Showing posts with label Chhyangdi Hydropower Ltd.. Show all posts
Showing posts with label Chhyangdi Hydropower Ltd.. Show all posts

Saturday, July 1, 2017

तपाईलाई छ्याङ्दी हाइड्रोको आईपिओ सेयर पर्यो कि परेन ? नतिजा हेर्नुहोस् !

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (Chhyangdi Hydropower Ltd., CHPL) को साधारण सेयर आइपीओ (IPO) आज असार १७ गते शनिबार बाँडफाँट भएको छ । छ्याङ्दीले गत २०७४ साल जेठ १४ देखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि प्रति कित्ता १ सय रुपियाँका दरले निष्काशन गरेको थियो । आइपीओमा ७१० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट गरिएको छ भने त्यो भन्दा माथि आवेदन दिने सबैले समानुपातिक रुपमा सेयर पाएका छन् । सबैभन्दा बढी २७ सय कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर हात पारेका छन् । छ्याङ्दीको आइपीओपा कुल ९२ हजार ३८५ जनाले आवेदन दिएकोमा ६८८ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिने ९१ हजार ६९७ जना आवेदकमध्ये कुल ३२ हजार ८२४ जनाले सेयर पाएका छन् ।


यो आइपीओमा ३ अर्ब ७२ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको थियो । आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । यसमध्ये १० हजार ८०० कित्ता कर्मचारीलाई र २७ हजार कित्ता म्युचुअल फन्डलाई दिएर बाँकी रहेको सेयर आज बाँडफाँट भएको हो । यो आइपीओमा ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । आइपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ ।


तपाईको मोबाइल एप तथा ब्राउजरमा मोडल हेर्न नसक्नु भएको भए, साधारण सेयर बाँडफाँडको मोडल हेर्न निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

छ्याङ्दी हाइड्रोले शनिबार बाँडफाँड गरेको साधारण सेयरको नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । तपाईको आवेदन के भयो ? यसरी हेर्नुस् ... छ्याङ्दी हाइड्रोको आईपिओ सेयर तपाईलाई पर्यो कि परेन? मेरोलगानीबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

मेरोलगानीको शिर्षस्थानमा रहेको IPO मा गएर IPO Result क्लिक गर्नुहोस् । छ्याङ्दी हाइड्रोपावर छनौट गरि आफ्नो डिम्याट खाताको विबरण राखेर आफुलाई सेयर परे नपरेको यकिन गर्नुहोस् ।


नतिजा खोज्दा आफ्नो डिम्याट खाता नम्बर मात्र उल्लेख गर्नुहोला । हामीलाई उपलब्ध भएको तथ्याङकमा आवेदकको नाममा त्रुटि भएको हुनाले डिम्याट खाताका आधारमा मात्र नतिजा प्रकाशित गरिएको छ ।

ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको यो नतिजामा गोलाप्रथामा परेका ७१० कित्तासम्मको मात्र नतिजा समेटिएको छ । सो भन्दा धेरै कित्ताका आवेदकको नतिजा नदेखाए पनि सेयर अनिवार्य रुपमा सेयर पाएको सम्झिनु पर्छ । आवेदन रद्ध भएको सम्बन्धमा ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्नु होला । ७१० कित्ताभन्दा माथिका आवेदकको रद्ध भएको आवेदनको विबरण यो नतिजामा समेटिएको छैन ।


तपाईलाई कति पर्यो थाहा पाउनका लागि ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको निम्न लिंकमा क्लिक गर्नुहोस् ।

AddToAny