Friday, May 19, 2017

जानीराख्नोस्, हकप्रद सेयर, बोनस सेयर र नगद लाभांश के हो ?

तपाई हकप्रद सेयर, बोनस सेयर र नगद लाभांशबारे थाहा नभएर अन्यौलमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो लेख लपाईका लागि उपयुक्त हुनसक्छ ।

हकप्रद सेयर(Right Share)
सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निस्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यामान अवस्थामा रहेका सेयरधनीलाई प्राप्त हुन्छ । यसप्रकार कम्पनीले पुनः निष्कासन गर्ने सेयरमा बिद्यमान सेयरधनीले पहिलो अधिकार राख्ने हक हुन्छ । त्यसरी जारी गरिएको सेयरलाई हकप्रद सेयर भनिन्छ । हकप्रद सेयर खरिद गर्नैपर्छ भन्नेचाँहि हुँदैन । यो सेयर खरिद गर्ने कि नगर्ने भन्ने विषयमा सेयरधनीले आफ्नो स्वःविवेक प्रयोग गर्न पाउँछन् वा यस विषयमा उनीहरु स्वतन्त्र हुन्छन् । कम्पनीमा बिद्यमान आवस्थामा रहेका सेयरधनीले आफुले पहिले खरिद गरेको सेयरको हिस्सा र सोही अनुपातमा हकप्रद सेयर खरिद गर्न सक्ने अधिकार राख्दछन् ।

यस तल लिंक्समा क्लिक गर्नुहोस्


Source: arthatantra

No comments:

Post a Comment

AddToAny