Showing posts with label Share Price. Show all posts
Showing posts with label Share Price. Show all posts

Wednesday, January 4, 2017

नेपाल लाइफ इन्स्योरेन्सको महत्त्वाकांक्षी एफपीओ, एफपीओमा पैसा हाल्नुअघि ध्यान दिनै पर्ने यी ४ कुराहरु ।

केही समयअघि नेपाल इन्भेष्टबैंकले ६०१ रुपैयाँको दरमा एफपीओ जारी गरेको थियो । त्यतिबेला करिब ११ सय शेयर मूल्य रहेको बैंकको शेयर मूल्य एपपीओपछि ९ सयमा झरेको थियो भने अहिले बैंकको शेयर मूल्य ७ सय हाराहारीमा चलिरहेको छ ।

काठमाडौं । जीवन बीमाको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाइसकेको नेपाल लाइफ इस्योरेन्स कम्पनीले एफपीओ जारी गरेपछि अहिले पुँजीबजारको ध्यान त्यतै मोडिएको छ । पुँजीबजारमा २ हजार ७ सय हाराहारीमा कारोबार गरिरहेको कम्पनीले १ हजार ४ सय २५ रुपैयाँमा एफपीओ जारी गरेपछि लगानीकर्ता आँखा चिम्लेर एफपीओका लागि लागेका छन् ।


Source: nigarani

Wednesday, December 14, 2016

सेयर बजार धेरै घट्दा तपाइँले किन्ने कम्पनीको सेयर कति सुरक्षित ? ( सेयरको बजार मूल्य, प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपातको तुलनात्मक अध्ययनसहित)

लगातारको गिरावट आएर सेयर बजारमा झण्डै चार खर्बले बजार पूँजीकरण घटेको बेला सेयर किनबेच गर्दा तुलनात्मक अध्ययन गरेर लगानी गरे जोखिमबाट बच्न सकिन्छ । सेयर मूल्य कति घट्यो भन्ने हिसाब त सजिलै निकाल्न सकिन्छ तर त्यो कम्पनीको प्रति कित्ता सेयर मूल्य र प्रति सेयर आम्दानीको आधारमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) निकालेर आफुले किनबेच गर्ने सेयरमा जोखिम कति छ भनेर जोख्नु चाँही गाह्रो काम हो ।



Source: merolagani

Saturday, December 3, 2016

के तपाई वित्तीय संस्थाको बोनस सेयर किन्दै हुनुहुन्छ ? एक पटक यो पढ्नुहोस् ।

काठमाण्डौं । सेयर बजारमा दुई कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर दिन लागेको सिर्जना फाइनान्स वित्तीय संस्था र किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले ६१ प्रतिशत बोनसका लागि आफ्नो मूलय समायोजन गरेका छन् ।


Source: arthatantra

Thursday, September 29, 2016

स्ट्याण्डर्ड चार्टर्ड बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, १३ असोज २०७३) ।

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. १ करोड २६ लाख रहेको छ । बैङ्कको गत जेठमा भएको साधारणसभाले पारित गरेको २५ प्रतिशत बोनस शेयर र १९ दशमलव २१ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण: शेयरमूल्यको विषयमा लगानीकर्ताहरू अन्योलमा रहेको देखिन्छ । सोहीकारण अन्तिम दिनमा पनि ‘फोर प्राइस डोजी’ बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य कता जान्छ, त्यसबारे स्पष्ट सङ्केत दिँदैन ।

आरएसआई: न्युट्रल जोन (३३ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन : ५२ विन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।


Source: nepalipaisa

AddToAny