Showing posts with label Annual General Meetings. Show all posts
Showing posts with label Annual General Meetings. Show all posts

Saturday, February 24, 2018

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले कति प्रस्ताव गर्यो बोनस त, हेरिहाल्ने कि ?

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले ६ आर्थिक बर्षको एकसाथ १२०% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ६८/६९ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त परिमाणको बाेनस वितरण गर्ने प्रस्ताव गरेको हो ।


आर्थिक बर्ष ०६२/६३ सम्मको साधारणसभा सम्पन्न गरि सकेको कम्पनीले आर्थिक बर्ष २०६३/६४, २०६४/६५, ०६५/६६, ०६६/६७, ०६७/६८ र ०६८/६९ गरी ६ आर्थिक बर्षको एकसाथ १२०% बोनस वितरण प्रस्ताव गरेको जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । 

साथै कम्पनीले आर्थिक बर्ष ०६९/७० देखि आर्थिक बर्ष ०७१/७२ सम्मको लेखा परिक्षणको काम सम्पन्न गरिसकेको र आर्थिक बर्ष ०७२/७३ सम्मको लेखापरिक्षण यसै आर्थिक बर्षभित्र पुरा गरी साधारण सभा आह्वान गर्ने तयारीमा रहेको समेत जनाएको छ ।

बिगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा बिभागको रुपमा रहेको कम्पनी ०७१ साउनमा अलग भएर राष्ट्रिय बीमा कम्पनी बनेको हो । बीमा संस्थानबाट अलग्गै कम्पनी बनेपछि भने कम्पनीले हरेक बर्षकाे लेखापरीक्षण गराउँदै आएको छ ।

कम्पनीले गत वैशाख २२ गते आर्थिक बर्ष २०६/६१, २०६१/६२ र ०६२/६३ को साधारणसभा एकसाथ गरेको थियो । २०६३ सालसम्मको साधारण सभा सम्पन्न गरी ११४ प्रतिशत बाेनस वितरण गरेको कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्तापूँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।

बक्यौता सबै आर्थिक बर्षहरुको साधारणसभा सकेर बोनस वितरण र एफपिओ निष्काशन गरेर २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य कम्पनीको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था गरेको छ ।

अहिले कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत संस्थापक सेयर स्वामित्व छ । त्यसै गरी सर्वसाधारणसँग १९.५४ प्रतिशत रहेपनि जसमध्ये ७.२४ प्रतिशत सेयर संस्थापक समुहमा नै रहेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४२.३७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २६ करोड १६ लाख खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ छ । यसैगरी, बीमा कोषमा एक अर्ब २६ करोड राखेको छ ।

कम्पनीको सेयर नेप्सेमा गत हप्ताको अन्तिम करोबार दिन बिहिबार फाल्गुन १० गते प्रतिकित्ता १३,३५० बाट शुरु भई १३,६०० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि १३,४२१ मा अन्तिम कारोबार भई बन्द भएको छ ।


किन्दै हुनुहुन्छ त, यस राष्ट्रिय बीमा कम्पनी (RBCL) को सेयर ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७/७ को दोस्रो त्रैमासिक बित्तिय प्रतिबेदन र कम्पनी विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !


Source: MeroLagani, 23 Feb 2018

यो पनि पढ्ने कि !

Wednesday, August 9, 2017

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले तीन आर्थिक बर्षको एकसाथ साधारणसभा गर्ने तयारी !

राष्ट्रिय बीमा कम्पनी (Rastriya Beema Company Ltd., RBCL) ले थप तीन आर्थिक बर्षको बक्यौता साधारणसभा एकसाथ गर्ने तयारी थालेको छ । कम्पनीले एघार बक्यौता आर्थिक वर्षहरुको साधारण सभा गर्न बाँकी रहेकोमा आर्थिक बर्ष २०६३।०६४, २०६४।०६५ र ०६५।०६६ को गरी तीन बर्षको साधारणसभा गर्ने तयारी थालेको हो ।


कम्पनीले गत वैशाख २२ गते आर्थिक बर्ष २०६०।०६१, २०६१।०६२ र ०६२।०६३ को साधारणसभा एकसाथ गरेको थियो ।

यस बीमा कम्पनीको बार्षिक साधारण सभा पुस्तिका तथा आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
कम्पनीको दुई आर्थिक बर्ष २०६३।०६४ र २०६४।०६५ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भईसकेको पत्र कम्पनीलाई प्राप्त भईसकेको छ । थप एक आर्थिक बर्षको विवरण बीमा समिति पठाइसकिएको छ, सम्भवत हप्ता दिनमा थप एक आर्थिक बर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत हुन्छ, बीमा कम्पनीका एक अधिकारीले भने । आर्थिक बर्ष ०६५।०६६ को आर्थिक प्रतिवेदन स्वीकृत हुनासाथ तीन आर्थिक बर्षको साधारणसभा बोलाउने तयारी छ, उनले भने ।

त्यसपश्चात क्रमिक रुपमा अन्य आर्थिक बर्षको साधारणसभा राख्ने कम्पनीको योजना छ । आर्थिक बर्ष ०६६।०६७ देखी ०६९।०७० को लेखापरीक्षणको काम अन्तिम चरणमा पुगेको र ०७०।०७१ को लेखापरीक्षण बारे परामर्श चलिरहेको छ ।

महालेखा परीक्षकको कार्यालयले भदौ मसान्तसम्ममा लेखापरीक्षण सक्न निर्देशन दिएकाले सोही अवधिमा एक आर्थिक बर्ष बाहेक सबै बर्षको लेखा परीक्षण सकिने कम्पनीका एक उच्च अधिकारीले मेरो लगानीलाई जानकारी दिए ।

कम्पनीले आर्थिक बर्ष ०७१।०७२ को लेखापरीक्षण सकिसकेको र ०७२।०७३ को चलिरहेको जानकारी समेत दिएको छ ।

बिगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा बिभागको रुपमा रहेको कम्पनी ०७१ साउनमा अलग भएर राष्ट्रिय बीमा कम्पनी बनेको हो । अलग्गै कम्पनी बनेपछिका बर्षहरुको भने कम्पनीले नियमित रुपमा लेखा परीक्षण गराउदै आएको छ ।

०६३ सालसम्मको साधारण सभा सम्पन्न गरी लाभांस वितरण गरेको कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया छ ।

यस अघि तीन आर्थिक वर्षको एकैसाथ साधारण सभा गरेको कम्पनीले बक्यौता आर्थिक वर्षहरुको लेखापरीक्षण सकेर थप नयाँ साधारण सेयर (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले हाल कायम सेयर संरचनालाई संस्थापकतर्फ ७० तथा सर्वसाधारणतर्फ ३० प्रतिशत बनाउन एफपीओ जारी गर्ने योजना अघि सारेको हो ।

बक्यौता सबै आर्थिक बर्षहरुको साधारणसभा सकेर बोनस वितरण र एफपीओ निष्काशन गरेर २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउने लक्ष्य कम्पनीको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया हुनु पर्ने व्यवस्था गरेको छ ।

अहिले कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत संस्थापक सेयर स्वामित्व छ । त्यसै गरी सर्वसाधारणसँग १९.५४ प्रतिशत रहेकोमा पनि सोको ७.२४ प्रतिशत सेयर संस्थापक समुहमा नै रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड नाफा कमाएको छ । 

राष्ट्रिय बीमा संस्थान (RBS) र राष्ट्रिय बीमा कम्पनी (RBCL) फरक - फरक हुन ।

Source: 
merolagani, 10 Aug 2017
यो पनि पढ्ने कि !

Tuesday, August 8, 2017

राष्ट्रिय बीमा कम्पनी (RBCL) अर्को दुई बर्षको साधारणसभा गर्ने तयारीमा, थप एक बर्षको बित्तीय बिवरण स्वीकृत !

राष्ट्रिय बीमा कम्पनी (Rastriya Beema Company Ltd., RBCL) ले बीमा समितिले तोकेको पूँजी पुर्याउन तीब्र दबाबमा रहेको थप दुई आर्थिक बर्षको बक्यौता साधारणसभा गर्ने तयारी थालेको छ । ११ बक्यौता आर्थिक वर्षहरुको साधारण सभा गर्न बाँकी रहेकोमा दुई आर्थिक बर्ष २०६३।०६४ र २०६४।०६५ को साधारणसभा गर्ने तयारी अगाडि बढाएको हो ।



केही समय अघि तीन आर्थिक वर्षको साधारण सभा गरेको बीमा कम्पनीले त्यस पछिका छ आर्थिक वर्षको लेखा परीक्षण स्वीकृतिका लागि बीमा समिति पठाएको छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीका अनुसार आर्थिक वर्ष २०६३/०६४ को लेखापरीक्षण बीमा समितिबाट स्वीकृत भएको छ । मेरोलगानीसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत रायमाझीले भने, ‘आर्थिक वर्ष २०६३/०६४ को वित्तीय विबरण बीमा समितिबाट स्वीकृत भएको छ । साता भित्रमा अरु दुई आर्थिक वर्षको विबरण स्वीकृत हुने प्रकृयामा छन् ।’

उनका अनुसार कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गर्ने तयारी हुँदैछ । ‘बक्यौता वर्षहरुको एकै पटक साधारण सभा गर्नु पर्ने व्यवस्था छ । तर प्रकृया मिलाउन हामीले यस पटक दुई आर्थिक वर्षको साधारण सभा गर्ने सोच बनाएका छौं । त्यस पछि क्रमिक रुपमा बाँकी वर्षको प्रकृया चलिरहन्छ - प्रमुख कार्यकारी अधिकृत रायमाझीले भने ।

बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले बक्यौता साधारणसभाहरु छिटो गर्न समितिले राष्ट्रिय बीमालाई भन्दै आएको र अहिले थप एक आर्थिक बर्षको बित्तीय बिबरण स्वीकृत भएको जानकारी दिए । 

यस अघि सम्पन्न तीन आर्थिक वर्षको साधारण सभाले बक्यौता आर्थिक वर्षहरुको लेखापरीक्षण सकेर थप नयाँ साधारण सेयर (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको थियो । सेयर स्वामित्व परिवर्तनका क्रममा संकलन हुने प्रिमियमबाट थप पूँजी बिस्तार गर्न विशेष साधारण सभा आह्वान गर्ने निर्णय उक्त साधारण सभाले गरेको थियो ।

कम्पनीले हाल कायम सेयर संरचनालाई संस्थापकतर्फ ७० तथा सर्वसाधारणतर्फ ३० प्रतिशत बनाउन एफपीओ जारी गर्न लागेको हो । एफपीओ निष्काशन पश्चात बोनस बितरणबाट २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।

अहिले कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब तथा निर्जीन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया हुनु पर्ने व्यवस्था गरेको छ ।

अहिले कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत सेयर होल्डिङ छ ।

Source: merolagani, 25 Jul, 2017

राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्ष २०७२/७३२०७३/७४ को क्रमश: चौथोतेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

यो पनि पढ्ने कि !

के साँचै अब आउने नै भो त बीमामा हकप्रद र बोनस सेयरको बाढी ?

AddToAny