Monday, May 8, 2017

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) को एफपिओ (FPO) बाँडफाँट, हेरौं कसलाई कति ?

काठमाडौं, वैशाख २५ गते सोमबार । आज अपरान्ह स्ट्याण्डर्ड चार्टर्ड बैंक (Standard Chartered Bank Ltd., SCB) को फर्दर पब्लिक अफरिङ (FPO) शेयर बाँडफाँट भएको छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी (NMB) क्यापिटलले दिएको जानकारी अनुसार बैंकको एफपिओमा धेरै पूँजी हुने ठूला लगानीकर्ताले निश्चित प्रतिशत (६.३८%) पाए पनि थोरै पूँजी हुने साना लगानीकर्ताको बाँडफाँडको नतिजाका लागि भने गोलाप्रथाबाट बाँडफाँट भएको छ ।

२,१७,३२२ आवेदक मध्ये १,४०,१३२ आवेदकले मात्र सेयर पाएका छन् । जस अनुसार साना लगानीकर्तातर्फ सर्बप्रथम ३० कित्तासम्मका १,६५,४४५ जना आवेदकहरु मध्ये १,०२,३२६ जना आवेदकले र त्यसपछि ४० कित्तादेखि १४० कित्तासम्म आवेदन दिने २५,१०८ जना आवेदक मध्ये ११,०३७ जना आवेदकलाई गोलाप्रथाबाट मात्र कम्तिमा १० कित्ताका दरले सेयर पाएका छन् । 

त्यस्तै ठूला लगानीकर्तातर्फ १५० कित्ताभन्दा माथिका कुल २५,५८० जना आवेदकले अनिवार्य रुपमा बैंकको सेयर पाएका छन्, जसमा १५० र १६० कित्ताका आवेदकले १० कित्ता सेयर पाएका छन् भने त्यस भन्दा माथिका आवेदकले ६.३८% का दरले सेयर पाएका छन् र १६० भन्दा माथि १७० कित्ता आवेदन दिनेले ११ कित्ता पाएका छन् भने सबैभन्दा बढी २५,५८० कित्ता आवेदन दिने ९९ जना आवेदकहरु लगानीकर्ताले ६.३८% का दरले १,६३० कित्ता शेयर प्राप्त गरेका छन् । यसको अर्थ, यो बैंकको एफपीओमा पनि पैसावाल ९९ जनाकै मालामालको साथै हालीमुहाली चलेको देखिएको छ । 

शुक्रबार शेयर बाँडफाँट गर्ने तयारी भएपनि आस्बा प्रणालीबाट परेको आवेदनको म्याचिङमा केही समस्या देखिएकोले दुई दिन ढिला गरी आज शेयर बाँडफाँट भएको हो ।

यो बैंकले चैत १ देखि ४ गतेसम्म १,१९०/- रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता १,२९०/- रुपैयाँका दरले कुल २५,५८,१४० कित्ता एफपीओ शेयर निष्काशन गरेको थियो । जसमा देशभरका २,२५,००० बढी लगानीकर्ताबाट ३८ अर्ब २० करोड बढीको आवेदन परेको थियो ।

बजारमा लगानी योग्य पूँजीको अभाव भइरहँदा एफपिओको बाँडफाँटले हाल बजारमा देखिएको तरलताको सहज हुने अपेक्षा गरिएको छ ।

बैंकको सेयर काँडफाँडको अन्तिम नतिजा तयार हुने क्रम जारी छ र तयार भए पछि प्रकाशित गरिनेछ ।

Source: Merolagani; May 08, 2017

1 comment:

  1. SCB ले share बाड फाडमा धेरै धान्धलि गरेको पाईयो। बिना अग्रीम सूचना दिई १५० सेयर खरिद गर्नेलाई ६.३८% सेयर अनिवार्य दिएको छ र सो भन्दा तल खरिद गरेकाहरूलाई लट्रीबाट बितरण, त्यो पनि परेकालाई १०थान मात्र पाउने। मैले १४० थान भरेकोमा १०थान पाउने पनि निश्चितै भएन। प्राप्त जानकारी अनुसार बैकका ठूला देखि साना कर्मचारीहरूको मिलो मतोमा FPO share ठूलै संख्यामा हात पार्न सफल भएका छन्। share मा पनि भ्रष्टाचार भएको छ।जनताको अरबो पैसा २ महिना सम्म खेलाएर रित्तो पठाउन खोजेकोमा सम्बन्धित निगाहले स्वच्छ जाँच गर्नु पर्छ। हामी पनि FPO मा पैसा लगानी गरेर अब उपरान्त मूर्ख बन्नु भएन। राष्ट्र बैक र नेप्सेले FPO बिक्रीमा सर्वप्रथम साधारण जनताहरूले सहुलियत पाउने गरी ठोस नियम लागु गर्नै पर्यो।

    ReplyDelete

AddToAny