Showing posts with label Red. Show all posts
Showing posts with label Red. Show all posts

Wednesday, September 13, 2017

बढ्नु र घट्नु सेयर बजारको नियमित चक्र !


बित्तिय विवरणको लागि StockUpdateNepal हेर्ने गरौँ !

सहमत छ भने १ क्लिक तल ठोकौं !

Sunday, October 16, 2016

दसैँ पछिको सेयर बजार राताम्मे, १६ अंकको गिरावट, ६० करोडको कारोबार ।

काठमाडौं, ३० असोज । दसैंअघि हरियाली छाएर बन्द भएको सेयर बजार दसैंपछि खुलेको बजार भने राताम्मे भएको छ । दसैंपछि आइतबार लगत्तै खुलेको बजार १६ दशमलब १४ अंकले घटेर १८०३ अंकमा झरेको छ । सो दिन जम्मा १२२ कम्पनीको ७ लाख ६७ हजार कित्ता सेयर ६० करोड रुपैयाँमा किनबेच भएको छ ।



Source: bikashnews

Tuesday, September 27, 2016

नेप्से इण्डेक्स घटिरहने यी हुन् ८ कारण ।

दुई विश्लेषकको एउटै स्वर–‘ढुक्क हुनुहोस्, तिहारअघि ठूलो उतारचढाव हुन्न’

काठमाण्डौ । अघिल्लो साता प्रत्येक कारोबार दिन बजार ओरालो लाग्यो । यो साता आइतबार पहिरो गएको बजारमा सोमबार २६ अंकको यूटर्न भयो । सोमबार बजारमा देखिएको हराभरा एक दिन पनि टिकेन र मंगलबार फेरि बजार राताम्मे देखियो । एकैदिनको फरकमा बजारको यस्तो ट्रेण्ड किन देखिएको होला ? अघिल्लो दिन उछाल देखिएको बजारमा भोलिपल्टै फेरि किन निराशा छायो ? कतै यो प्रवृतिले बजारमा ठूलै दुर्घटना निम्तिने संकेत त गरिरहेको छैन ? अथवा, यो प्रवृतिको अर्थ के हुनसक्ला ? दशैंतिहारअघिसम्म बजार कहाँ पुग्ला ? अझै तल झर्ला कि माथि चढ्ला ? आम लगानीकर्ताका यिनै र यस्तै जिज्ञासाहरु मेट्न हामीले यसपटक दुई सेयर विश्लेषकलाई प्रस्तुत गरेका छौ ।



Source: bizshala

Sunday, September 25, 2016

आज आइतबार सेयर बजारमा ३६ अंकको गिरावट, सबै समूहले देखाए रातो रङ ।

काठमाडौं, ९ असोज । साताको पहिलो दिन सेयर बजारमा भारी अंकको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ३६ दशमलब २७ अंकले घटेर १७३० अंकमा झरेको छ । बजारमा एक अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३७ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको हो ।



Source: bikashnews

पूँजीबजारमा पहिरै पहिरो, सबै समूह राताम्मे ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजारमा पहिरो गएको छ । 

अघिल्लो साता प्रत्येक कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक आइतबार ३६.२७ अंक भन्दा बढीले घटेर १७३०.६४ अंकमा झरेको हो । 

विश्लेषकहरुले भने बमोजिम बजारमा बिक्रीको चाप कायमै रहेको र खरीदमा खासै चाप नभएकोले तथा अधिकांश लगानीकर्ता लाभांश र हकप्रद घोषणा गर्ने कम्पनीको पछाडि दगुरेका कारण बजार निरन्तर घटिरहेको हो ।



Source: bizshala

AddToAny