Showing posts with label Sunrise Bank Ltd.. Show all posts
Showing posts with label Sunrise Bank Ltd.. Show all posts

Tuesday, May 30, 2017

सनराइज बैंक लिमिटेड (SRBL) को ३०% हकप्रद खुल्यो, सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सनराइज बैंक लिमिटेड (Sunrise Bank Ltd., SRBL) ले २०७४ साल जेठ १६ गते मंगलबारदेखि तीस प्रतिशत अर्थात ३०% हकप्रद (Right) सेयर निष्कासन तथा आवेदन खुल्ला गरेको छ । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर मिति २०७४ साल बैशाख २८ गते विहीबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई बैंकको सेयरमा स्वामित्व कायम गरेका साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको यस हकप्रद सेयरमा २०७४ साल बैशाख २८ गते विहीबारसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सनराइज बैंकको यो हकप्रद सेयर असार १९ गते सम्म भरी सक्नु पर्ने छ ।


हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३०% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ९ करोड रुपैंया नाघ्ने अनुमान छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब पुर्याउन बैंकले चालु आर्थिक बर्षको नाफाबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने देखिन्छ । बैंकको सेयर आईतबार नेप्सेमा प्रतिकित्ता ४०० रुपैयाँमा कारोबार भएको छ ।

यो हकप्रदका सेयरका लागि बैकले मिति २०७४ साल बैशाख २९ गते गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । यस हकप्रद शेयर विक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । बैंकको हकप्रद शेयर प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी सनराइज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैह्रीधारा क्रसिङ्ग काठमाडौं तथा सनराईज बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट आबेदन फारम प्राप्त गरि भर्न सक्नेछन् ।

सनराईज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत बर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशत बढी ८६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सनराइजको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा र प्रतिसेयर नटवर्थ १३६ रुपैयाँ ८३ पैसा रहेको छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७४ साल बैशाख २८ गते विहीबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल जेठ १६ गते मंगलबारदेखि असार १९ गते सोमबारसम्म।

३०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्स (?) मा क्लिक गर्नुहोस् । अन्यथा तीस प्रतिशत अर्थात ३०% हकप्रद सेयर निष्कासन भन्नाले बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपात बुझिन्छ र सनराइज बैंक वा सनराइजको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं तथा सनराइज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैह्रीधारा क्रसिङ्ग काठमाडौं एबं सनराईज बैंकको सम्पुर्ण शाखा कार्यालयहरु

Sunday, October 23, 2016

सनराइज बैंकको कमालको प्रगति, खूद नाफामा ११५ प्रतिशतको बढोत्तरी ।

काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । 

यो वाणिज्य बैंकले २५ करोड ३१ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकको खूद नाफा ११ करोड ७८ लाखमा सीमित थियो ।

बैंकले आइतबार प्रकाशन गरेको बित्तीय विवरणका अनुसार यो बैंकको खूद ब्याज आम्दानीतर्फ पनि कमालको प्रगति भएको छ । अघिल्लो वर्ष २८करोड ६ लाखमा सीमित खूद ब्याज आम्दानी यो वर्ष वृद्धि भई ५१ करोड ५६ लाख पुगेको छ ।


Profit of Sunrise Bank

Source: bizshala

AddToAny