : कुन संस्था कति रिस्की ? हेर्नुहोस्, कसले दिन्छन् सबैभन्दा बढी मुनाफा ।

खराब कर्जा भनेको पूर्णतः डुबेको लगानी पनि होइन । हाल सबैभन्दा बढी खराब कर्जा रहेको प्रभु बैंकको स्थिति सुधारोन्मुख हो ।

लगानी गर्न चाहनेले सबैभन्दा अगाडि आफूले लगानी गर्न चाहेको क्षेत्रका बारेमा चासो र जानकारी राख्नुपर्ने हुन्छ । अझै लगानीका क्षेत्रमध्ये पनि एकदमै गम्भीर हुनुपर्ने क्षेत्र शेयर बजारमा त झनै यसबारेमा चनाखो रहनुपर्दछ । यस आलेखमा नेपालका प्रमुख वाणिज्य बैंक तथा विकास बैंकमा देखिएको नाफाको दर तथा खराब कर्जाको आधारमा कुन बैंकमा लगानी गर्नु कति रिस्की छ भन्नेबारेमा प्रस्तुत गर्न लागिएको छ । हामीले यस आलेखका लागि चालु आवको पहिलो त्रैमासमा बैंक तथा विकास बैंकहरुले प्रस्तुत गरेको विवरणलाई आधार मानेका छौँ ।



Source: nigarani

Monday, October 24, 2016

७१ रुपैयाँको सेयर मूल्य बढेर ३५० पुगेपछि सेयरधनीहरु मालामाल बन्दै !

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सिर्जना फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७१ रुपैयाँबाट बढाई न्युनतम ११६ र अधिकतम ३५० रुपैयाँ पुर्याइ दिएपछि यसका सेयरधनीहरु मालामाल बन्ने भएका छन् ।



Source: aarthiknews

AddToAny