Showing posts with label Laghubitta. Show all posts
Showing posts with label Laghubitta. Show all posts

Tuesday, September 12, 2017

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत लघुवित्त कम्पनीहरुमध्ये आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कुन कुन लघुबित्त अब्बल रहे त? (सुचिकृत ३४ वटै लघुवित्त कम्पनीहरुको वित्तीय विश्लेषण तालिका सहित)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत अधिकांश लघुवित्त (माइक्रोफाइनान्स) कम्पनीहरुले गत आर्थिक बर्ष २०७३/७४ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । समग्रमा सबै लघुवित्त कम्पनीहरुको वित्तीय अवस्था सन्तोषजनक नै देखिएको छ । लघुवित्त कम्पनीको शेयर संख्या अन्य कम्पनीहरुको तुलनामा कम हुने र देशका बिकट क्षेत्रहरुमा पुगी लघुवित्त सेवा दिंदै आएका अधिकांश लघुवित्त कम्पनीहरुले उल्लेख्य प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेका छन् । यसले गर्दा पछिल्लो समयमा यस्ता लघुवित्त कम्पनीहरुको शेयर मुल्य बजारमा उल्लेख्य बढेका छन् र लगानीकर्ताको आकर्षण समेत यी कम्पनीहरुमा बढी रहेको छ । अर्कोतिर सिमित ब्यक्तीले त्यसमा चलखेल गरेका कारण तिनीहरुको सेयर उचालिएको हो भन्नेको जमात पनि ठूलै रहेको छ । त्यसमा लाभांश समेत खुवाउन नसक्ने अवस्थामा रहेका र संचिति नोक्सानमा रहेका लघुवित्तको सेयर उचालिएर किन्दाको जोखिम पनि उत्तिकै रहेको छ।



सुचिकृत संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीकर्ताले आफ्नो लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले बिशेष महत्त्व राखेको हुन्छ ।

हेरौं, कुन कम्पनीको कस्तो रह्यो स्थिति:


१. मुनाफा (Net Profit):


सूचीकृत ३४ वटा लघुवित्त कम्पनीहरुमध्ये चौथो त्रैमासमा सबैभन्दा बढी खुद मुनाफा आर्जन गर्नेमा निधर्न उत्थान विकास बैंक सफल भएको छ । निधर्न उत्थान विकास बैंकको खुद नाफा निकै राम्रो छ । यसले सबैभन्दा धेरै ५८ करोड ३४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । निर्धनले झन्डै आफ्नो चुक्ता पुँजीकै हाराहारीमा खुद नाफा गरेको हो ।

३४ लघुवित्त कम्पनीहरुको खुद मुनाफा आर्जनको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !
ShareUpdateNepal
त्यस्तै, सूचीकृत ३४ वटा लघुवित्तमध्ये सिभिल लघुवित्त र सपोर्ट माईक्रोफाइनान्स भने सबैभन्दा कमजोर माइक्रोफाइनान्सको रुपमा देखा परेको छ । सिभिलले जम्मा ६२ लाख ७४ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ भने सपोर्टले त्यसभन्दा पनि अझ कम जम्मा ४८ लाख ४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । सिभिल लघुवित्तको खुद मुनाफा गत वर्षको तुलनाभन्दा ६७ दशमलव २१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३७ लाख रुपैयाँ पुगेको थियो ।

२. चुक्तापूँजी (Paid Up Capital):


चुक्तापूँजीको आधारमा सबैभन्दा धेरै छिमेक लघुवित्तको ८३ करोड ४० लाख ७१ हजार रुपैयाँ चुक्तापूँजी छ भने सबैभन्दा बढी खुद मुनाफा आर्जन गर्ने निर्धनको चुक्तापूँजी ६० करोड रुपैयाँ मात्र छ ।

३४ लघुवित्त कम्पनीहरुको चुक्तापूँजीको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !

ShareUpdateNepal

त्यस्तै, सबैभन्दा कम चुक्तापूँजी नागबेली लघुवित्तको २ करोड रुपैयाँ मात्र रहेको छ । सिभिल लघुवित्तको चुक्तापूँजी भने १० करोड ५० लाख रुपैयाँ रहेको छ ।


३. जगेडाकोष (Reserve & Surplus):


रुरल माईक्रोफाइनान्सले जगेडाकोषमा सबैभन्दा बढी १ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ छुटाएको छ भने लगतै त्यसपछि निर्धनको जगेडाकोषमा १ अर्ब २२ करोड ३७ लाख १२ हजार रुपैयाँ छुटाएको छ ।

३४ लघुवित्त कम्पनीहरुको जगेडाकोषको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत माथिको तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !


ShareUpdateNepal

त्यस्तै, जगेडाकोषको आधारमा सबैभन्दा कम जगेडाकोष सिभिल लघुवित्तको देखा परेको छ । जसकोले रिजर्भ कोषमा जम्मा १८ लाख ६५ हजार रुपैयाँ मात्र जम्मा गरेको छ । 

४. प्रतिशेयर नेटवर्थ (Networth per Share):


प्रतिशेयर नेटवर्थको आधारमा हालैमात्र नेप्सेमा सूचीकृत भएको महुली सामुदायिक लघुवित्तको प्रतिशेयर नेटवर्थ भने अरु सबै माइक्रोफाइनान्सको भन्दा धेरै छ । यसको प्रतिशेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ ।

३४ लघुवित्त कम्पनीहरुको प्रतिशेयर नेटवर्थको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत माथिको तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !

ShareUpdateNepal

त्यसै गरी,  सबैभन्दा कम प्रतिशेयर नेटवर्थ सिभिल लघुवित्तको १०१ दशमलव ७८ रुपैयाँ मात्र रहेको छ । सूचीकृत ३४ वटा लघुवित्त कम्पनीहरुमध्ये यसको नेटवर्थ भने सबैभन्दा कमजोर माइक्रोफाइनान्सको रुपमा देखा परेको छ ।


५. प्रतिशेयर आम्दानी (Earning per Share - EPS):


प्रतिशेयर आम्दानीबाट कम्पनीले एक कित्ता बराबर कति रुपैयाँ कमायो भन्ने बुझ्न सकिन्छ । लघुवित्त कम्पनीहरुमध्ये चौथो त्रैमासको बित्तिय बिवरण अनुसार महुलीको प्रतिशेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा छ । यो लघुवित्त कम्पनीहरुमध्ये दोस्रो बढी प्रतिशेयर आम्दानी हो । यता, प्रतिशेयर आम्दानीमा फरवार्ड कम्युनिटी सबैभन्दा अघि छ । फरवार्डको प्रतिशेयर आम्दानी १२५ रुपैयाँ ३४ पैसा छ । फरवार्ड पनि हालै मात्र नेप्सेमा सूचीकृत भएको हो ।

३४ लघुवित्त कम्पनीहरुको प्रतिशेयर आम्दानीको आधारमा तुलनात्मक विश्लेषण सहित प्रश्तुत माथिको तालिका बिष्तृत जानकारीको लागि डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नु होस् !


ShareUpdateNepal
चौथो त्रैमासको बित्तिय बिवरण अनुसार लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा कम प्रतिशेयर आम्दानी सिभिल लघुवित्तको ५ रुपैयाँ ९८ पैसा मात्र छ । यसको प्रतिसेयर आम्दानी निराषाजनक छ ।

दोस्रो बजारमा निकै महँगो मूल्यमा शेयर कारोबार हुने माइक्रोफाइनान्स कम्पनीहरु पर्ने गरेका छन् । माइक्रोफाइनान्स कम्पनीहरुको शेयर मूल्यमा उतारचढाव पनि धेरै हुने गर्छ । माइक्रोफाइनान्सको एकै दिनको कारोबारमा पनि शेयर मूल्यमा उल्लेख्य वृद्धि वा गिरावट हुने गरेको छ । यसले गर्दा अल्पकालीन कारोबारीलाई पनि माइक्रोफाइनान्सप्रति आकर्षण हुने गरेको पाइन्छ । आमलगानीकर्तालाई पनि यी कम्पनीको वित्तीय विवरणमा उत्तिकै चासो हुने गरेको छ । लघुवित्त कम्पनीको भाउ माथि नै रहेकाले केही जोखिम भए पनि फाइदा पनि उच्च हुने हुँदा लगानीकर्ताको आकर्षण यसमा बढेको हो ।

श्रोत: नेपालीपैसा , २०७४ भदौ १३ मंगलबार !
यो पनि पढ्ने कि !

Saturday, October 22, 2016

नेपालमा यसरी सुरु भयो ‘लघुवित्त कार्यक्रम’ ।

नेपालमा लघुवित्त कार्यक्रमले गरीबी घटाउन निकै ठूलो मद्दत गरिरहेको छ । मुलुकका दूरदराजका क्षेत्रमा लघुवित्त कार्यक्रम असर सन् २००३ देखि यता नै हेर्ने हो भने निकै प्रभावकारी रहेको निश्कर्षमा पुग्न सकिन्छ । नेपालमा सन् २००३ मा ३१ प्रतिशत जनसंख्या गरबीको रेखामुनि थियो । त्यसयता थप विस्तार भईरहेको लघुवित्त कार्यक्रमको मुख्य प्रभावले सन् २०१६ मा आइपुग्दा गरीबीको रेखामुनि रहेको जनसंख्या झण्डै १० प्रतिशतले घटेको छ ।


Source: bankingkhabar

Tuesday, October 18, 2016

आरएसडिसी लघुवित्तको आईपिओमा शेयर नपरेको पैसा कुन् कुन् बैंकको खातामा हुन्छ जम्मा ?

आरएसडिसी लघुवित्तको साधारण शेयरमा शेयर नपरेको पैसा आगामी शुक्रबारदेखि फिर्ता हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले दिएको जानकारी अनुसार १८ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आवेदकको खातामा शेयर नपरेको पैसा रकमान्तर गरिनेछ भने अरु आवेदकले आवेदन केन्द्रबाट पूर्जा संकलन गर्नु पर्ने हुन्छ ।




Source: merolagani

AddToAny