Showing posts with label FCMBSL. Show all posts
Showing posts with label FCMBSL. Show all posts

Friday, March 3, 2017

फरवार्ड कम्युनिटी (FCMBSL) को IPO नतिजा सार्वजनिक, कसलाई कति पर्यो यहाँबाट हेर्नुहोस् (नतिजासहित)

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FCMBSL) को साधारण सेयर बाँडफाँड भएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले आफ्नो नक्साल स्थिति कार्यालयमा साधारण सेयर बाँडफाँड गरेको हो।


आइपीओमा आबेदन दिने कुल १ लाख २६ हजार ७ सय २७ आवेदक मध्ये २ हजार ६२ आवेदकको आवेदन रद्द भएको थियो । जस अनुसार १ लाख २४ हजर ७ सय २५ आवेदक मध्येबाट ३८ हजार ८ जनाले फरवार्डको कम्युनिटीको आइपीओ पाएका छन। साना लगानीकर्ता भनिएका १ लाख ६ हजार रुपैयाँसम्मको १०६० कित्तासम्म आबेदन दिएकाले गोलाप्रथा प्रक्रियाबाट १० कित्ता सेयर पाएका छन् भने त्यो भन्दा माथि आबेदन दिएका ठुला भनिएका लगानिकर्ताले समानुपातिक प्रणालीबाट सबैले नै फरवार्डको सेयर पाएका छन। सबै भन्दा बढी पाउनेले २६ कित्ता पाएका छन। फरवार्ड कम्युनिटी माइक्रोफ़ाइनान्सले माघ ९ देखि माघ १२ सम्म निष्काशन गरेको ६ लाख कित्ता आइपीओका लागि करिब १ लाख २६ हजार आवेदकबाट ६ अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको थियो।

नतिजा हेर्न यहाँ  क्लिक   गर्नुहोस् ।

Source: bizpati

AddToAny