Showing posts with label Laxmi Laghubitta Bittiya Sanstha Ltd.. Show all posts
Showing posts with label Laxmi Laghubitta Bittiya Sanstha Ltd.. Show all posts

Friday, July 21, 2017

लक्ष्मी लघुबित्तमा लगानी गर्नु अघि हेरौं यसको प्रगति बिबरण !

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (Laxmi Laghubitta Bittiya Sanstha Ltd., (LLBS) गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय विवरण नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन २०७४ साउन १ गते आइतबार नै सार्वजनिक गरेर लघुवित्त वित्तीय विबरण सार्वजनिक गर्नेमा पहिलो कम्पनी भएको छ । संस्थाले यस आर्थिक वर्षमा खुद मुनाफा ७१ दशमलव ५४ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख १८ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले जम्मा छ करोड २४ लाख ४६ हजार रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो ।

ShareUpdateNepal

गत आर्थिक वर्षको दुई करोड २० लाख रुपैंया बराबरको नगद लाभांस मात्र वितरण गरेको लघुवित्तको जगेडा कोषको आकार पनि बढेको छ । गत आर्थिक वर्षमा शत प्रतिशत हकप्रद जारी गरेर ११ करोडको चुक्ता पूँजीलाई शत प्रतिशतले बढाई २२ करोड रुपैयाँ चुक्ता पुँजी बनाएको लक्ष्मी लघुवित्तले समिक्षा अवधिमा आफ्नो जगेडा कोष सात करोड ८ लाख ८५ हजार रुपैंयाबाट बढाएर १६ करोड ९५ लाख ६६ हजार रुपैयाँ राख्न सफल भएको छ ।

सदस्यहरुबाट गरिने निक्षेप संकलनको आकार झण्डै दोब्बर मात्रामा बढाएको लघुवित्तले लघुवित्त कार्यक्रमका लागि गरेको ऋण प्रवाह पनि भारी मात्रामा बढाएको छ । यसरी आफ्नो निक्षेप ६६ दशमलव २९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख ५३ हजार रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ३९ करोड ७६ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसका कारण उसको खुद व्याज आम्दानी ६४ दशमलव ५७ प्रतिशतले वृद्धि गरी १४ करोड ९१ लाख ५१ हजार रुपैंयाबाट बढेर २४ करोड ५४ लाख ५४ हजार रुपैंया पुगेको छ ।

अन्य सञ्चालन मुनाफामा पनि राम्रो सुधार गरेको लघुवित्तको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा व्याज आम्दानीको अनुपातमा बढ्न भने नसकेको हो । सम्भावित जोखिमका लागि समिक्षा अवधिमा केही रकम थप गरेर पनि लघुवित्तले सञ्चालन मुनाफा नौ करोड ५८ लाख आठ हजार रुपैंयाबाट ७२ दशमलव ५४ प्रतिशतले बढेर १६ करोड ५३ लाख आठ हजार रुपैंया पुर्याएको छ । लघुवित्तले प्रोभिजनमा एक करोड १५ लाख ५२ हजार रुपैयाँ राखिएको छ भने कर्जामा ५८ दशमलव शून्य तीन प्रतिशतले वृद्धि गरी दुई अर्ब १८ करोड ७९ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य सात प्रतिशत रहेको छ । जसको प्रतिसेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी ५६ रुपैंया ७७ पैसा थियो । पूँजी अनुसार कमाई नबढेका कारण लघुवित्तको प्रतिसेयर आम्दानीमा भने सामान्य संकुचन देखिएको छ । निष्कृय कर्जा अनुपात शून्य दशमलव ३० बाट बढेर शून्य दशमलव ५० प्रतिशत पुगेको लघुवित्तको मूल्य आम्दानी अनुपात ३८ दशमलव २२ गुणाले बढी छ । प्रतिसेयर नेटवर्थ एक सय ७७ दशमलव आठ रुपैयाँ रहेको लघुवित्तको तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।

पूँजी वृद्धिको अनुपातमा कमाईको अनुपात केही कम भए पनि आफुलाई अब्बल बनाउने बाटोमा लघुवित्त अघि बढेको देखिन्छ । राष्ट्रिय स्तरको थोक कर्जा प्रबाह गर्ने लघुबित्त भएकाले राष्ट्र बैंकद्वारा जारी नयाँ मौद्रिक नीतिअनुसार माइक्रोफ़ाइनान्सले आगामी २०७५ साल असार मसान्तसम्म चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने भएको छ।

लक्ष्मी लघुवित्तको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन प्रगति बिबरण तालिका हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुस !



ShareUpdateNepal

यस लघुवित्तकोको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७२/७३ र २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन कम्पनी विश्लेषण हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !






यो पनि हेर्ने कि ?


लक्ष्मी लघुवित्तको खुद मुनाफामा ७२ प्रतिशतले वृद्धि



AddToAny