Showing posts with label Partial. Show all posts
Showing posts with label Partial. Show all posts

Thursday, October 6, 2016

अन्तत: रोकियो प्रभुको अवैध सेयर कारोबार, धितोपत्र बोर्डको आयो नयाँ निर्देशन ।

काठमाडौं: नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोबार रोक्न निर्देशन दिएको छ ।

असोज १९ बुधबारदेखि आंशिकरूपमा मात्रै हुँदै आएको प्रभु बैंकको सेयर कारोबार रोक्न पुँजी बजारको सर्वोच्च निकाय नेपाल धितोपत्र बोर्डले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई निर्देशन द्रिएको हो ।

मर्ज तथा एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि सम्बद्ध सस्थाको सेयर धितोपत्र बोर्डमा अभिलेख राखेरमात्र सेयर कारोबार गर्नुपर्ने कानुनी प्रावधान भएपनि प्रभु बैंकको सेयर कारोबार अभिलेख नराखी नै आंशिकरूपमा खुला गरिएकाले तत्काल रोक्न निर्देशन दिनुपरेको बोर्डले जनाएको छ ।


Source: nepalipaisa

AddToAny