Wednesday, June 21, 2017

१६६.६७ प्रतिशतले भारी मात्रामा हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहाल्ने कि?

हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लि. (Himalayan General Insurance Company Ltd., HGI) ले एक सय ६६ दशमलव ६७ प्रतिशत (१६६.६७%) अर्थात एक बराबर एक दशमलव ६७ (१:१.६७) अनुपातमा हकप्रद निष्काशन गर्न सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी असार १६ गते शुक्रबार यसै हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसको अर्थ असार १५ गते बिहिबारसम्म कम्पनीको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरी सकेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात् कम्पनीको यस हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले बुक क्लोज हुनुभन्दा अघिल्लो दिन आगामी असार १५ गते बिहिबारसम्म इन्स्योरेन्सको सेयर किनी सकेको हुनुपर्नेछ ।


चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनले बिमा समितिले दिएको निर्देशन बमोजिम निर्जीबन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब पुर्याउनुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद विक्री गर्न लागेको हो । हिमालयनको हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ भन्दा धेरै पुग्नेछ । कम्पनीले यो त्रैमासमा ८ करोड ५ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा छ । कम्पनीको सेयर नेप्सेमा आज असार ७ गते बुधबार प्रतिकित्ता १७१४ रुपैयाँसम्मको हाराहारीमा बढेर पछि १६८२ मा अन्तिम कारोबार भई बन्द भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस समेत दिई सकेको छ ।

इन्सुरेन्सले एक बराबर एक दशमलव ६७ कित्ता अनुपातमा हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । इन्सुरेन्सको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्ने भएको छ । क्यापिटलमार्फत कम्पनीले हाल कायम पूँजीको एक बराबर एक दशमलव ६७ अनुपातमाले हुने एक सय रुपैयाँ अंकित दरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर जारी गर्देछ ।

किन्दै हुनुहुन्छ त यस हिमालयन जनरल इन्स्योरेन्सको सेयर ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताहरुले समेत, एक पटक हेरी हाल्ने कि ? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

No comments:

Post a Comment

AddToAny