Saturday, May 27, 2017

सानिमा बैंक लिमिटेड (SANIMA) को ३०% हकप्रद सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सानिमा बैंक लि. (Sanima Bank Ltd., SANIMA) ले २०७४ साल बैशाख १७ गते आइतबार देखि तीस प्रतिशत अर्थात ३०% हकप्रद (Right) सेयर निष्कासन खुला गरी सकेको छ । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर मिति २०७३ साल चैत्र १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको यस हकप्रद सेयरमा २०७३ साल चैत्र १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सानिमा बैंकको यो हकप्रद सेयर जेष्ठ २१ गतेसम्म भरी सक्नु पर्ने छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३०% बृद्धि हुनेछ । बैंकले केही समयअघि मात्र बागमती डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँपुग्ने अनुमान छ ।


हकप्रदका सेयरका लागि बैकले मिति २०७३ साल चैत्र १८ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । हकप्रद सेयरका लागि आवेदकहरुले सिविआईएल क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सानिमा बैंकको केन्द्रीय कार्यालय अलकापुरी, नक्साल काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयहरु तथा सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । संस्थापक सेयरधनीहरुको हकमा भने दरखास्त फारम सानिमाको केन्द्रीय कार्यालय र शाखा कार्यालय हरिवन सर्लाहीबाट मात्र बुझिलिने ब्यवस्था गरिएको छ ।

दरखास्त फारम बुझाउने क्रममा संस्थापक सेयरधनीहरुले भने आफ्नो आयस्रोत सम्बन्धी सम्पुर्ण विवरण तथा कर चुक्ताको प्रमाणपत्र पनि बुझाउनुपर्नेछ । त्यस्तै हकप्रद सेयर हस्तान्तरण गर्नेे सेयरधनीहरुको हकमा भने दरखास्त फारम बैंकको सेयर रजिष्ट्रार कार्यालय सानिमा क्यापिटल लिमिटेडबाट मात्र बुझिने व्यवस्था गरिएको छ । सानिमाको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ । हाल सानिमाको चुक्ता पाँच अर्ब ३० करोड ५८ लाख ७२ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमाले ९४ करोड ६९ लाख १७ खुद नाफा गरेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८१ पैसा छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद  किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख १७ गते आइतबार देखि जेष्ठ २१ गतेसम्म

३०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ  कुन ठाउँबाट आवेदन दिने  ?
सिविआईएल क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौं लगाएत सानिमा बैंकको केन्द्रीय कार्यालय अलकापुरी, नक्साल, काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयहरु तथा सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौंबाट समेत आवेदन दिन सकिन्छ ।

संस्थापक सेयरधनीहरुको हकमा भने दरखास्त फारम सानिमाको केन्द्रीय कार्यालय र शाखा कार्यालय हरिवन सर्लाहीबाट मात्र बुझिलिने ब्यवस्था गरिएको छ ।
DOWNLOAD FORM

No comments:

Post a Comment

AddToAny