Sunday, October 16, 2016

काष्ठमण्डप डेभलपमेन्ट बैंकले २३ प्रतिशत बोनस दिने, पूँजी ८३ करोड रुपैयाँ पुग्ने ।

काठमाडौं, ३० असोज । काष्ठमण्डप डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २३ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।




Source: bikashnews

No comments:

Post a Comment

AddToAny