Monday, June 5, 2017

हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित !)

पछिल्ला दिनमा हकप्रद निष्काशन गरेका कम्पनीहरुको हकप्रद सेयर भर्न बिर्सिनु भएको त छैन ? आजभोलि धेरै जसो कम्पनीको हकप्रदमा लगानीकर्ताको आवेदन नपर्दा हकप्रदमा नबिकेको सेयर लिलामबाट बिक्री गरेर कम्पनी फाईदामा जाँदा लगानीकर्ताहरु अवसरबाट बञ्चित भैरहेका छन् । हकप्रद जारी गरेका कम्पनीहरुका लगानीकर्ताको हितमा यो विशेष सामग्री तयार पारेको छ । यसबाट तपाईले आफ्नो हकप्रदको विबरण जाँच्ने लिंक्सदेखि हकप्रदको आवेदन फारम डाउनलोड गर्ने लिंक्स समेत पाउन सक्नु हुन्छ ।

सबैभन्दा पहिले कुन् कुन् कम्पनीले हकप्रद जारी गरिरहेका छन्, त्यो थाहा पाउन अध्ययन गर्नुहोस् ।


के थाहा पाउनु भयो त ? तपाईँसँग ज्योति विकास बैंकफस्ट माईक्रो र सिद्धार्थ इन्स्योरेन्सको सेयर पहिलेदेखि नै रहेको छ भने ती तीन बैंकको हकप्रद भर्न दौडिइहाल्नुस् । किनभने समय अब जम्मा ८ बैकिंग दिन मात्र बाँकी छ । अरु पाँच वटा कम्पनीहरुको पनि हकप्रद भर्ने दिन छोटिँदैछ । भोलि भनेर नबस्नुस्, बिचमा अरु कामको चटारोले हकप्रद नै गुम्न सक्छ । अरु पनि पाईपलाईनमा छन्, जसले हकप्रद जारी गर्दैछन् । यसका लागि पैसाको जोहो गरेर तयारी अवस्थामा बस्नुहोस् ।

हकप्रद आवेदन गर्न सजिलो तरिका जान्नुहोस्

कतिपय लगानीकर्तालाई आफुसँग भएको शेयर र भर्नुपर्ने हकप्रदको अनुपात थाहा नहुने भएका कारण पनि हकप्रद भर्न समस्या परिरहेको हुन सक्छ । अहिले केही बैंक तथा वित्तीय संस्थाले इन्टरनेटको माध्यमबाट लगानीकर्ताले भर्न पाउने हकप्रदको विबरण हेर्न सक्ने व्यवस्था गरेका छन् ।

Share Update Nepal ले खोजेको त्यस्ता सुचनाको स्रोतलाई यहाँ राखिएको छ । जहाँबाट तपाईले आफुले भर्न पाउने हकप्रदको संख्या थाहा पाउन सक्नु हुनेछ । यसका साथै अधिकांस बैंक तथा वित्तीय संस्थाले हकप्रदको आवेदन फारम पनि इन्टरनेटबाट उपलब्ध गराएका छन् । तपाईले उक्त फारम डाउनलोड गरेर प्रिन्ट गरी हकप्रदको विबरण भरेर पनि बुझाउन सक्नु हुनेछ ।

कम्पनीहरुले डाउनलोड गरेको भन्दा सिरियल नम्बर सहित संकलन केन्द्रबाट उपलब्ध गराइएको आवेदन फारमलाई प्राथमिकतामा राखेका छन् । तर आवेदन फारम पाउन नसकेका लगानीकर्ताले आफ्नो हक सुरक्षित गर्नका लागि यहाँ उपलब्ध गराइएको आवेदन फारमबाट पनि हकप्रद भर्न सक्नेछन् । इन्टरनेटबाट डाउनलोड गरिएको हकप्रद फारमबाट आवेदन गर्दा संकलन केन्द्रमा आफ्नो फारममा सिरियल नम्बर उल्लेख गराउन भने नबिर्सनु होला ।

ज्योति (JBBL) को १००% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अब जम्मा ८ बैकिंग दिन मात्र बाँकी
सूचना, फारामहकप्रद जाँच लिंक्स सहित)

फस्ट माईक्रो (FMDBL) को ५०% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अब जम्मा ८ बैकिंग दिन मात्र बाँकी
सूचना, फारामहकप्रद जाँच लिंक्स सहित)

सिद्धार्थ इन्स्योरेन्स (SIL) को करिब २०% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अब जम्मा ८ बैकिंग दिन मात्र बाँकी

सहयोगीको (SBBLJ) को ३५% भर्ने समय असार ५ गते सोमबारसम्म अझै १२ बैकिंग दिन बाँकी 
सूचना, फारामहकप्रद जाँच लिंक्स सहित)

गोर्खाजको GUFL) को ५०% भर्ने समय असार ५ गते सोमबारसम्म अझै १२ बैकिंग दिन बाँकी  
सूचना, फारामहकप्रद जाँच लिंक्स सहित)

एसबिआइ (SBI) को ४०% भर्ने समय असार ११ गते आइतबारसम्म पूरै १७ बैकिंग दिन बाँकी 
सूचना, फारामहकप्रद जाँच लिंक्स सहित)

हाम्रो विकास बैंक (HAMRO) को २००% भर्ने समय पनि असार ११ गते आइतबारसम्म पूरै १७ बैकिंग दिन बाँकी 
सूचना, फारामहकप्रद जाँच लिंक्स सहित)

सनराइज बैंक (SRBL) को ३०% भर्ने समय पनि असार १९ गते सोमबारसम्म पूरै २४ बैकिंग दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)


हकप्रद जाँच लिंक्स
श्रोत सहयोग: मेरो लगानी

No comments:

Post a Comment

AddToAny