Showing posts with label Bonus Share. Show all posts
Showing posts with label Bonus Share. Show all posts

Friday, May 19, 2017

जानीराख्नोस्, हकप्रद सेयर, बोनस सेयर र नगद लाभांश के हो ?

तपाई हकप्रद सेयर, बोनस सेयर र नगद लाभांशबारे थाहा नभएर अन्यौलमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो लेख लपाईका लागि उपयुक्त हुनसक्छ ।

हकप्रद सेयर(Right Share)
सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निस्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यामान अवस्थामा रहेका सेयरधनीलाई प्राप्त हुन्छ । यसप्रकार कम्पनीले पुनः निष्कासन गर्ने सेयरमा बिद्यमान सेयरधनीले पहिलो अधिकार राख्ने हक हुन्छ । त्यसरी जारी गरिएको सेयरलाई हकप्रद सेयर भनिन्छ । हकप्रद सेयर खरिद गर्नैपर्छ भन्नेचाँहि हुँदैन । यो सेयर खरिद गर्ने कि नगर्ने भन्ने विषयमा सेयरधनीले आफ्नो स्वःविवेक प्रयोग गर्न पाउँछन् वा यस विषयमा उनीहरु स्वतन्त्र हुन्छन् । कम्पनीमा बिद्यमान आवस्थामा रहेका सेयरधनीले आफुले पहिले खरिद गरेको सेयरको हिस्सा र सोही अनुपातमा हकप्रद सेयर खरिद गर्न सक्ने अधिकार राख्दछन् ।

यस तल लिंक्समा क्लिक गर्नुहोस्


Source: arthatantra

Monday, December 5, 2016

सिद्धार्थ बैंकको बम्पर प्रस्ताव, ४९ प्रतिशत बोनस ।

काठमाडौं–सिद्धार्थ बैंकले सेयरधनीलाई बंपर बोसन प्रस्ताव गरेको छ । बैंकले ४८.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । सिद्धार्थको बोनस बाणिज्य बैकहरुमा एभरेस्टपछि सबैभन्दा बढी हो ।



Source: arthasansar

सत्र बाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौं–आर्थिक बर्ष सकिएको ५ महिना वित्न लाग्दा अहिलेसम्म १७ वटा बाणिज्य बैंकले मात्र लाभांश घोषणा गरेका छन् । बाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्म चुक्ता पूँजी ८ अर्ब पुर्याउनु पर्ने भएकाले अधिकांशले बोनस सेयर घोषणा गरेका छन् ।



Source: arthasansar.

मेगा बैंकको लगानीकर्तालाई डबल अफर, बोनसपछि ६५ प्रतिशत हकप्रद ।

काठमाण्डौ । मेगा बैंक लिमीटेडका सेयरधनीलाई डबल अफर पाउने भएका छन् । 

मंसिर १९ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश र ६५ प्रतिशत हकप्रद दिने निर्णय गरेको हो ।


mega bank limited
Source: bizshala

Monday, October 3, 2016

शिखर इन्स्योरेन्सले ६० प्रतिशत बोनस सेयर दिने, एक वर्षमा लगानीकर्ताले पाए चार गुणा फाइदा ।

काठमाडौं, १७ असोज । शिखर ईन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।

गत आर्थिक वर्षको नाफामा सेयर प्रिमियम कोषका रकम समेत थप गरि ६० प्रतिशत बोनस सेयर दिने निर्णय भएको कम्पनीका अध्यक्ष विकास राणाले जानकारी दिए । साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले नगद लाभांश समेत प्रस्ताव गरेको छ । निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्सले दिने लाभांश सबैभन्दा बढी हुने प्रष्ट देखिएको छ ।



Source: bikashnews

Tuesday, September 20, 2016

मितेरीको हकप्रद र फस्ट माइक्रोको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

पुर्णिमा विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन पनि आज
मितेरी डेभलपमेण्ट बैंकको ५० प्रतिशत हकप्रद तथा फस्ट माईक्रोफाइनान्सको १५ प्रतिशत बोनस सुरक्षित गर्नका लागि शेयर किन्ने आज अन्तिम दिन हो । मितेरीले हकप्रद निष्काशनका लागि तथा फस्ट माइक्रोफाइनान्सले साधारण सभा प्रायोजनका लागि असोज ५ गते बुधबार शेयरधनी पुस्तिका बन्द गर्दैछन् ।



Source: merolagani

नेपाल बैंकले फेरि बेच्ने भयो नागरिक लगानीकोषको दुई लाख कित्ता सेयर

नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक (NBL) ले आफ्नो बित्तीय अबस्था सुधार गर्न फेरि नागरिक लगानी कोषको दुई लाख कित्ता संस्थापक सेयर बेच्ने भएको छ । बैंकले केही समयअघि झण्डै चार लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेकोमा ६० हजार कित्ता बिक्री हुन बाँकी रहेको थियो भने उससँग एक लाख ४० हजार कित्ता बोनस सेयर समेत थपिएको छ ।


Source: merolagani

AddToAny