Showing posts with label Progress. Show all posts
Showing posts with label Progress. Show all posts

Saturday, August 19, 2017

लौ हेरौं नेपाल क्रेडिट एण्ड कर्मश बैंक (NCCB) को आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा प्रगति - खुद नाफा ८७.३०%ले छलांग मार्दै अर्बपति क्लबमा !

नेपाल क्रेडिट एण्ड कर्मश बैंक लि. (Nepal Credit And Commercial Bank Ltd, NCCB) पनि चालु आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन तथ्याँक प्रकाशित गरेको छ । बैंकले यस त्रैमासमा खुद नाफा ८७ दशमलव ३० प्रतिशतले बढाएर एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी यो बैंक पनि अब अर्ब कमाउने बैंकको सूचिमा उक्लिएको छ ।

ShareUpdateNepal

नाफामा छलांग मारे पनि यो बैंकले नाफा भन्दा बढी रकम प्रोभिजनबाट फिर्ता ल्याएको देखिन्छ । संभावित जोखिम व्यवस्थापनका लागि प्रोभिजनमा राखेको एक अर्ब ३३ करोड फिर्ता ल्याएको छ । यही कारण नाफामा यति ठूलो प्रगति देखिएको हो । बैंकको संचालन नाफामा भने निकै ठूलो गिरावट आएको छ । अघिल्लो वर्ष यो अवधिमा ७४ करोड ७० लाख रहेको यस्तो नाफा घटेर समीक्षा अवधिमा ४० करोड ६५ लाखमा सीमित बन्न पुुगेको हो ।

चारवटा साना कम्पनीलाई गाभेको यो बैंकको कर्मचारी खर्च ३० करोड ९८ लाखबाट वृद्धि भई ४७ करोड ४३ लाख पुुगेको छ भने अन्य संचालन खर्चमा पनि डर लाग्दो गरी वृद्धि भएको छ । अघिल्लो वर्ष २३ करोड ४२ लाख रहेको अन्य संचालन खर्च वृद्धि भई यो वर्ष ४१ करोड ८१ लाख पुुगेको हो ।

विदेशी मुद्रा कारोबारतर्फ समेत यो बैंकको प्रगति कमजोर बनेको छ । अघिल्लो वर्ष पाँच करोड २४ लाख विदेशी मुद्राको कारोबारबाट आर्जन गरेको बैंकले समीक्षा अवधिमा तीन करोड ७० लाखमा सीमित बन्न पुुगेको छ ।

समीक्षा अवधिमा बैकको खुद ब्याज आम्दानीमा पनि ४४ दशमलव ७९ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्षको चौथो त्रैमाससम्म बैंकले एक अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष यो रकम बढेर एक अर्ब ७२ करोड २१ लाख रुपैयाँ पुगेको छ । चारवटा कम्पनीको व्यवसाय थपिँदा ब्याज आम्दानीतर्फको यो प्रगतिलाई औसत मात्र मान्न सकिन्छ ।

यो अवधिमा बैंकले ५८ अर्ब ७९ करोड निक्षेप संकलन गरी ४८ अर्ब १७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २४ अर्ब ८९ करोड कर्जा परिचालन गरेको थियो । बैंकले जगेडा कोष तर्फ भने राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षसम्म एक अर्ब ३१ करोड रहेको कोषको आकार बढेर समीक्षा अवधिमा दुई अर्ब ५६ करोडको उचाई चुमेको छ । बैंकले निक्षपमा पनि ९३ दशमलव ६३ प्रतिशतको वृद्धि गरि ५८ अर्ब ७९ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

बैंकमा समीक्षा अवधिमा खराब कर्जाको भने थुप्रो लागेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको खराब कर्जा बढेर यो वर्ष चार दशमलव ८० प्रतिशत पुुगेको हो । खराब संस्थाहरु गाभ्दाको परिणाम यो बैंकका लागि निकै महंगो पर्न सक्ने देखिन्छ । 

हाल यो बैंकको चुक्ता पूँजी चार अर्ब ६८ करोड पुुगेको छ । बैंकले चालु आर्थिक बर्षमा विभिन्न संस्था मर्जरबाट दुई अर्ब ३३ करोड चुक्ता पुँजी थप गरेको हो । मर्जरबाटै चुक्ता पुँजी बढाए पनि बैंकको इपीएस भने दुई रुपैंया घटेर २८ रुपैंयामा आइपुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी वाषिर्क २८ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ एक एक सय ५४ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात १३ दशमलव ५१ गुुणा कायम रहेको छ भने वैद्यानिक तरलता अनुपात २५ दशमलव १२ रहेको छ ।

अन्य बैंकहरुको तुलनामा बैंकको प्रगति खासै नभए पनि यसअघि विभिन्न समस्या झेल्दै आएको एनसीसीले पछिल्लो त्रैमासमा गरेको प्रगति भने उल्लेख्य हो । यद्यपि बैंकको निष्क्रिय कर्जा अनुपात भने अझै बढेको छ । मर्जरबाटै चुक्ता पुँजी बढ्दा पनि इपीएस घट्नु र अघिल्लाे बर्ष र त्रैमासभन्दा पनि बढी एनपीएल हुनु भने राम्राे हाेइन ।

ShareUpdateNepal

यस बैंकको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
सेयरअपडेटनेपाल: शनिबार ३ भदौ २०७४

यो पनि पढ्ने कि !

Wednesday, November 2, 2016

नवील बैंकको नाफा पहिलो त्रैमासमै ८०.६ करोड !

काठमाण्डौ । देशकै टप नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफामा २१.४२ प्रतिशतको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आबको सोही अवधिमा नवील बैंकले खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको हो ।


Source: bizshala

मर्जरबाट एक जोड एक बराबर तीन हैन, सून्य भन्दा तल पनि हुनसक्छ भन्ने उदाहरण ।

दुई वा दुई भन्दा बढी कम्पनीहरु आपसमा गाभिएर ठूलो बैंक बन्दैमा स्वस्थ हुन्छ, धेरै प्रगति हुन्छ र लगानीकर्ताले राम्रै लाभांश पाउँछन् भनेर पत्याईहाल्नु धोका पनि हुनसक्छ । गाभ्ने वा गाभिने(मर्ज) बाट एक जोड एक बराबर दुई हैन, तीन हुन्छ भनिन्छ तर नेपालको एउटा मर्जरको उदाहरण यती डेभ्लपमेन्ट बैंक(YETI)मा त्यो गलत सावित भयो । तीन वटा संस्था गाभिएर सुन्य भन्दा तलबाट काम सुरु गर्नुपरेको अवस्था थियो ।



Source: merolagani

Sunday, October 23, 2016

सनराइज बैंकको कमालको प्रगति, खूद नाफामा ११५ प्रतिशतको बढोत्तरी ।

काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । 

यो वाणिज्य बैंकले २५ करोड ३१ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकको खूद नाफा ११ करोड ७८ लाखमा सीमित थियो ।

बैंकले आइतबार प्रकाशन गरेको बित्तीय विवरणका अनुसार यो बैंकको खूद ब्याज आम्दानीतर्फ पनि कमालको प्रगति भएको छ । अघिल्लो वर्ष २८करोड ६ लाखमा सीमित खूद ब्याज आम्दानी यो वर्ष वृद्धि भई ५१ करोड ५६ लाख पुगेको छ ।


Profit of Sunrise Bank

Source: bizshala

AddToAny