Showing posts with label LLBS. Show all posts
Showing posts with label LLBS. Show all posts

Saturday, July 29, 2017

सात लघुवित्त कम्पनीमध्ये कसको मुनाफा कति ? बिष्तृत लिंक्स सहित !

लघुवित्त कम्पनीमा लगानीकर्ताको निकै आकर्षण देखिने गर्छ । हालसम्म सात लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । आज हामीले यी लघुवित्त कम्पनीको पछिल्लो अवस्था केलाउने प्रयत्न गरेका छौं ।


नेसनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा ७ करोड २१ लाख रुपैयाँ खुद मु्नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ७६ दशमलव ५० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो गत वर्षको सोही अवधिमा ४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको नेसनल माइक्रोफाइनान्सले जगेडा कोषमा १२ करोड २ लाख रुपैयाँ राखिएको छ । कम्पनीको पुँजी कोषको अनुपात १३ दशमलव ६८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ४७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ७२ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ७७ गुणा, प्रतिशेयर नेटवर्थ २२० दशमलव २४ रुपैयाँ र तरलता अनुपात १८ दशमलव ३० प्रतिशत रहेको छ ।


नेसनल माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

बुधबार (साउन ११) मात्रै नेप्सेमा शेयर कारोबार खुलेको स्वदेशी लघुवित्तले गत आवको चौथो त्रैमासमा खुद मुनाफा ५३ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आवमा १ करोड ५५ लाख मुनाफा कमाएको कम्पनीले गत आवमा २ करोड ३९ लाख रुपैयाँ कमाएको छ ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको स्वदेशीले जगेडा कोषमा २ करोड ८५ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १६६.४० प्रतिशतले वृद्धि गरी ३४ करोड ११ लाख रुपैयाँ संकलन गरेको कम्पनीले १ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३२.४८ रुपैयाँ रहेको छ ।

स्वदेशी लघुवित्तको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

वोमी माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमासमा खुद मुनाफा २ करोड १० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा २३ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा वोमीले मुनाफा १ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ भएको वोमीले जगेडा कोषमा ३ करोड ९४ लाख रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीले २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ६५ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव ४१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६१ दशमलव शून्य ६ गुणा, तरलता अनुपात २२ दशमलव ३४ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव ९१ रुपैयाँ रहेको ।

वोमी माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

एनएमबि माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षको तुलतामा गत आवमा मुनाफा ५१.९९ प्रतिशतले वृद्धि गरेको छ । गत आवमा ४ करोड ५३ लाख रुपैयाँ कमाएको अघिल्लो वर्षको सोही अवधिमा मुनाफा २ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

११ करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी भएको एनएमबि माइक्रोफाइनान्सले जगेडा कोषमा १० करोड ५८ लाख रपैयाँ राखेको छ । जगेड कोष बढ्दै जानु भनेको नै कम्पनी अझै सबल र सक्षम हुनु हो । एनएमबि माइक्रोफाइनान्सको निष्कृय कर्जा शून्य दशमलव ९८ प्रतिशत रहेको छ भने पुँजीकोषको अनुपात १२ दशमलव १९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ४० दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ७० दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९३ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात १५ दशमलव ३७ प्रतिशत रहेको छ ।

एनएमबि माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ७२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले जम्मा ६ करोड २४ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

२२ करोड रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडा कोषमा १६ करोड ९५ लाख रुपैयाँ राखेको छ भने निक्षेप ६६ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

कम्पनीको निष्कृय कर्जा शून्य दशमलव ५० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य ७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । मूल्य आम्दानीको अनुपात ३८ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७७ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।

लक्ष्मी लघुवित्त
को आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !


फस्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष को चौथो त्रैमासमा खुद मुनाफा ८ करोड २ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा ४७ दशमलव १९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको ३९ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने, जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ छुटाएको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २० दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशलमव ८५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३० दशमलव ९८ रुपैयाँ र तरलता अनुपात १० दशमल ७० प्रतिशत रहेको छ ।

फस्ट माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

मेरो माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमासमा खुद मुनाफा ९ करोड २८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको २२ दशमलव ७५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ७ करोड ५६ लाख रुपैयाँ कमाएको थियो ।

सो अवधिमा कम्पनीले निक्षेपमा १०२.०२ प्रतिशतले वृद्धि गरी ४९ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ भने २ अर्ब ४० करोडभन्दा माथि कर्जा लगानी गरेको देखिन्छ । २२ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १६ करोड ९७ लाख रुपैयाँ राखेको छ । कम्पनीको निष्कृय कर्जा शून्य दशमलव ९८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४२ दशमलव १९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७७ दशमलव १४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशमलव २४ गुणा र तरलता अनुपात ६ दशमलव ६९ प्रतिशत गरेको छ ।

मेरो माइक्रोफाइनान्सको आर्थिक बर्ष २०७/७ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन  वित्तीय विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

हालसम्म आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका सात लघुवित्त वित्तीय संस्थाहरुमध्य पछिल्लो तुलनात्मक खुद नाफाको अवस्था तालिका सहित!
ShareUpdateNepal: 2017 July 29
(श्रोत: आर्थिक न्यूज; July 27, 2017)

Friday, July 21, 2017

लक्ष्मी लघुबित्तमा लगानी गर्नु अघि हेरौं यसको प्रगति बिबरण !

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (Laxmi Laghubitta Bittiya Sanstha Ltd., (LLBS) गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय विवरण नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन २०७४ साउन १ गते आइतबार नै सार्वजनिक गरेर लघुवित्त वित्तीय विबरण सार्वजनिक गर्नेमा पहिलो कम्पनी भएको छ । संस्थाले यस आर्थिक वर्षमा खुद मुनाफा ७१ दशमलव ५४ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख १८ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले जम्मा छ करोड २४ लाख ४६ हजार रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो ।

ShareUpdateNepal

गत आर्थिक वर्षको दुई करोड २० लाख रुपैंया बराबरको नगद लाभांस मात्र वितरण गरेको लघुवित्तको जगेडा कोषको आकार पनि बढेको छ । गत आर्थिक वर्षमा शत प्रतिशत हकप्रद जारी गरेर ११ करोडको चुक्ता पूँजीलाई शत प्रतिशतले बढाई २२ करोड रुपैयाँ चुक्ता पुँजी बनाएको लक्ष्मी लघुवित्तले समिक्षा अवधिमा आफ्नो जगेडा कोष सात करोड ८ लाख ८५ हजार रुपैंयाबाट बढाएर १६ करोड ९५ लाख ६६ हजार रुपैयाँ राख्न सफल भएको छ ।

सदस्यहरुबाट गरिने निक्षेप संकलनको आकार झण्डै दोब्बर मात्रामा बढाएको लघुवित्तले लघुवित्त कार्यक्रमका लागि गरेको ऋण प्रवाह पनि भारी मात्रामा बढाएको छ । यसरी आफ्नो निक्षेप ६६ दशमलव २९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख ५३ हजार रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ३९ करोड ७६ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसका कारण उसको खुद व्याज आम्दानी ६४ दशमलव ५७ प्रतिशतले वृद्धि गरी १४ करोड ९१ लाख ५१ हजार रुपैंयाबाट बढेर २४ करोड ५४ लाख ५४ हजार रुपैंया पुगेको छ ।

अन्य सञ्चालन मुनाफामा पनि राम्रो सुधार गरेको लघुवित्तको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा व्याज आम्दानीको अनुपातमा बढ्न भने नसकेको हो । सम्भावित जोखिमका लागि समिक्षा अवधिमा केही रकम थप गरेर पनि लघुवित्तले सञ्चालन मुनाफा नौ करोड ५८ लाख आठ हजार रुपैंयाबाट ७२ दशमलव ५४ प्रतिशतले बढेर १६ करोड ५३ लाख आठ हजार रुपैंया पुर्याएको छ । लघुवित्तले प्रोभिजनमा एक करोड १५ लाख ५२ हजार रुपैयाँ राखिएको छ भने कर्जामा ५८ दशमलव शून्य तीन प्रतिशतले वृद्धि गरी दुई अर्ब १८ करोड ७९ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य सात प्रतिशत रहेको छ । जसको प्रतिसेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी ५६ रुपैंया ७७ पैसा थियो । पूँजी अनुसार कमाई नबढेका कारण लघुवित्तको प्रतिसेयर आम्दानीमा भने सामान्य संकुचन देखिएको छ । निष्कृय कर्जा अनुपात शून्य दशमलव ३० बाट बढेर शून्य दशमलव ५० प्रतिशत पुगेको लघुवित्तको मूल्य आम्दानी अनुपात ३८ दशमलव २२ गुणाले बढी छ । प्रतिसेयर नेटवर्थ एक सय ७७ दशमलव आठ रुपैयाँ रहेको लघुवित्तको तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।

पूँजी वृद्धिको अनुपातमा कमाईको अनुपात केही कम भए पनि आफुलाई अब्बल बनाउने बाटोमा लघुवित्त अघि बढेको देखिन्छ । राष्ट्रिय स्तरको थोक कर्जा प्रबाह गर्ने लघुबित्त भएकाले राष्ट्र बैंकद्वारा जारी नयाँ मौद्रिक नीतिअनुसार माइक्रोफ़ाइनान्सले आगामी २०७५ साल असार मसान्तसम्म चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने भएको छ।

लक्ष्मी लघुवित्तको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन प्रगति बिबरण तालिका हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुस !



ShareUpdateNepal

यस लघुवित्तकोको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७२/७३ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन कम्पनी विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !






यो पनि हेर्ने कि ?


लक्ष्मी लघुवित्तको खुद मुनाफामा ७२ प्रतिशतले वृद्धि



AddToAny