Showing posts with label Husband. Show all posts
Showing posts with label Husband. Show all posts

Thursday, October 13, 2016

मैले श्रीमती नबेचेको भए हुन्थ्यो (कथा) ।

अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र बहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिएँ । काभ्रेपलाञ्चोकको मान्छे काठमाडौं हुँदै नेपालका प्रायः सबै जिल्ला चहारीसकेर विभिन्न तालिम, गोष्ठी, बैठक र अनुगमनको नाममा भारत, थाइल्याण्ड, चीन, जापान, मलेसिया, दक्षिण कोरिया, ईजिप्ट, जर्मनसम्म पुगेको थिएँ । अमेरिका आउन नचाहने मानिस विरलै होलान । अमेरिकामा पनि म एउटा ट्रेनिङ्गको लागि कार्यालयबाटै खटिएर आएको थिएँ अनि अहिलेसम्म खटेको खटैछु । यहाँ आएपछि जबरजस्ती पत्रकार बनेर नेपालबाट कागजपत्र जोगडजागड गरेर असायलम लिएको थिएँ।



Source: dainiknepal

Monday, October 10, 2016

श्रीमानको कमाइ कति छ ?

कार्तिक १३, २०७२ महिलाको उमेर र पुरुषको आय नसोध्नु भन्ने उक्ति हाम्रो समाजमा निकै प्रचलित छ । अधिकांश श्रीमती श्रीमानको आयप्रति बेवास्ता गर्छन् । यसलाई स्वीकार गर्छन् र थाहा नभएजस्तो देखाउँछन् । उनीहरूलाई आफ्नो पूरा बजेट प्राप्त भए, खाना, नाना र छानाको आवश्यकता पूरा भए, अन्य कुराको खासै वास्ता हुँदैन । उनीहरू आफ्नो आवश्यकता पूरा भए कुनै खोजीनीति गर्न चाहँदैनन् । चावहिलकी रमा लामा श्रीमान्को कमाइका सम्बन्धमा कुनै चासो नभएको बताउँछिन् । रमा भन्छिन्–आफ्नो कमाइ खर्च गर्नुपरेको छैन सबै उहाँले पुर्‍याउनुभएको छ, कति कमाइ छ भनी किन चासो राख्ने ?



http://bit.ly/1XDj6ZI

AddToAny