Showing posts with label Neutral Zone. Show all posts
Showing posts with label Neutral Zone. Show all posts

Thursday, September 29, 2016

स्ट्याण्डर्ड चार्टर्ड बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, १३ असोज २०७३) ।

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. १ करोड २६ लाख रहेको छ । बैङ्कको गत जेठमा भएको साधारणसभाले पारित गरेको २५ प्रतिशत बोनस शेयर र १९ दशमलव २१ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण: शेयरमूल्यको विषयमा लगानीकर्ताहरू अन्योलमा रहेको देखिन्छ । सोहीकारण अन्तिम दिनमा पनि ‘फोर प्राइस डोजी’ बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य कता जान्छ, त्यसबारे स्पष्ट सङ्केत दिँदैन ।

आरएसआई: न्युट्रल जोन (३३ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन : ५२ विन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।


Source: nepalipaisa

AddToAny