Showing posts with label Results. Show all posts
Showing posts with label Results. Show all posts

Sunday, May 21, 2017

तपाईलाई स्वदेशी लघुवित्तको सेयर पर्यो कि परेन ? नतिजा हेर्नुहोस्

स्वदेशी लघुवित्त वित्तीय संस्थाले आइतबार बाँडफाँड गरेको साधारण सेयरको नतिजा मेरोलगानी डटकममा प्रकाशित भएको छ । तीन लाख कित्ता सेयरका लागि ९२ हजार जनाले आवेदन दिएका थिए । जसमा २५ हजार ३० जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ । तपाईलाई सेयर पर्यो कि परेन यसरी हेर्नुहोस् । नतिजा हेर्न तल लिंक्समा क्लिक गर्नु होस ।

मेरोलगानीको शिर्ष स्थानमा रहेको IPO मा गई IPO Result मा क्लिक गरेर Swadeshi Laghubitta छान्नु होस् । मागिएको विबरण भरेर सेयर परे नपरेको थाहा पाउनु होस् । यस पटकबाट हितग्राही खाता नम्बरका आधारमा नतिजा प्रकाशन गरिएको छ । आवेदन नम्बरका आधारमा नतिजा हेर्न नसकिने व्यहोरा प्रष्ट पारिन्छ ।

पहिलो बक्समा हितग्राही खाता नम्बर मात्र उल्लेख गरेर पनि सेयर परे् नपरेको थाहा पाउन सकिन्छ ।

स्वदेशीको आईपीओमा ५० कित्तादेखि ११ सय २० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ । ११ सय ३० कित्तादेखि १२ सय ८० सम्मका आवेदकले अनिवार्य रुपमा १० कित्ता सेयर पाएका छन । त्यसभन्दा माथि १२ सय ९० कित्ता देखि १३ सय ९० कित्तासम्म आवेदन गर्नेले ११ कित्ताका दरले सेयर पाएका छन भने सबैभन्दा बढी १५ सय कित्तासम्म आवेदन गर्नेले १२ कित्ताका दरले सेयर पाएका छन ।

कम्पनीको आइपीओमा कुल ९२ हजार २२ जनाले आवेदन परेकोमा १२ सय ६ जनाको आवेदन रद्द भएको छ । 
स्वदेशीले चैत २५ देखि २९ गतेसम्म एक सय रुपैयाँ दरको ३ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । जसमध्ये १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

तीन करोड रुपैयाँको आईपीओ जारी गरेपछि स्वदेशी लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ । आईपीओ बिक्रीपछि कम्पनीको संस्थापक सेयर धनीको ७० तथा साधारण सेयरधनीको सेयर अनुपात ३० प्रतिशत कायम भएको छ ।

Source: merolagani

IPO Result Published- Swadeshi Laghubitta Bittiya Sanstha Limited

NMB Capital Limited, the issue manager for the IPO of Swadeshi Laghubitta Bittiya Sanstha Limited has concluded allotment of 3 lakh units IPO shares of the microfinance company today at NMB Capital Limited, Nagpokhari, Kathmandu at 8:30 AM.


Allotment for investors who had applied from Rs 5,000 (or 50 units) to Rs 1,12,000(or 1,120 units) were decided through lottery and those who got the shares through lottery were allotted 10 shares each. Remaining investors who had applied from Rs 1,13,000 (1,130 units) to Rs 1,50,000 (or 1,500 units) were allotted 0.835% on pro-rata basis. Applicants who had applied for 1,500 units got 12 units on pro-rata basis.

Out of the total 90,816 valid applicants, only 25,030 got the shares. A total of 2,73,000 unit shares were allotted to the general public. Staffs were allotted 12,000 units shares and the mutual funds were allotted 15,000 units shares.

There were 1,206 invalid applicants.

Check your IPO Results now at this link below:

Friday, March 3, 2017

फरवार्ड कम्युनिटी (FCMBSL) को IPO नतिजा सार्वजनिक, कसलाई कति पर्यो यहाँबाट हेर्नुहोस् (नतिजासहित)

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FCMBSL) को साधारण सेयर बाँडफाँड भएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले आफ्नो नक्साल स्थिति कार्यालयमा साधारण सेयर बाँडफाँड गरेको हो।


आइपीओमा आबेदन दिने कुल १ लाख २६ हजार ७ सय २७ आवेदक मध्ये २ हजार ६२ आवेदकको आवेदन रद्द भएको थियो । जस अनुसार १ लाख २४ हजर ७ सय २५ आवेदक मध्येबाट ३८ हजार ८ जनाले फरवार्डको कम्युनिटीको आइपीओ पाएका छन। साना लगानीकर्ता भनिएका १ लाख ६ हजार रुपैयाँसम्मको १०६० कित्तासम्म आबेदन दिएकाले गोलाप्रथा प्रक्रियाबाट १० कित्ता सेयर पाएका छन् भने त्यो भन्दा माथि आबेदन दिएका ठुला भनिएका लगानिकर्ताले समानुपातिक प्रणालीबाट सबैले नै फरवार्डको सेयर पाएका छन। सबै भन्दा बढी पाउनेले २६ कित्ता पाएका छन। फरवार्ड कम्युनिटी माइक्रोफ़ाइनान्सले माघ ९ देखि माघ १२ सम्म निष्काशन गरेको ६ लाख कित्ता आइपीओका लागि करिब १ लाख २६ हजार आवेदकबाट ६ अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको थियो।

नतिजा हेर्न यहाँ  क्लिक   गर्नुहोस् ।

Source: bizpati

नेपाल लाइफ इन्स्योरेन्सको FPO नतिजा सार्वजनिक,कसलाई कति पर्यो यहाँबाट हेर्नुहोस् [नतिजासहित]

बिक्री सिद्धार्थ क्यापिटलले शुक्रबार नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ बाँडफाड गरेको छ ।


चिठ्ठा प्रथा

बाँडफाँड मोडल अनुसार १० कित्तादेखि १६० कित्तासम्म माग गरेका आवेदकलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

४० कित्ता माग गर्ने मध्ये ८३६ जनाले, ५० कित्ता माग गर्ने मध्ये २३ सय ४६ जनाले, ६० कित्ता माग गर्ने मध्ये ५५४ जनाले, ७० कित्ता माग गर्ने मध्ये १२ सय ४५ जनाले, ८० कित्ता माग गर्ने मध्ये ५१४ जनाले, ९० कित्ता माग गर्ने मध्ये १७० जनाले, १० कित्ता माग गर्ने मध्ये चार हजार ८० जनाले, ११० कित्ता माग गर्ने मध्ये ९५७ जनाले, १३० कित्ता माग गर्ने मध्ये २९६ जनाले, १४० कित्ता माग गर्ने मध्ये ९१८ जनाले, १५० कित्ता माग गर्ने मध्ये १२ सय १६ जनाले र १६० कित्ता माग गर्ने मध्ये ३४७ जनाले सेयर पाएका छन । 

त्यस्तै १७० कित्तादेखि १८० कित्तासम्म आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाएका छन् भने १९० देखि २१० कित्तासम्मको लागि आवेदन दिएकाले सबैले ११ कित्ताका दरले सेयर पाएका छन् ।

सबैभन्दा धेरै अर्थात ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ हजार ४१ कित्ता पाएका छन् । यस अनुसार कुल एक लाख ६५ हजार पाँच सय ६४ जनाले सेयर पाएका छन् । 

आवेदन रद्द

कुल दुई लाख ५५ हजार २१५ जना आवेदक रहेकामा १६२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

Click here to check/download results in pdf format

Source: arthasansar/nepalipaisa

AddToAny