Showing posts with label Review. Show all posts
Showing posts with label Review. Show all posts

Sunday, October 23, 2016

सेयर बजार अब कता जाला ? दोबाटोमा नेप्से, सम्भावना बराबरी ।

काठमाडौं : सेयर बजार अब कता जाला ? धेरैमा अब यही चासो अनि एक प्रकारको अन्योल पनि उत्पन्न भएको छ ।

केहीले बजार अल्पकालका लागि मात्र बजार ओरालो लागेको बताएका छन् भने कतिपयले अब बजार विस्तारै ओरालो लाग्ने विश्लेषण गर्न थालेका छन् । बजार घट्छ अनि बढ्छ भन्ने दुवै थरी विश्लेषकका आआफ्नै लजिक पनि छ ।

बजार अल्पकालका लागि मात्र ओरालो लागेको हो भन्नेहरूको मतमा सामूहिक लगानी कोष कम्पनीहरू सक्रिय भएकाले थोरै भाउ घट्ने बित्तिकै उनीहरू फेरि किन्न सक्रिय हुने बताउँछन् । यसबाहेक बजारमा अझै बोनस र हकप्रदका हंगामा बाँकी छ ।



Source: nepalipaisa

Saturday, October 22, 2016

बजार गुरु रोहन शर्माको विस्लेषण : साबधान, उच्च महत्वकांक्षा घातक हो!


लगानिकर्ता धेरै महत्वकांक्षि पनि हुँनु हुँदैन, एभरेष्ट बैंकले गतिलै बोनस, हकप्रद, एफपिओ जे जतीनै दिए पनि अहिलेको मुल्यनै उच्चतम मुल्य हो। यसको बजार मुल्य ३६०० माथी पुगेर स्थिर रहनुको कारणनै माथीकै हल्लाले हो । अब कती बढ्नु, १/२ सय तलमाथी होला । एभरेष्ट अब घोषणा पछी ४५००/५००० पुग्छ भनेर बजारमा जुन हल्ला फैल्याईएको छ, बिल्कुलै गलत हो ।



Source: arthasarokar

Thursday, September 29, 2016

स्ट्याण्डर्ड चार्टर्ड बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, १३ असोज २०७३) ।

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. १ करोड २६ लाख रहेको छ । बैङ्कको गत जेठमा भएको साधारणसभाले पारित गरेको २५ प्रतिशत बोनस शेयर र १९ दशमलव २१ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण: शेयरमूल्यको विषयमा लगानीकर्ताहरू अन्योलमा रहेको देखिन्छ । सोहीकारण अन्तिम दिनमा पनि ‘फोर प्राइस डोजी’ बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य कता जान्छ, त्यसबारे स्पष्ट सङ्केत दिँदैन ।

आरएसआई: न्युट्रल जोन (३३ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन : ५२ विन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।


Source: nepalipaisa

AddToAny