Showing posts with label List. Show all posts
Showing posts with label List. Show all posts

Monday, June 19, 2017

लिलाममा सेयर बिक्रीको ओईरो लाग्दा आयो सस्तोमा किन्ने अवसर, कति मूल्यमा सकार्ने ?

कम्पनीहरुले हकप्रद जारी गर्दा बिक्री नभएका सेयरहरु लिलाममार्फत बिक्रीमा आउने क्रम तीब्र हुँदा लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अवसर सिर्जना हुँदै गएको छ । लिलाममा आईरहेका र आउने सेयरको आँकडा हेर्दा लाग्छ, सस्तोमा सेयर किन्ने सुवर्ण अवसर यही हो । तर यस्तो बेलामा पनि उचालिएर बजार मूल्य भन्दा बढीमा लिलाम सकार्ने मुर्खहरु पनि हुन्छन् ।


सेयर लिलामको सूचना हेरौं 


प्रभु ईन्स्योरेन्स (PRIN) को ४२ हजार कित्ता साधारण र पाँच हजार कित्ता संस्थापक सेयर असार ७ गतेसम्म नबिल ईन्भेष्ट मार्फत आबेदन गर्न सकिने गरी लिलाममा आएको छ ।

एनआईसी एशिया बैंक (NICA) ले दुई लाख ९८ हजार कित्ता साधारण सेयर एनआईसी एशिया क्यापिटल मार्फत असार ८ गतेसम्म लिलाममा राखेको छ ।

टुरिजम डेभ्लपमेन्ट बैंक (TDBL) को चार लाख ३८ हजार संस्थापक र दुई लाख ६६ हजार कित्ता साधारण सेयर एनआईबीएल क्यापिटलमार्फत असार १५ गतेसम्म लिलाममा आएको छ ।

नेरुडे लघुवित्त (NLBBL) को झण्डै १५ हजार कित्ता साधारण र ९४ हजार कित्ता संस्थापक सेयर सनराईज क्यापिटलमार्फत असार २० गतेसम्म लिलाम सकार्न सकिने गरी आएको छ ।

सिटिजन्स बैंक (CZBIL) को चार लाख २० हजार साधारण र एक लाख ९९ हजार कित्ता संस्थापक सेयर सानिमा क्यापिटल मार्फत असार २१ गतेसम्म आबेदन गर्न सकिने गरी लिलाममा आएको छ ।

डिप्रोक्स लघुवित्त (DDBL) ले १५ हजार भन्दा कित्ता साधारण सेयर लिलाम गर्दैछ । डिप्रोक्सको सेयर लिलाम सकार्न असार ११ गते भित्रमा नबिल ईन्भेष्टमेन्ट बैंकिड.मा सम्पर्क गरी आबेदन बुझाउन सकिने छ ।

गरिमा बिकास बैंक (GBBL) को तीन लाख ३६ हजार कित्ता साधारण र झण्डै १० हजार कित्ता संस्थापक सेयर असार २३ गतेसम्ममा एस क्यापिटल मार्फत लिलाममा आएको छ ।

नेपाल ग्रामिण बिकास बैंक (NGBBL) ले आफ्नो नाममा रहेको रुरल माईक्रोफाईनान्स डेभ्लपमेन्ट सेन्टर (RMDC) को ८५ हजार कित्ता संस्थापक सेयर लिलाममा निकालेको छ । एनएमबी क्यापिटल मार्फत असार १२ देखि १९ गतेसम्म प्रति कित्ता ५०१ रुपैयाँ वा सो भन्दा बढीमा मूल्य कबुलेर लिलाम सकार्न सक्नेछन् । याद गर्नुपर्ने कुरा के हो भने यी सेयरहरु संस्थापक समूहमै रहने छन् र सकार्न चाहनेले निश्चित प्रक्रिया पुरा गर्नुपर्नेछ ।

नेपाल बैंक (NBL) ले हकप्रदमा नबिकेको एक लाख ८९ हजार कित्ता साधारण सेयर सिभिल क्यापिटलमार्फत बिक्रीमा ल्याउँदैछ । सो सेयर सकार्न चाहनेले असार १९ गतेभित्र आबेदन गरिसक्नुपर्नेछ ।

अरु पनि आउँदैछन्


हालै हकप्रद जारी गरिसकेका, गरिरहेका वा गर्ने तयारीमा रहेका यी कम्पनीका लाखौं कित्ता साधारण र संस्थापक सेयर लिलाममा आउँदैैछन्: 

सिद्धार्थ डेभ्लपमेन्ट बैंक (SDBL)

यी कम्पनीको पनि हिसाब जोड्नुहोस


हकप्रदको स्वीकृति माग्दै धितोपत्र बोर्डको दैलो चाहारिरहेका यी साना कम्पनीको हिसाब पनि यहाँ जोड्नुपर्छ:

अरु बाँकी छन् 


धितोपत्र बोर्डमा आबेदन दिएर स्वीकृति पाउन बाँकी प्रभु बैंक (PRVU), सेन्चुरी कमर्शियल बैंक (CCBL), एशियन लाईफ (ALICL), मुक्तिनाथ बिकास बैंक (MNBBL) को त हिसाब गर्नै बाँकी छ । 

यस बर्ष हकप्रद स्वीकृति पाउनेको हिसाब गर्दा अझै दुई करोड कित्ता हाराहारीमा सेयर लिलाममा आउला कि भन्ने आँकलन सही सावित हुने देखिन्छ । 

ठूला कित्ता सेयरहरु लिलाममा आउने भएकाले सस्तोमा सेयर किन्ने यो नै अन्तिम अवसर हैन । आफ्नो लगानी क्षमता बलियो बनाएर राख्नुस, फाईदा लिने अवसर धेरै आउँदैैछ ।

लिलाम सकार्दा बिचार गरौं


यी सेयरहरु एक सय रुपैयाँ भन्दा बढी मूल्यमा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम सकार्न सकिने छ र आबेदन गर्दा कम्तिमा एकसय कित्ता र त्यसपछि १० ले भाग जाने गरी माग गर्नुपर्नेछ ।

धेरै कम्पनीको हकप्रद बिक्री नभएर लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अबसर आउँदै गरेकाले बजार मूल्यको कम्तिमा २० प्रतिशत कम मूल्यमा आबेदन गर्दा फाईदा हुनसक्छ । तर बजार मूल्य हाराहारी वा सो भन्दा माथि गएर लिलाम सकार्ने मुर्खता चाँही कहिल्यै नगर्नुहोस् ।

संस्थापक सेयर भने सम्बन्धित बैंकका संस्थापकले नसकारेको अबस्थामा मात्र सर्बसाधारणले किन्न पाउँछन् र निश्चित प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । संस्थापक सेयर १०२, १०३ रुपैयाँ पनि पाईनसक्छ । 

कतिपय राम्रो कम्पनीको साधारण सेयर त आईपीओ लागत मूल्यमै पाईसक्ने संभावना पनि हुन्छ । 

लिलाम सकार्दा पनि जुन पायो त्यही कम्पनीको सेयर हैन राम्रो र आउने साधारणसभामा आकर्षक प्रतिफल दिने सस्तो मूल्यको सेयर छान्नु बुद्धिमानी हुन्छ । खराब कम्पनीको सेयरमा हुने लगानीले फाईदा भन्दा हानी नै बढी गर्ने संभावना हुन्छ । 

लिलाम सकार भई सेयर बाँडफाँड भएको बढीमा एक महिना भित्र सेयर सुचिकरण भईसक्ने गरेको देखिएको छ । त्यस अवधिमा सेयर मूल्यमा हुनसक्ने फेरबदलको अबस्थालाई समेत बिचार गरी सेयर सकार्नु बुद्धिमानी हुनेछ ।

हकप्रदको हल्लामा नउचालिउँ, डुब्न बेर छैन


कुनै पनि कम्पनीको हकप्रद बिक्रीमा आउने भयो भन्दैमा उचालिएर दोस्रो बजारबाट सेयर किन्न भने चटक्कै छाड्नु साना लगानीकर्ताको हितमा छ । जसको जत्ति धेरै प्रतिशत हकप्रद आउने भयो, त्यसको त्यत्ति नै धेरै उचालिएर सेयर किन्नुपर्छ भन्नेहरु नराम्ररी डुब्नेछन् ।

जत्ति खराब कम्पनी भयो, त्यसले त्यत्ति नै धेरै हकप्रद बिक्रीमा ल्याउँछ र लगानीकर्ताबाट पैसा सोहोर्छ भन्ने देखिएकै छ । कम्पनीले हकप्रद दिने हैन, बेच्ने हो । धेरै हकप्रद बिक्री गर्ने कम्पनीको सेयर मूल्य बढ्ने हैन, घट्नुपर्छ किनभने हकप्रद जारी गरेपछि सेयर संख्या बढ्छ र प्रतिसेयर आम्दानी घट्छ, सेयर बजारमा सेयर आपुर्ति बढ्न गई मूल्य पनि घट्छ । 

खराब कम्पनीको सेयर उचालिएर किनी नडुब्नुहोस्, अत्यन्त जिम्मेवारीपूर्वक यो कुरा भनिराखिएकै छ ।

नोटः चित्र ईन्टरनेटबाट लिईएको हो । 
प्रकाशन समयः ३ः०५ बजे, २०७४ असार ५ गते सोमबार

श्रोत: तिलक कोइराला, मेरो लगानी

AddToAny