Showing posts with label Bittiya Sanstha. Show all posts
Showing posts with label Bittiya Sanstha. Show all posts

Friday, June 9, 2017

साढे २० अर्बको हकप्रद शेयर आउँदै, कस्तो पर्ला बजारमा असर ?


शेयर बजारमा छोटोसमयभित्रमा २० अर्ब ५१ करोड नौ लाख ९२ हजार ६०० रुपैयाँको २० करोड ५१ लाख नौ हजार ९२६ कित्ता शेयर आउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पूँजी वृद्धिका लागि तोकिएको समयसीमा करिब एक महिना बाँकी छँदा अझै २० अर्बभन्दा बढीको हकप्रद शेयर आउने देखिएको छ ।

पूँजी वृद्धिका लागि नियामक निकाय धितोपत्र बोर्डबाट हकप्रद निष्काशनका लागि अनुमति प्राप्त गरेका र अनुमतिका लागि बोर्डमा आवेदन दिन पुगेका ३३ कम्पनीको यो परिमाणमा शेयर आउने भएको हो । जसमध्ये १३ कम्पनीले हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृत पाइसकेका छन्, भने बाँकी २० कम्पनी स्वीकृतीको पर्खाइमा रहेका छन् ।

हकप्रद निष्काशनको लाईनमा बसेका कम्पनीहरुमा माछापुच्छे, एभरेष्ट र प्रभु गरी तीन वाणिज्य बैंक रहेका छन् । जसमध्ये एभरेष्ट बैंक र माछापुच्छे बैंकले हकप्रद निष्काशनका लागि बोर्डबाट अनुमति प्राप्त गरिसकेका छन्, भने प्रभु बैंक हकप्रद निष्काशनको स्वीकृतीको पालो कुरेर बसेको छ ।

एभरेष्ट बैंकले ३ बराबर १ अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । गत आर्थिक वर्षको कमाईबाट ७० प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैयाँ पुर्याएको बैंकले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । बैंकले पूँजीवृद्धिका लागि आईसिएफसि फाइनान्स एक्वाएर गर्ने पनि चर्चा चलेको छ ।

माछापुच्छ्रे बैंकले पनि १२ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै प्रभु बैंकले पनि पूँजी वृद्धिका लागि ४० प्रतिशत हकप्रद निष्काशनका लागि वैशाख ८ गते धितोपत्र बोर्डमा पुगेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँको शेयर निष्काशन गर्ने भएको हो ।


त्यस्तै माइक्रोफाइनान्स सहित १८ विकास बैंक, तीन फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनी र एकमात्रै उत्पादन तथा प्रशोधन समूहको श्रीराम सुगरमिलले हकप्रद निष्काशन गर्न लागेका हुन् ।

धितोपत्र बोर्डमा यतिबेला करिब दुई दर्जन अर्थात २० कम्पनीले १० अर्ब रूपैयाँभन्दा बढीको हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।


पूँजीवृद्धिका लागि दिइएको समयसीमा घर्किदै जाँदा बैंक तथा वित्तीय संस्था हकप्रदको भारी लिएर धितोपत्र बोर्ड पुग्ने क्रम जारी नै छ । पूँजी वृद्धिका लागि मर्ज, एक्विजिशन, हकप्रद, बोनस, थप नयाँ शेयर निष्काशन लगायतका उपायहरु अपनाएका बैंकहरुले थोरैले मर्जबाट पूँजी पुर्याए पनि धेरैले हकप्रद निष्काशनमा नै बढी जोड दिएको देख्न सकिन्छ । कतिपयले बोनस शेयरबाट पनि पूँजी पुर्याउने तयारीमा छन् ।

पछिल्लो समय दोश्रो बजार निरन्तर जस्तै ओरालो लाग्ने क्रममा रहेको छ । एकाध दिनलाई छोडेर हेर्दा अधिकांश दिन बजार गिरावटको स्थितीमा देखिएको छ । एकातिर बजारमा तरलता अभाव हुँदा वाणिज्य बैंकले नै घोषित १२ प्रतिशत र अघोषित रुपमा १५ प्रतिशतसम्म ब्याज दिएर निक्षेप तान्ने र अर्कोतिर हकप्रदको बाढीले बजारमा कस्तो प्रभाव पर्ला सोचनिय विषय बनेको छ । के बजारले यो परिणामको हकप्रद धान्न सक्ला ?

श्रोत: आर्थिक न्यूज, २०७४ साल जेष्ठ २७ गते शनिबार !

कुन कुन हुन् त हाल हकप्रद निष्काशन भैरहेका ८ कम्पनीहरु ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुस !

Saturday, December 3, 2016

के तपाई वित्तीय संस्थाको बोनस सेयर किन्दै हुनुहुन्छ ? एक पटक यो पढ्नुहोस् ।

काठमाण्डौं । सेयर बजारमा दुई कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर दिन लागेको सिर्जना फाइनान्स वित्तीय संस्था र किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले ६१ प्रतिशत बोनसका लागि आफ्नो मूलय समायोजन गरेका छन् ।


Source: arthatantra

Sunday, September 25, 2016

दसैंका लागि नयाँ नोट साट्ने हैन त, भोलीबाटै उपलब्ध हुँदै !

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । बैंकहरुले भोलीबाटै नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउने छन् । राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन् ।



Source: arthatantra

AddToAny