Showing posts with label LBL. Show all posts
Showing posts with label LBL. Show all posts

Saturday, May 20, 2017

हेर्नुहोस है यी १२ कम्पनीको हकप्रद कहिलेसम्म भर्नुपर्छ ?

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन अहिले १२ कम्पनीले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । जसमध्ये चार वाणिज्य बैंक, पाँच विकास बैंक, एक फाइनान्सएउटा इन्स्योरेन्स रहेका छन ।


लक्ष्मी बैंक (LBL) को शतप्रतिशत हकप्रद आज जेठ ७ गते आईतबारसम्म भर्ने समय अब समाप्त भएको छ । बैंकले तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गरेको थियो । 

नेपाल बंगालादेश बैंक (NBB), सिद्धार्थ डेभलपमेन्ट बैंक (SDBL)नेपाल बैंक (NBL)को हकप्रद भर्ने म्याद यही जेठ १० गते बुधबारसम्म रहेको छ । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद बिक्री गरेको हो ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि ६० प्रतिशतले हुने ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद बिक्री गरिरहेको छ ।

नेपाल बैंकले २३.७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद जारी गरिरहेको छ ।

उता गरिमा विकास बैंक (GBBL) ले जारी गरिरहेको ७० प्रतिशत अर्थात ९० लाख ७६ हजार दुई सय ९६ कित्ता हकप्रदमा जेठ १७ गतेभित्र आवेदन गर्नुपर्ने हुन्छ ।

सानिमा बैंक (SANIMA) को ३० प्रतिशतले हुने एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद यही जेठ २१ गतेदेखि निश्कान बन्द हुँदैछ ।

त्यसै गरि तिनाउ विकास बैंक (TNBL) ले खुला गरेको ३५ प्रतिशत बराबरको ११ लाख ९४ हजार सात सय ९६ कित्ता हकप्रदमा आवेदन गर्ने समय यही जेठ २२ गतेसम्म मात्र रहेको छ ।

सिद्धाथ इन्स्योरेन्स (SIL), ज्योति विकास बैंक (JBBL)फस्र्ट माईक्रोफाइनान्स (FMDBL)को हकप्रद भर्ने म्याद जेठ ३१ गतेसम्म रहेको छ ।

सिद्धाथ इन्स्योरेन्स (SIL)ले १९.२३ प्रतिशत बरारबरको ८ लाख ६२ हजार १ सय २५ कित्ता, ज्योति विकास बैंक (JBBL)ले शतप्रतिशत अर्थात एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता र फस्र्ट माईक्रोफाईनान्स (FMDBL)ले ५० प्रतिशतले हुने १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद जारी गरिरहेका छन ।

त्यस्तै सहयोगि विकास बैंक (SBBLJ)गोर्खाज फाईनान्स (GUFL) को हकप्रद भर्ने समय असार ५ गतेसम्म रहको छ । सहयोगि विकास बैंक (SBBLJ)ले ३१ लाख ४६ हजार एक सय एक कित्ता हकप्रद जारी गरेको हो भने गोर्खाज फाईनान्स (GUFL)ले २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद जारी गरिरहेको छ ।

बुक क्लोज भन्दा अघिल्लो दिनसम्म सेयर किनेका लगानीकर्ताले सम्बन्धित कम्पनी र कम्पनीको बिक्री प्रबन्धकहरु मार्फत तोकिएको समयभित्र मात्र हकप्रद भर्न पाउँछन् । समय सकिएपछि हकप्रद भर्ने अवसर नपाउने हुनाले तपाइँसग उल्लेखित कम्पनीको सेयर छ कि छैन पक्का गर्नु होस ।

हेर्नुहोस् कुन कम्पनीको हकप्रद कहाँ के कति कहिलेसम्म सेयर किनेका लगानीकर्ताले भर्न पाउँछन् ? जानकारीको लागि तल लिंक्समा क्लिक गर्नु होस ।

लक्ष्मी बैंकको १००% हकप्रद भर्ने समय आज जेठ ७ गते आइतबार अब  समाप्त  दिन त्र बाँकी
(सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

नेपाल बंगलादेश बैंकको ८०% भर्ने समय अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी
(सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

नेपाल बैंकको झण्डै २३.७४% भर्ने समय पनि अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सिद्धार्थ डेभलपमेन्ट बैंकको ६०% भर्ने समय पनि अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

गरिमाको ७०% भर्ने समय जेष्ठ १७ गते बुधबारसम्म अब  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सानिमा बैंकको ३०% भर्ने समय जेष्ठ २१ गते आइतबारसम्म अब  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

तिनाउ विकास बैंकको ३५% भर्ने समय जेष्ठ २२ गते सोमबारसम्म अझै १ दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

ज्योति बिकास बैंकको १००% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै २ दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

फस्ट माईक्रोको ५०% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सिद्धार्थ इन्स्योरेन्सको २०% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै २ दिन बाँकी 
सूचना, फाराम र हकप्रद जाँच लिंक्स सहित)

सहयोगीको ३५% भर्ने समय असार ५ गते सोमबारसम्म पूरै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

गोर्खाजको ५०% भर्ने समय असार ५ गते सोमबारसम्म पूरै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)


Source: merolagani, sharesandar

Monday, April 17, 2017

नौ वटा कम्पनीको हकप्रद भर्ने म्याद सकिदैछ, छुट्नुहोला (फारम भर्ने तरिकासहित)

पूँजी बृद्धिको चटारो जारी रहँदा अहिले नौ कम्पनीले निर्धारित समय भन्दा अगाडि सेयर किनेका लगानीकर्ताहरुका लागि हकप्रद सेयर बिक्री गरिरहेका छन् । कयौं लगानीकर्ताले हकप्रद भर्ने म्याद थाहा नपाउँदा सस्तोमा सेयर किन्ने अबसर गुमाईरहेका हुन्छन् । उनीहरुलाई सही जानकारी दिलाउने उद्धेश्यले मेरोलगानी डटकम यो बिशेष सामाग्री प्रस्तुत गर्दछ । 

कुन कुन कम्पनीले हकप्रद बेचिरहेका छन् ? 

अहिले हकप्रद जारी गरिरहेका कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, कुमारी बैंक, मिसन डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, टुरिजम् डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, प्रभू इन्स्योरेन्स, सिटिजन्स् बैंक, र लक्ष्मी बैंक रहेका छन् । उल्लेखित कम्पनीहरु मध्ये केहीको हकप्रद भर्ने अन्तिम म्याद नजिक आईसकेको छ भने केहीको समय बाँकी छ ।

चैत ३ गतेदेखि खुलेको मिसन डेभलपमेण्ट बैंक(MNDBL)को १००% (१:१) हकप्रद बैशाख ६ गते निष्काशन बन्द हुँदैछ ।
कुमारी बैंक(KBL)ले चैत ६ गतेदेखि निष्काशन गरिरहेको ५०% हकप्रद (२:१) बैशाख १० गते निष्काशन बन्द हुँदैछ ।

डिप्रोक्स लघुवित्त(DDBL)ले चैत ७ देखि निष्काशन गरिरहेका १००% हकप्रद बैशाख १० गते नै निष्काशन बन्द हुँदैछ । 
चैत १३ गतेदेखि ००% (१:१) हकप्रद निष्काशन गररहेको टुरिजम डेभलपमेण्ट बैंक(TDBL)को हकप्रद आबेदन बैशाख १७ गते बन्द हुँदैछ ।
त्यसै गरी चैत १४ देखि निष्काशन भैरहेको नेरुडे लघुवित्त(NLBBL)को ५०% (२:१) हकप्रद बैशाख १७ गते निष्काशन बन्द हुँदैछ ।
एनआईसी एशिया बैंक(NICA)ले चैत १६ गतेदेखि ५% (१:१) हकप्रद निष्काशन गरिरहेको छ । बैशाख १९ गते बैंकको हकप्रद निष्काशन बन्द हुँदैछ ।
सिटिजन्स बैंकCZBIL)ले पनि चैत २४ गतेदेखि निष्काशन गरिरहेको ५% (४:) हकप्रद बैशाख २७ गते बन्द हुँदैछ ।
प्रभु इन्स्योरेन्स(PRIN)ले चैत ३० गतेदेखि निष्काशन गरिरहेको ५०% (२:१) हकप्रद जेठ २ गते बन्द हुँदैछ ।
लक्ष्मी बैंक(LBL)ले बैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म १००% (१:१) हकप्रद निष्काशन गरिरहेको छ ।

सेयरधनी बिबरण थाहा पाउने तथा फारम प्राप्त गर्ने तरिका 

अहिले हकप्रद निष्काशन गरिरहेका नौ कम्पनीहरुको हकप्रदको आवेदन फारम तथा हकप्रद भर्नु पर्ने विबरण राखिएको छ । हरियो अक्षर भएका ठाउँमा क्लिक गर्नुहोस् ।

संस्थाको नाममा आउने लिंकमा हकप्रदको आवेदन फारम राखिएको छ भने हकप्रद अनुपातमा दिइएको लिंकमा भर्नु पर्ने हकप्रदको विबरण राखिएको छ । 

एनआईसी एशिया, टुरिजम डेभलपमेण्ट बैंक र सिटिजन्स बैंकले मात्र हकप्रदको विबरण अनलाईनबाटै हेर्न सक्ने व्यवस्था मिलाएका छन् । अरु कम्पनीको सेयर आवेदन फारम मात्र उपलब्ध गराइएको छ । 

कसले किन्न पाउँछ हकप्रद ?

यसरी निश्काशन भएको हकप्रद सेयर किन्न सम्बन्धित कम्पनीले हकप्रदका लागि सेयरधनी दर्ता किताब बन्द गरेको भन्दा अघिल्लो दिनसम्म सेयर किन्न वा पहिलेदेखि नै सेयर धारण गरेकाहरु हकवाला हुनेछन् । केही कम्पनीले हकप्रद भर्न नसक्नेलाई हक हस्तान्तरण गरी हकप्रद किन्ने सुबिधा पनि दिएका हुनसक्छन् ।

हकप्रद दिने हैन बेच्ने हो, खराब कम्पनीमा धेरै उचालिनु घातक

हकप्रद निश्काशन भन्नाले कायम भएका सेयरधनीलाई सस्तोमा सेयर किन्ने अबसर हो, कम्पनीले सित्तैमा दिएको हैन । सेयर बेचेर कम्पनीलाई आबश्यक भएको पैसा सेयरधनीबाट लिने एउटा प्रक्रिया हो । जुन कम्पनी खराब वा कमजोर हुन्छ र बोनस सेयर दिएर पूँजी बढाउँन सक्दैन, उसले नै धेरै हकप्रद सेयर बिक्री गर्ने घोषणा गरेको हुन्छ । 

कतिपय लगानीकर्ताहरु फलानो कम्पनीले हकप्रद दिने भयो भन्दै उचालिएर सेयर किन्छन् । चाहे कम्पनी जत्ति धेरै खत्तम किन नहोस, जसले बढी अनुपातमा हकप्रद जारी गर्ने निर्णय सार्वजनिक गरेको हुन्छ, उसको त्यत्तिकै धेरै सेयर मूल्य बढाएर किन्ने प्रबृत्ति सेयर बजारमा देखिन्छ, यो निकै घातक सावित हुँदैछ ।

Source: मेरोलगानी

AddToAny