Wednesday, May 17, 2017

ज्योति विकास बैंक लि. (JBBL) को शत प्रतिशत हकप्रद सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

ज्योति विकास बैंक लि. (Jyoti Bikas Bank Ltd., JBBL) ले २०७४ साल बैशाख २८ गते देखि शत प्रतिशत अर्थात १००% हकप्रद (Right) सेयर निष्कासन खुला गरी सकेको छ । बिकास बैंकको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (१:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद शेयर मिति २०७४ साल वैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको हकप्रद शेयरमा वैशाख १३ गतेसम्मका लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । ज्योति विकास बैंकको यो हकप्रद सेयर जेष्ठ ३१ गतेसम्म भरी सक्नु पर्ने छ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार २०० रुपैयाँ पुग्ने अनुमान छ ।


हकप्रदका लागि बैकले वैशाख १४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं तथा ज्योति विकास बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस बैंकको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योतिले १३४.७२ प्रतिशतले नाफामा बढोत्तरी गरेको छ । यसले १९ करोड २६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि ४९.८० प्रतिशतले वृद्धि गरेर ३५ करोड ६१ लाख २४ हजार रुपैयाँ पुुर्याएको छ । चुक्ता पुँजी १ अर्ब १० करोड १९ लाख ४१ हजार रुपैयाँ रहेको ज्योतिको रिजर्भ कोषमा भने ३४ करोड ९४ हजार रुपैयाँ मात्र रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकको जगेडा कोषलाई भने अझै मजुबत बनाउनुपर्ने देखिन्छ । निक्षेप ७ अर्बबाट बढाएर ९ अर्ब ३५ करोड २५ लाख ८९ हजार रुपैयाँ पुर्याएको यो बैंकले ८ अर्ब ३८ करोड ४७ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेर व्यापार विस्तारलाई जोड दिएको देखिन्छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८० पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८६ पैसा छ ।

यसअघि ज्योतिले चुक्ता पुँजी बढाउनेक्रममा राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्ने सम्झौतामा पनि हस्ताक्षर गरिसकेकाले चुक्ता पुँजी पुर्याउन बैंकलाई सहज हुने देखिन्छ । 

सेयरधनी बिबरण कसरी थाहा पाउने तथा फारम कसरी प्राप्त गर्ने ?
बैंकको हकप्रदको आवेदन फारम तथा हकप्रद भर्नु पर्ने विबरण थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

कसले किन्न पाउँछ हकप्रद ?
बैंकको हकप्रद शेयर मिति २०७४ साल वैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख २८ गते देखि जेष्ठ ३१ गतेसम्म

शत प्रतिशत हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विबरण थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँबाट दिने आवेदन ?
सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल र ज्योति विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

बैंकले हाल २९ वटा शाखा संजाल, एउटा एक्स्टेन्सन काउन्टर र ११ वटा एटिएम मार्फत कारोबार सञ्चालन गर्दै आएको छ ।

No comments:

Post a Comment

AddToAny