Saturday, May 20, 2017

हेर्नुहोस है यी १२ कम्पनीको हकप्रद कहिलेसम्म भर्नुपर्छ ?

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन अहिले १२ कम्पनीले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । जसमध्ये चार वाणिज्य बैंक, पाँच विकास बैंक, एक फाइनान्सएउटा इन्स्योरेन्स रहेका छन ।


लक्ष्मी बैंक (LBL) को शतप्रतिशत हकप्रद आज जेठ ७ गते आईतबारसम्म भर्ने समय अब समाप्त भएको छ । बैंकले तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गरेको थियो । 

नेपाल बंगालादेश बैंक (NBB), सिद्धार्थ डेभलपमेन्ट बैंक (SDBL)नेपाल बैंक (NBL)को हकप्रद भर्ने म्याद यही जेठ १० गते बुधबारसम्म रहेको छ । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद बिक्री गरेको हो ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि ६० प्रतिशतले हुने ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद बिक्री गरिरहेको छ ।

नेपाल बैंकले २३.७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद जारी गरिरहेको छ ।

उता गरिमा विकास बैंक (GBBL) ले जारी गरिरहेको ७० प्रतिशत अर्थात ९० लाख ७६ हजार दुई सय ९६ कित्ता हकप्रदमा जेठ १७ गतेभित्र आवेदन गर्नुपर्ने हुन्छ ।

सानिमा बैंक (SANIMA) को ३० प्रतिशतले हुने एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद यही जेठ २१ गतेदेखि निश्कान बन्द हुँदैछ ।

त्यसै गरि तिनाउ विकास बैंक (TNBL) ले खुला गरेको ३५ प्रतिशत बराबरको ११ लाख ९४ हजार सात सय ९६ कित्ता हकप्रदमा आवेदन गर्ने समय यही जेठ २२ गतेसम्म मात्र रहेको छ ।

सिद्धाथ इन्स्योरेन्स (SIL), ज्योति विकास बैंक (JBBL)फस्र्ट माईक्रोफाइनान्स (FMDBL)को हकप्रद भर्ने म्याद जेठ ३१ गतेसम्म रहेको छ ।

सिद्धाथ इन्स्योरेन्स (SIL)ले १९.२३ प्रतिशत बरारबरको ८ लाख ६२ हजार १ सय २५ कित्ता, ज्योति विकास बैंक (JBBL)ले शतप्रतिशत अर्थात एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता र फस्र्ट माईक्रोफाईनान्स (FMDBL)ले ५० प्रतिशतले हुने १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद जारी गरिरहेका छन ।

त्यस्तै सहयोगि विकास बैंक (SBBLJ)गोर्खाज फाईनान्स (GUFL) को हकप्रद भर्ने समय असार ५ गतेसम्म रहको छ । सहयोगि विकास बैंक (SBBLJ)ले ३१ लाख ४६ हजार एक सय एक कित्ता हकप्रद जारी गरेको हो भने गोर्खाज फाईनान्स (GUFL)ले २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद जारी गरिरहेको छ ।

बुक क्लोज भन्दा अघिल्लो दिनसम्म सेयर किनेका लगानीकर्ताले सम्बन्धित कम्पनी र कम्पनीको बिक्री प्रबन्धकहरु मार्फत तोकिएको समयभित्र मात्र हकप्रद भर्न पाउँछन् । समय सकिएपछि हकप्रद भर्ने अवसर नपाउने हुनाले तपाइँसग उल्लेखित कम्पनीको सेयर छ कि छैन पक्का गर्नु होस ।

हेर्नुहोस् कुन कम्पनीको हकप्रद कहाँ के कति कहिलेसम्म सेयर किनेका लगानीकर्ताले भर्न पाउँछन् ? जानकारीको लागि तल लिंक्समा क्लिक गर्नु होस ।

लक्ष्मी बैंकको १००% हकप्रद भर्ने समय आज जेठ ७ गते आइतबार अब  समाप्त  दिन त्र बाँकी
(सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

नेपाल बंगलादेश बैंकको ८०% भर्ने समय अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी
(सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

नेपाल बैंकको झण्डै २३.७४% भर्ने समय पनि अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सिद्धार्थ डेभलपमेन्ट बैंकको ६०% भर्ने समय पनि अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

गरिमाको ७०% भर्ने समय जेष्ठ १७ गते बुधबारसम्म अब  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सानिमा बैंकको ३०% भर्ने समय जेष्ठ २१ गते आइतबारसम्म अब  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

तिनाउ विकास बैंकको ३५% भर्ने समय जेष्ठ २२ गते सोमबारसम्म अझै १ दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

ज्योति बिकास बैंकको १००% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै २ दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

फस्ट माईक्रोको ५०% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सिद्धार्थ इन्स्योरेन्सको २०% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै २ दिन बाँकी 
सूचना, फाराम र हकप्रद जाँच लिंक्स सहित)

सहयोगीको ३५% भर्ने समय असार ५ गते सोमबारसम्म पूरै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

गोर्खाजको ५०% भर्ने समय असार ५ गते सोमबारसम्म पूरै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)


Source: merolagani, sharesandar

No comments:

Post a Comment

AddToAny