Showing posts with label Laxmi Bank. Show all posts
Showing posts with label Laxmi Bank. Show all posts

Wednesday, June 14, 2017

तीन बराबर एक अनुपातमा हकप्रद (RIGHT) निष्काशन गर्न लागेको बैंकको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहालौं कि?

एभरेष्ट बैंक लि. (Everest Bank Ltd., EBL) ले ३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । बैंकले आगामी असार ७ गते बुधबार हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने जनाएको छ । यसको अर्थ असार ६ गते मंगलबारसम्म एभरेष्ट बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात एभरेष्ट बैंकको हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले आगामी असार ६ गते मंगलबारसम्म बैंकको सेयर किनीसकेको हुनुपर्नेछ ।


बैंकले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एकसय रुपैयाँ अंकित मूल्यको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद जारी गर्देछ । बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकको यस सेयर निष्काशन त तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

हाल तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको चुक्तापूँजी ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ । नेपाल राष्टबैंकले तोकेको ८ अर्ब चुक्तापुँजी समयमै पुर्याउन यो बैंकलाई निकै ठूलो सकस हुने देखिन्छ । यहीकारण एभरेष्टले मर्जर वा एक्वीजिसनको ढोका पनि खुल्लै राखेको छ । केही दिन अगाडि मात्रै बैंकले विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ । लक्ष्मी बैंकसँग मर्जको प्रयास भइरहे पनि त्यसको सार्थकता पाउन सकिरहेको छैन । बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

किन्दै हुनुहुन्छ त यस एभरेष्ट बैंकको सेयर? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत निम्न लिंक्समा क्लिक्स गरी बैंकको हकप्रद सेयर निष्काशन तथा बन्द सूचना र विश्लेषण हेर्ने कि !

AddToAny