Showing posts with label Nepal Share Market. Show all posts
Showing posts with label Nepal Share Market. Show all posts

Saturday, December 10, 2016

लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु (Investment Guidelines)

तपाई सेयर बजारको लगानीकर्ता हो र कम्पनीको सेयरमा लगानी गर्दा यी कुराहरुमा ध्यान दिनुहोस्  

१. सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा धितोपत्र खरीद गर्दाः
  • निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका लागि निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।


Source: ram-krishna

Friday, December 9, 2016

यी १७ कारण जसले नेप्सेलाई २५०० पुर्याउँछ ।

सेयर बजारको भबिष्यबारे केही कुराको चर्चा गरौं ।
१. नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली निकट भबिष्यमै आउँदैछ जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेछ ।
२. सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा छ, यसबाट सेयर बजारमा उल्लेखनीय परिवर्तन हुनेछ ।
३. बाणिज्य बैंकहरुलाई सेयर दलालको रुपमा काम गर्न दिने कुरामा सबैको सहमति छ र यो पनि निकट भबिष्यमा हुने नै छ ।



Source: arthasarokar

Tuesday, November 22, 2016

सेयर बजारमा गोल्डेन ईरा सुरु हुँदा सेयर बेचेर भाग्ने कि आफ्नो स्थिति अझै बलियो बनाउने ?

झण्डै तीन दशक अघि देखि सुरु भएको नेपालको सेयर बजारमा गोल्डेन ईरा अर्थात सुनौलो युग सुरु भएको छ । बिश्व धितोपत्र बोर्डको सदस्य बनिसकेको नेपाल धितोपत्र बोर्डको अगुवाईमा भईरहेको सुधार र बजार बिस्तारको अभुतपूर्व चरणबाट अगाडि बढिरहेको यहाँको सेयर बजार अब चाँडै त्यो अबस्थामा पुग्नेछ, जहाँ लगानीकर्ताले विश्वको नविनतम प्रबिधिको उपयोग र आफ्नो लगानीले गुणात्मक फड्को मारेको अनुभुति गर्नेछन् ।

 

Source: merolagani

Wednesday, October 19, 2016

अब गैरआवसीय नेपालीले पनि सेयर बजारमा लगानी गर्न पाउने, बन्यो समिति !

काठमाण्डौं । गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको सेयर बजारमा अब सिधै लगानी गर्न पाउने भएका छन् । गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी ब्यवस्था गर्ने कार्यबिधि बनाउननेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ ।


Source: arthatantra

AddToAny