Friday, December 9, 2016

तपाईसँग कुन कुन कम्पनीहरुको सेयर छ ? एकपटक यो पढ्नुहोस् ।

काठमाण्डौं । तपाई सेयर बजारको लगानीकर्ता हो ? यदि हो भने तपाईसँग कुन कुन कम्पनीको सेयर छ ? अहिले सेयर बजारमा हकप्रदको लहड चलिरहेकोछ । पुँजी बृद्धिका लागि कम्पनीहरुले हकप्रद सेयर बजारमा ल्याइरहेका छन् । अझै बजारमा साँढे चार अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर आउँदैछ । कतै तपाईले सेयर लिनुभएको कम्पनीको पनि हकप्रद आउँदै त छैन ?


Source: arthatantra

यी १७ कारण जसले नेप्सेलाई २५०० पुर्याउँछ ।

सेयर बजारको भबिष्यबारे केही कुराको चर्चा गरौं ।
१. नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली निकट भबिष्यमै आउँदैछ जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेछ ।
२. सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा छ, यसबाट सेयर बजारमा उल्लेखनीय परिवर्तन हुनेछ ।
३. बाणिज्य बैंकहरुलाई सेयर दलालको रुपमा काम गर्न दिने कुरामा सबैको सहमति छ र यो पनि निकट भबिष्यमा हुने नै छ ।



Source: arthasarokar

के तपाई सेयर बजारमा नयाँ हो ? कुन कम्पनीको सेयर किन्ने सोच्दै हुनुहन्छ ? यहाँ छ खुशीको खबर ।

काठमाण्डौं । आइपीओ (साधारण सेयर) निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा यतिबेला १४ वटा कम्पनीले आवेदन दिएका छन् । धितोपत्र बोर्डमा यतिबेला ८५ करोड ९३ लाख ३६ हजार रूपैयाँको आइपीओ पाइपलाइनमा छ ।




Source: arthatantra

कालो धन नियन्त्रण हुने, यसरी सम्भव छ ।

काठमाण्डौ, मंसिर २४ । लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ ।

अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन आस्वा प्रणाली लागू गर्ने तयारी गरेको छ ।



Source: deshkonews

लगानी सम्मेलनः सन् २०३० सम्म नेपालको आर्थिक अवस्था कस्तो हुन्छ ?

काठमाडौ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन आगामी फागुन १९ र २० गते काठमाडौँमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ ।सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको बैठकले काठमाडौँमा मुलुकका विभिन्न क्षेत्रमा गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा दुईदिने लगानी सम्मेलन गर्ने निर्णय गरिएको हो ।



Source: arthatantra

तपाईको खाता कुन बैंकमा छ ? सेयरमा खाताबाटै लगानी गर्न क वर्गका बैंकमा खाता हुनुपर्ने ।

पहिलो चरणमा ‘क’ वर्गका बैंकमा लागु हुँदैछ आस्वा ।

काठमाण्डौँ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीले लगानीकर्तालाई आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा सहज रुपमा लगानी गर्न मार्गप्रशस्त गर्न लागेको हो ।



Source: arthatantra

अब एककित्ता सेयर पनि किन्न पाइने, एकमहिनापछि नयाँ व्यवस्था ।

काठमाण्डौ । सेयरको नियमित कारोबारमा बजार मूल्य प्रभावित नहुने गरी अब एक पटकमा १० कित्ताभन्दा कम सेयर किनबेच हुने व्यवस्था लागू हुने भएको छ । 

यो व्यवस्था लागूू गराउन नेपाल स्टक एक्सचेञ्जले गृहकार्य थालेको र यो व्यवस्था भएपछि हाल नियमित कारोबारमा १० कित्ताभन्दा कम सेयर किनबेच गर्न नपाइने नियम स्वतः हट्नेछ ।

nepse
Source: bizshala

AddToAny