Monday, July 17, 2017

के साँचै अब आउने नै भो त बीमामा हकप्रद र बोनस सेयरको बाढी ?

बीमा समितिले दिएको निर्देशन बमोजिम अधिकांश बीमा कम्पनीले पूँजी वृद्धिको योजना बीमा समितिमा बुझाएका छन् । यसरी योजना बुझाएका बीमा कम्पनी सबैले हकप्रद र बोनस सेयरमार्फत् पूँजी बढाउने योजना स्वीकृतिको लागि समितिसमक्ष पेस गरेका छन् ।

असार मसान्तसम्म बीमा समितिमा योजना पेस गर्ने सबै कम्पनीले यसरी हकप्रद र बोनस सेयर जारी गर्ने इच्छा देखाएपछि अब एकपल्ट नेपाली पूँजी बजारमा फेरि हकप्रद र बोनस सेयरको बाढी नै आउने देखिएको छ । यसअघि वाणिज्य बैंकहरुले त्यसैगरी राष्ट्र बैंकको निर्देशन पालना गर्न ठुलो मात्रामा हकप्रद र बोनस सेयर जारी गरेका थिए ।

ShareUpdateNepal

९ वटा जीवन बीमा कम्पनीमध्ये ६ वटा बीमा कम्पनीले असार मसान्तमा पूँजी वृद्धिको योजना बुझाएको बीमा समितिले बताएको छ । समितिले २०७५ असार मसान्तसम्म दुई अर्ब रुपैयाँ पूँजी पु¥याउन भनेपछि अधिकांश जीवन बीमा कम्पनीले आफ्नो पूँजी वृद्धि योजना बुझाएका हुन् । यसरी पूँजी वृद्धि योजना बुझाउने कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स (PLIC), नेसनल लाइफ इन्स्योरेन्स (NLICL), गुराँस लाइफ (GLICL), एसियन लाइफ (ALICL), नेपाल लाइफ (NICL) र सूर्य लाइफ (SLICL) रहेका छन् । बीमा समितिका एक उच्च पदस्थ कर्मचारीले बताएअनुसार मेट लाइफ (MetLife) ले भने हालसम्म पनि आफ्नो पूँजी वृद्धिको योजना बुझाएको छैन ।

समितिले तीन महिना अघिमात्र बीमा कम्पनीहरुलाई असार मसान्तसम्म आफ्नो कम्पनीको पूँजी वृद्धि योजना समितिमा बुझाउन निर्देशन दिएको थियो । समितिले दिएको निर्देशनको समय सकिंँदासमेत मेट लाइफले भने अटेर गर्नुलाई बीमा समितिका हाकिमहरुले अनौठो रुपमा हेरिरहेका छन् ।

यता एक अर्ब पूँजी पु¥याउनुपर्ने निर्जीवन बीमा कम्पनीहरुमध्ये नेको (NIL), प्रुडेन्सियल (PICL), शिखर (SICL), एनएलजी (NLG), एनबी (NBIL), लुम्बिनी (LGIL), सगरमाथा (SIC) र एभरेस्ट (EIC) ले मात्र आफ्नो पूँजी वृद्धिको योजना समितिमा बुझाएको समितिले जनाएको छ ।

नेपाल इन्स्योरेन्स (NICL) ले भने पूँजी वृद्धि योजना बुझाउनको लागि थप समय माग गरेको छ । भारतीय बीमा कम्पनीका शाखा कम्पनीले भने पूँजी वृद्धिको लागि समय माग गरेको समितिले जानकारी दिएको छ । भारतीय निर्जीवन बीमा कम्पनी नेसनल इन्स्योरेन्सले ४ महिना समय माग गरेको छ भने ओरेन्टल इन्स्योरेन्सले कार्य अवधिको १ सय २० दिन समय माग गरेको छ ।

बीमा कम्पनीहरुले बुझाएको पूँजी वृद्धि योजनालाई समितिको सञ्चालक समितिको बैठकमा राखेपछि मात्र सार्वजनिक गर्ने बीमा समितिले जनाएको छ ।

दुवै जीवन एबं निर्जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणमा प्रकाशित आ-आफ्नो चुक्ता पूँजीमा आधारित विश्लेषण तालिकाहरु हेर्नुहोस् !

कुुन जीवन बीमा कम्पनीको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

कुुन निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

(श्रोत आर्थिकन्यूज)

बीमा कम्पनीको शेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ जीवन बीमा कम्पनीको पछिल्लो अवस्था !
बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नुअघि अबस्था थाहा पाउनुहोस् (तथ्य बिबरणसहित)

No comments:

Post a Comment

AddToAny